सिन्धुली, – योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को जिल्ला सम्मेलनको विस्तारित बैठक शुक्रवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
वाइसिएलका जिल्ला अध्यक्ष भुल बहादुर राना(अबिरल)को अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला पार्टी अध्यक्ष राजन दाहालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को जिल्ला सम्मेलन आउँदो बैसाख १४ गते हुने भएकाले उक्त सम्मेलनको लागि बैठक बसेको हो ।

बिस्तारित बैठकलाई संबोधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला पार्टी अध्यक्ष राजन दाहालले कमिटी गठन भएका पालिकाहरुमा बैठक बसेर छलफल गर्न, कमिटी गठन गर्न बाँकी पालिकामा कमिटी गठन गर्न निर्देशन दिनुभयो ।उहाँले वाइसियल पार्टीको उत्तराधिकार संगठन रहेको स्मरण गर्नुभयो ।
एक घर एक वाइसिएल बनाउन अभियान नै सन्चालन गर्ने निर्णय भएको वाइसिएलका जिल्ला सचिवालय सदस्य यम कुमार देवकोटाले जानकारी दिनुभयो ।