कमलामाई नगरपालिका ६ गैरिबजारमा माओवादी केन्द्रले स्थापना गरेको पार्टी कार्यालय ।
सिन्धुली, – नेकपा माओवादी केन्द्र सिन्धुलीले जिल्ला सम्पर्क कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकता पछिको नेकपालाई पुर्ववत अवस्थामै रहेको फैसला गरेपछि मंगलबार माओवादी केन्द्र सिन्धुलीले पनि सम्पर्क कार्यालय खोलेको हो ।
सर्बोच्च अदालतको फैसल्ला सँगै झन्डै अढाई बर्षदेखि नेकपा एमालेकै कार्यालयमा नेकपा कार्यलय स्थापना गरि सँगै पार्टी कार्यालय सञ्चालन गर्दै आएको माओवादी केन्द्रले सर्वोच्च अदालतको आइबारको फैसलासँगै पार्टी कार्यालय खोलेको हो ।

सम्पर्क कार्यालय उदघाटन गर्दै माओावादी केन्द्रका सिन्धुली जिल्ला अध्यक्ष लेखनाथ दाहाल(राजन) ले सर्वोच्च अदालतको निर्णय नेकपामाथिको कानुनी कु भएको बताउनु भयो । नेकपा मेरो हो भनेर मात्रै माग दावि भएको थियो, नाम फेर्नु भन्ने आदेश दिनुपर्ने सर्वोच्च अदालतले नाम मात्रै नभएर पुर्ववत अवस्थामै नेकपा एमाले र माओवादी रहने छन् भनेर अनावश्यक निर्णय गर्यो अध्यक्ष दाहालले भन्नु भयो । अनावश्यक निर्णय राजनीतिक पुर्वाग्रह र कम्युनिष्ठ आन्दोलनलाई विघटनतिर लैजाने र जनताको इच्छा आकांक्षामाथि कुठाराघात गर्ने निर्णय भएको उहाँको टिप्पणी थिया ।
अदालतको निर्णयलाई असहमती जनाउदै कानुनी हिसाबले न्यायिक पुनरावलोकनमा जाने कानुनी संघर्ष जारी राख्दै त्यो समयसम्मका लागि पुर्व एमाले जति एमालेमै फर्कने र माओवादी जति माओवादी केन्द्रमै फर्कने निर्णय अनुसार छुट्टै कार्यालय स्थपना गरिएको माओवादी केन्द्रले जनाएको छ ।
सर्वोच्चको निर्णयले कानुनी हिसाबले हामी २ वटा पार्टी कार्यलयमा भएपनि राजनीतिक हिसाबले हिजो जहा थियौ हामी त्यहि छौ, बागमती प्रदेश सभा सदस्य समेत रहनु भएका माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष दाहालले भने सर्वोच्च अदालतको निर्णय मान्ने तर असहमती जाहेर गर्छौ भन्नु भयो । केहिमहिना भित्रै पुन पार्टी एकता हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । फुट अहिलेको आवश्यकता नभएको उहाँको भनाई थियो ।