सिन्धुली,०५ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बिस्तारित क्याम्पस भेला शनिबार सिन्धुलीमा सम्पन्न भएको छ । अनेरास्वबियु सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीको आयोजनामा उक्त भेला सम्पन्न भएको हो ।
शनिबार सम्पन्न भेलाले बहुमुखी क्याम्पसमा लोकेन्द्र बोगटी संयोजक तथा अग्रिम अधिकारी सहसंयोजक रहने गरी ६५ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।
अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी टिकाजङ थापाले विद्यार्थी हकहितको लागि सदैव लडेको विद्यार्थी संगठन नेपालको पहिलो र सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियु भएको र यस संगठनमा आवद्ध हुन सबै विद्यार्थीहरू अपिल गर्नु भएको छ । कृष्ण मोक्तान अध्यक्ष रहेको अनेरास्ववियु नै आधिकारिक भएको र भ्रममा नपर्न सबै बिद्यार्थीहरुलाई थापाले अनुरोध समेत गर्नु भयो ।
कार्यक्रका विशिष्ट अतिथि तथा नेकपा एमाले जिल्ला सहसचिव महेन्द्रदेब श्रेष्ठले अध्ययनलाई फराकिलो बनाउदै सिन्धुली बहुमुखी क्याम्पस अनेरास्ववियु मय बनाउन र आइपरेका हरेक समस्या उठान गर्न सम्पुर्ण बिद्यार्थीलाई अपिल गर्नु भयो । उहाँले क्याम्पसमा आईपर्ने जस्तोसुकै समस्याहरुमा पनि क्याम्पस संचालक समितिले भरपुर सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो ।
अनेरास्ववियु केन्द्रीय सदस्य तथा कार्यक्रमका अतिथि गोकर्ण भुजेलले सिन्धुली बहुमुखी क्याम्पसमा रहेको अनेरास्ववियुको विरासत जोगाई नेविसंघको दादागिरी र क्रान्तिकारीको अराजकता संग जुध्न सम्पुर्ण बिद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
अनेरास्ववियु जिल्ला अध्यक्ष तथा कार्यक्रमका अतिथी कृष्ण मोक्तानले कार्यक्रममा सम्बोधन गर्नुहुदै जिल्लामा अनेरास्ववियुको झन्डाको दुरुपयोग गरि समानान्तर कमिटी गठन गर्दै हिड्ने अराजकहरुलाई तुरुन्त कार्वाही गर्ने घोषणा समेत गर्नु भयो ।
सम्पन्न भेला अनेरास्ववियु जिल्ला सहसचिव लोकेन्द्र बोगटीको अध्यक्षता अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य टिकाजंग थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । भेलाको विशिष्ट अतिथि नेकपा एमाले जिल्ला सहसचिव महेन्द्रदेब श्रेष्ठ, अतिथिहरु बहुमुखी क्याम्पस संञ्चालक समितीका सदस्य बिनोद श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्य गोकर्ण भुजेल, केन्द्रीय सदस्य उज्वल न्यौपाने, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण मोक्तान, जिल्ला सचिब सन्तोष कार्की, सहसचिव अजय दोङ तामाङ, प्रसान्त लुङ्गेली, कमलामाई नगर कमिटी कार्यालय सदस्य जिबन घिसिङ, राष्ट्रिय युवा संघ सिन्धुली जिल्ला नेता छबिलाल पाख्रीन, युवा संघ नगर कमिटी संयोजक प्रकाश रायमाझी, नेकपा एमाले नगर कमिटी सदस्य प्रदर्शन कार्की लगाएत पालिका संयोजक, बिद्यार्थी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।