सिन्धुली, १२ चैत्र – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको जिल्ला कमिटि बैठक बिहिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । सर्बोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्रलाई पुर्ववत अवस्थामा फर्काएपछि माओवादी केन्द्र सिन्धुलीको पहिलो पटक जिल्ला कमिटि बैठक बसेको हो ।
जिल्ला अध्यक्ष लेखनाथ दाहाल(राजन)को अध्यक्षता तथा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले तत्कालिन नेकपाको विभिन्न विभागीय जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई पार्टीको जिम्मेवारी दिईको पार्टीका संगठन विभाग प्रमुख गणेश रत्नले बताउनुभयो ।
स्कुल विभागमा ज्वाला प्रसाद न्यौपाने(पुकार), प्रचार विभागमा काजिमान थिङ, संगठन विभागमा गणेश रत्न, उद्योग विभागमा महेश्वर कोईराला लगाएतलाई विभागीय जिम्मेवारी दिईको उहाँले बताउनुभयो । बैठकले पार्टीको संगठन विस्तारलाई तिव्रता दिने, सदस्यता नविकरण र पालिका स्तरीय अभियानहरु संचालन गर्ने निर्णय गरेको बताईएको छ ।