सिन्धुली २७ फाल्गुण – नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले सर्बोच्चको निर्णयसँगै देशमा महासंकट उत्पन्न भएको बताउनु भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुलीले बुधबार आयोजना गरेको बिरोध सभामा उहाँले उक्त धारणा राख्नु भएको हो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेर नेकपालाई सर्बोच्चले बदर गरेसँगै प्रधानमन्त्री ओली नेतृत्व सरकारले गरेका सबै निणर्य गैरकानुनी र असंवैधानिक भएको उहाँको तर्क थियो ।
उहाँले भन्नुभयो, “यति ठूलो संकन न पञ्चायतकालमा आएको थियो, न राणा शासनमा आएको थियो न त बहुदलिय व्यवस्थामा नै आएको थियो । सर्बोच्चले नेकपाको खारेजी गरेसँगै तीन बर्षसम्म सरकारले गरेका सबै काम असंवैधानिक भएको छ ।”
नेता गजुरेलले अहिले राष्ट्रपति, सरकार र संवैधानिक निकाय बैधानिक नभएको चर्चा गर्दै देश पुरै अराजकतर्फ गएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “तीन बर्षमा गरेका सबै निर्णय सबै गैरकानुनी भए । संवैधानिक आधार केही पनि छैन ।”
संसद पुनस्र्थापनाले देशको समस्या समाधान नहुने उहाँको जिकिर थियो । संसद पुनस्र्थापनासँगै मुलक पुस ४ गतेको अवस्थामा फर्किएको बताउदै उहाँले थप्नुभयो, “असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले केही पनि भनेनन् । गल्ति भयो पनि भनेनन् । मज्जाले प्रधानमन्त्री भए ।” ओली र प्रचण्डको झगडाले नेपाली जनताले तमासा हेरेको उहाँको भनाई थियो ।
नेता गजुरेलले संसदिय व्यवस्थाले देशलाई कल्याण नगर्ने पनि बताउनुभयो । उहाँले ओली सरकार काण्डै काण्डमा चुर्लुम्म डुबेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “देश अहिले ठूलो संकटबाट गुज्रि रहेको छ । यो असाधारण संकट हो देशमा आएको । सामान्य अवस्था होईन । सर्बत्र मानिसहरुले चर्चा गरि रहेका छन्, आखिर यो समस्या कत्पन्न किन भयो भनेर ।”
त्यो बिषयमा जनतालाई सुनाउन विभिन्न तहका कार्यक्रम नेकपा (माओवादी क्रान्तिकारी)ले गरि रहेको उहाँको भनाई थियो । प्रचण्ड र ओलीले पार्टी एकता गरेर धेरै ठाँउमा चुनाब जितेर झण्डै दुई तीहाईको सरकार पनि बनाएको नेता गजुरेलले अवगत गराउनुभयो । उहाँले भन्नुभयो, “नेपाल समृद्ध बन्छ, सबै नेपाली सुखी हुन्छन् भनेर उनीहरुले भनेका थिए । त्यतीखेर हामीले भनेका थियौं । उनीहरुको एकता धेरै टिक्दैन भनेर ।”
सरकार बनेको एक बर्ष बितेपछि सुरु भएको ओली र प्रचण्डको झगडाले नेपाली जनताको समृद्धिको सपना सपनामा नै बनि रहेको उहाँले बताउनुभयो । नेता गजुरेलले भन्नुभयो, “समृद्धिको सपना सपना नै बनिरहे । भ्रष्टचारका काण्डहरु आउन थाले, एउटै प्रेस किन्दा ७० करोड भ्रष्टाचार गर्न थाले ।”
नेकपा (माओवादी क्रान्तिकारी) का जिल्ला सेक्रेटरी थलप्रसाद देवकोटाको सभापतित्वमा भएको बिरोध सभामा जिल्ला ईन्चार्ज भरत बुर्जाले स्वागत मन्तब्य राख्नु भएको थियो । यस अघि उक्त पार्टीको धुराबजार स्थित कार्यालयबाट निस्किएको बिरोध ¥यालीले बजार परिक्रमा गरी लोक्तान्त्रिक चोकमा आएर बिरोध सभामा परिणत भएको थियो ।