बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सुनकोशीमा माछा मार्नेको भिड, पाँच क्विन्टल बढि माछा मारिएको अनुमान (फोटोसहित)

बुधवार , आषाढ २, २०७८

सिन्धुलीको सुनकोशी र गोलन्जोर गाउँपालिका हुदैँ बग्ने सुनकोशी नदिमा बाढी आएसँगै माछा मार्नेको भिड देखिएको छ । सुनकोशी र गोलन्जोर क्षेत्रको नदि क्षेत्रमा बिहानै देखि माछा मार्नेको भिड देखिएको स्थायिलले जानकारी दिएका छन् । इन्द्रावती नदिमा आएको बाढीको प्रभाव सुनकोशीमा पनि देखिएको हो । सुनकोशी नदि आसपासका किनारामा बोरा र लौरो लिएर जाने रित्तै कोहि नफर्किएको स्थानियले बताए । गोलन्जोर गाउँपालिकामा मात्रै ५ टन बढी माछा समातिएको अुनमान गरिएको छ । त्यसैगरि, सुनकोशीमा पनि स्थानियले ५ टन बढी माछा मारेको अनुमान गरिएको छ । स्थानियका अनुसार ६० केजि सम्म वजन भएको माछा समेत भेटिएको छ । आफूहरुले ४० केजि वजन भएको माछा १५ हजार रुपैँयामा किनेको जिवन भुजेलले बताए । अहिले भने सुनकोशिमा पानीको बहाव घटेको उनले जानकारी दिए । उनले भने, ‘अहिले १ मिटर जति नदि घटेको छ ।’

गोलन्जोर गाँउपालिका–३ निवासी महेन्द्र माझीले सुनकोसी नदीमा आएको बाढीसँगै बुधबार झण्डै क्विन्टलभन्दा बढी माछा मारे । यो बर्षको मनसुन सुरुसँगै सुनकोसी नदीमा आएको बाढीको छालले नदी किनारमा फालेको माछा माझी र उनकोे भाईलाई बिहानदेखि नै टिप्न फुर्सद नै भएन । उनले भने, ‘बिहानदेखि दाजुभाई आएर सुनकोसी नदीको छालले किनारमा फ्याकेको माछा टिप्दा एक क्विन्टरभन्दा बढी नै टिपेछौँ ।’ सुनकोसी नदीमा लेदो सहितको बाढी आउदा माछा नदी किनारमा आएको हुन सक्ने उनको भनाई भनाई थियो । सुनकोसी नदीमा आएको बाढीसँगै बुधबार विहान माछा टिप्न आउने मानिसको भिड नै लागेको स्थानीयले बताएका छन् ।

गोलन्जोर गाँउपालिका–३ ग्वाल्टार निवासी सुदिप कार्की सुनकोसी नदीमा माछा टिप्न गएका व्यक्ति कोही पनि खाली हात नआएको जानकारी दिए । उनले भने, ‘डोका र बोरामा माछा टिपेर बोक्न सकेको लिएर आए । एउटा माछा ६० केजीसम्मको मारेका छन् ।’ उनका अनुसार कोसी धमिलो आएर माछा छोउमा आउदा गोलन्जोर गाँउपालिकाको खुर्कोटदेखि च्याकुटारबेसीसम्म सुनकोसी नदी तटिय क्षेत्रमा बस्ने मानिसलाई माछा टिप्न भ्याई नभ्याई भएको हो । ‘अहिले गाँउमा माछा नभएको घर छैन । त्यो पनि एक÷दुई किलो हौइन, सबैको घरमा कम्तिमा पनि १० केजी माथि नै छ,’ उनले भने, ‘घाईते माछा पनि छन, राम्रा माछा पनि छन् । मान्छेले आफन्तलाई कोसेली स्वरुप माछा लिन बोलाई रहेका छन् ।’

गोलन्जोर गाँउपालिकाको सुनकासी नदी तटिय क्षेत्रमा मात्रै पाँच क्विन्टल भन्दामाथि माछा स्थानीयले टिपेको अनुमान छ । गोलन्जोर गाँउपालिका–६ का वडाअध्यक्ष पुरुषोत्तम श्रेष्ठ भन्छन्, ‘सुनकोसी नदीको किनारमा मानिसले बोरामा र डोकोमा माछा टिपेको त मैले यसरी अहिलेसम्म देखेको थिईन । त्यस्तौ माछा पनि देखेको थिइृन । एउटै माछा १० केजीदेखि ५० केजीसम्मको टिपेका छन् ।’

कोसीमा व्यापक लेदोसहितका बाढी आएको र एक पटकमा अढाई÷तीन सयसम्म माछा छालले किनारमा फ्याक्दा मानिसलाइ टिप्न भ्याई नभ्याई नै भएको उनको को भनाई थियो । स्थानीयका अनुसार सुनकोसी नदीमा २०४५ सालमा बाढी आउदा स्थानीयले यसरी नै माछा टिपेका थिए । त्यती बेला उक्त माछा खाँदा धेरै व्यक्ति झाडा पखाला लागेर बिरामी पनि भएका थिए ।

खोलामा माछा मार्ने तीन जना नियन्त्रणमाः सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–७ स्थित अँधेरी खोलामा अवैद्य रुपमा माछा मारि रहेका तीन जनालाई बुधबार बिहान ८ बजे प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर छाडेको छ । पानी परेको बेला माछा नमार्न सम्झाउदा जबजस्ती गरी माछा मारेकाले सोही ठाँउ निवासी १६ बर्षिय आलिप आलेमगर, १९ बर्षिय बिसाल आलेमगर र २७ बर्षिय रबिन्द्र थापालाई त्यसरी नियन्त्रणमा लिएर छाडेको प्रहरीले जनाएको छ ।

पटक–पटक सम्झाउदा नमानेको र माक्स पनि नलगाएकाले नियन्त्रणमा लिई दुई घण्टा होल्डमा राखेर जनही एक सय रुपियाका दरले जरिवाना गरेर सम्झाई बुझाई गरी छाडेको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । उहाँले बर्षादको मौसम सुरु भएकोले जिल्लाका नदी नालामा पानीको सतह बढ्दै गएकाले सतर्कता अप्नाउन स्थानीय तहमा रहेका प्रहरी चौकी मार्फत माईकिङ गरी सजग गराएको पनि बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया