बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

माओवादी केन्द्र सिन्धुलीको फिक्कल  अध्यक्षमा कार्की

आइतवार , बैशाख १२, २०७८

सिन्धुली,१२ बैशाख – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको फिक्कल गाउँपालिकाको गाउँपालिका स्तरीय शनिवार भएको भेलाले लोकेन्द्र कार्की को अध्यक्षतामा ७१ सदस्यीय गाउँ कमिटी गठन गरेका छ । कार्की मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तीकारी माओवादी पार्टी परित्याग गरी शनिवारनै माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो ।

 

 

फिक्कल गाउँपालिकाको भेलामा मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तीकारी माओवादीका सम्म्पुर्ण गाउँ पार्टी कमिटी जनबर्गिय संगठन कमिटी क्रान्तीकारी माओवादी परित्याग गरी माओबादी केन्द्रमा समाहित भएको नव निर्वाचित अध्यक्ष लोकेन्द्र कार्कीले सिन्धुली सौगातलाई जानकारी दिनु भयो ।

कार्की को अध्यक्षतामा नव गठित कमिटिमा सचिब शुक्रबहादुर सुनुवार कार्याल सदस्यमाा सुर्य क्षेत्री र भेष बहादुर कार्की रहने गरि इन्चार्जमा मुरारी भण्डारी सह– इन्चार्ज शिबप्रसाद पहाडी, कृष्णा पाख्रिण गाउँपालिका स्तरिय कमिटी निर्माण गरिएको कार्कीले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष तथा बाग्मती प्रदेश सांसद लेखनाथ दहाल (राजन) प्रमुख अतिथी, अथिति हरु ज्वाला प्रसाद न्यौपाने(पुकार), के पि पोख्रेल, सोमप्रसाद बराल, मदन काफ्ले, लगायतको उपस्थितिमा सम्पन्न भएको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

भेलाले कमिटी छवि पहडि को नेतृत्वमा छ सदस्यीय वाईसिएल फिक्कल गाउँ गठन गरेको छ ।

यसै बिच प्रमुख अतिथी राजन दहाल द्वारा फिक्कलका ४ वीर सहिद क. लेलिन पाख्रिन क. बल बा राई क राम बा तामङ क ज्ञानकुमारी सुनुवारको अर्ध कदको सालिक निर्माणको सिलन्यास गर्नु भयो ।

शिल्यान्यास समारोहलाई सम्बोधन गर्दै दाहालले रगत संग साटेको अहिलेको ब्यबस्था परिबर्तन का बिरुद्द जोकिहिले खेलाची गरे सम्झने नमिठो मूल्य चुकाउनु पर्नेछ परिबर्तनको रक्षाको लागि थप उपलब्धी हासिल गर्न क्रान्ती निरन्तर अगाडि बढिरहको बताउनु भयो ।

प्रतिक्रिया