बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

ने.बि.संघ सिन्धुली बहुमुखी क्याम्पसको ध्यानाकर्ष पत्र

शुक्रवार , चैत्र २७, २०७७

सिन्धुली, – नेपाल बिद्यार्थी संघ सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीले क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छ । अघिल्लो स्नातक प्रथम वर्षको शैक्षिक कार्यक्रम समापन नहुँदै स्नातक प्रथम वर्षको नयाँ कक्षा सन्चालन प्रक्रिया अघि बढाएको र गरीब जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई प्रदान गरिने आन्तरिक छात्रवृत्तिको नतिजा समयमा प्रकाशित नभएको भन्ने सम्बन्धमा शुक्रबार ने.बि.सघले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा भनिएको छ, वर्तमान समयमा कोभिड १९ को विषम परिस्थितिका कारण पठनपाठनको स्थिति थप अस्तब्यस्त भएको छ । अघिल्लो स्नातक प्रथम वर्षको शैक्षिक कार्यक्रम समापन नहुँदै स्नातक प्रथम वर्षको नयाँ कक्षा सन्चालन प्रक्रिया अघि बढिसकेको छ । यश अबस्थामा क्याम्पसको प्रावधान अनुरूपका पुस्तक प्राप्त गर्न बिद्यार्थीले लामो समय कुर्नुपर्ने देखिन्छ । जसबाट बिद्यार्थीको पठनपाठनमा समस्या खडा हुने निश्चित छ ।

त्यस्तै अर्काेतर्फ क्याम्पस द्धारा हरेक वर्ष गरीब जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई प्रदान गरिने आन्तरिक छात्रवृत्तिको अन्तर्वार्ता सम्पन्न भएको एक बर्ष भन्दा बढी भईसक्दा समेत नजिता किन प्रकाशन भएको छैन ? ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उक्त बिषयहरूप्रति ध्यानाकर्षण गराउँदै सम्पुर्ण तहका बिद्यार्थीलाई क्याम्पसको प्रावधान अनुरूप प्रदान गरिने सम्पुर्ण पाठ्यपुस्तकको समस्या तत्काल समाधान गर्न एवम् आन्तरिक छात्रवृत्तिको नतिजा तत्काल प्रकाशन गरि नया छात्रवृत्ति वितरणको प्रक्रिया तत्काल अगाडि बढाउन जोडदार माग गर्दै क्याम्पस प्रमुख सारदामणि खड्का लाई ध्यानाकर्षण पत्र बुझाइएको ने.वि.सघ सिन्धुली बहुमुखी क्याम्पसका नेता कृष्ण लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया