बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

फुयाँल को अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठनको नयाँ नेतृत्व चयन

आइतवार , बैशाख ५, २०७८

सिन्धुली,०५ बैशाख – नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगरसमिति सिन्धुलीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगरसमितिका अध्यक्ष रामेश्व दाहालको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संंगठन राष्ट्रिय समितिका महासचिव हंश बहादुर साहिको प्रमुख आथिथ्यतामा अधिवेशन सुरु भएको हो ।

अधिवेशनले नयाँ शनिवारनै विष्णु फुयाँल को अध्यक्षतामा २६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । शिक्षकहरूको भेलाले अध्यक्ष विष्णु फुयाँल लाई सर्व सहमत रूपमा चयन गरेको हो ।

त्यसै गरी महिला उपाध्यक्ष सुशीला सुनुवार चयन हुनु भएको छ । उपाध्यक्ष शैलेन्द्र घिमिरे सचिव दीपेन्द्र कुमार थापा र कोषाध्यक्ष दुर्गा भुजेल लाई चयन गरेको छ भने सह–सचिव मन्दिर बराल एवम् सह–कोषाध्यक्ष सुनिता अधिकारी चयन हुनु भएको सहभागि शिक्षक विजय तामाङ्गले बताउनु भयो ।

यसैगरी सदस्यहरुमा सन्तोष थापा, वसन्त लामा, मदन चौलागाई,ं सानुमाया ठोकर, बिनु खड्का, छविरवण पौडेल, दिपेन्द्र भुजेल,केवलकुमारी ठकुरी,भिष्मराज धमला, पुष्पलता बराल, शान्तिप्रसाद दाहाल,ईश्वरराज दाहाल,दिलबहादुर पौडेल, तेजबहादुर भुजेल चयन हुनु भएको छ ।

महिला सदस्यरुमा कल्पना अधिकारी, बुद्धकुमारी काकीर्,गिता राउत,कुमारी आले, शारदा कार्की र संस्थागत सदस्यमा उषा पोख्रेल, राजकुमार खड्का, निवृतमा बद्री खड्का चयन हुनु भएको छ ।

यसैगरी प्रदेश प्रतिनिधिहरुमा रमेश कार्की,शान्ता आले, यादव सुवेदी, निरकुमारी चालिसे, लेखबहादुर कार्की चयन हुनु भएको छ ।

अधिवेशनमा कमलामाई नगरपालिका भित्रका ४ सय ६८ जना शिक्षकको उपस्थिति रहेको छ ।

प्रतिक्रिया