बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

युवा संघ नेपाल जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण

शनिवार , चैत्र २८, २०७७

सिन्धुली – युवा संघ नेपाल जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । बिष्णु बुर्जाको अध्यक्षतामा २५ जनाको नयाँ कार्यसमिती चयन गर्दै कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

गठित नयाँ कार्यसमितीको उपाध्यक्षमा रमेश थापा, सचिब सम्झना भोलन, सहसचिब सुरेस वाईबा, कोषाध्यक्ष चुणा ठकुरी सहित २५ जनाको नयाँ जिल्ला कमिटी चयन गरिएको छ ।

चयन गरिएका सम्पुण पधाधिकारीलाई शनिवारनै सफथ ग्रहण समेत गराईएको छ । सपथ ग्रहण नेकपा (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्तको गराउनु भएको उपाध्यक्षमा रमेश थापाले जानकारी दिनु भयो ।

जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम नेकपा (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्तको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो । कार्यक्रममा सिन्धुली जिल्ला इन्चार्ज कमलजंग राई, केन्द्रीय प्रतिनिधि गंगा नेपाल, केन्द्रीय सदस्य दिलु पन्त, कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश रोक्कालगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया