शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पक्कि घर पाएपछि मुसहर समुदाय चिसोबाट सुरक्षित

सोमवार , फाल्गुण ३, २०७७

सिन्धुली,३ फाल्गुण – सिन्धुलीको दुधौली नगरपालिकामा बसोबास गर्ने मुसहर समुदायका परिवारले पक्कि घर पाएपछि यो बर्षदेखि सितलहर र चिसोबाट सुरक्षित भएका छन् ।

यो बर्ष दुधौली नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ९, १० र ११ मा जनता आवास कार्यक्रम अन्तर्गत ३५५ वटा पक्कि घर निर्माण गरी मुसहर परिबारलाई हस्तान्तरण गरिएको छ । बर्षौदेखि फुसको झुपडीमा बसेर गुजरा चलाउदै आएका मुसहर समुदायहरु पक्कि घर पाएपछि बालबच्चा, दिर्घरोगी र बृद्धबृद्धाहरु चिसोबाट सुरक्षित भएका स्थानीयले जनाएका छन् ।

झुपडीमा बस्दा हुरी बतास, आगलागी र सर्पको त्रास खेप्दै आएकोमा अब यो समस्याबाट मुक्ति पाएको दुधौली नगरपालिका–११ पत्रिंगा निवासी रन्जिता सदा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गत असोज महिनामा दुई कोठे पक्कि घर पाएपछि ढुक्कसँग बस्न पाईएको छ । नत्र सँधै हिउदमा चिसो र सितलहरीको समस्या हुन्थ्यो । यो बर्ष त्यस्तो महसुस गर्नु परेन ।”

उहाँका अनुसार मुसहर समुदाय बस्ने घर परैबाट चिनिन्थ्यो । बाँसको टाटीले बेरेको र थाकलले छाएको छाप्रो घर बनाएर मुसहर समुदाय बर्षौदेखि गुजरा चलाउदै आएका थिए । गर्मी मौसममा सँधै हुरीबतास, आगलागी र सर्पको त्रास हुन्थ्यो । गरिबीका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउनु पर्ने बाध्यताले सुरक्षित घर बनाउन उनीहरु सक्दैनथे ।

“पहिले बाँसको भाटाले बेरेको झाप्रोमा खर, परालको छानो मुनी बस्थ्यौं । विस्तारै खर, पराल पनि महँगो हुँदै गएपछि जङगलबाट ल्याएर थाकलको छानो हाल्न थालेका थियौँ,” दुधौली नगरपालिका–११ डाँडाटोल निवासी शुक्रा सदाले भन्नुभयो, “त्यो झुप्रोमा विच्छि, खजुरो र सर्पले डस्थ्यो ।”

अहिले राम्रो पक्कि घरमा बस्न पाउदा ज्यादै खुशी लागेको र झुप्रोमा जस्तो यो दरबारमा किरामिराले डस्न नपाउने उहाँले हौसिदै बताउनुभयो । जनता आवास कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयले मुसहर बस्तिमा दुई बर्षअघि घर बनाउन सुरु गरेको स्थानीयको भनाई छ ।

जाडो मौसम सुरु भएपछि रातभरि आगो बालेर वरिपरी बसेर रातगुजारेको बिगतलाई स्मरण गर्दै दुधौली नगरपालिका–९ खिरियानी निवासी ४० बर्षिय सुघिया सदा भन्नुहुन्छ, “यसैगरी चार जना छोराछोरी हुर्काए, यो उमेरमा आएर आगोको रापमा रात काट्नु पर्ने बाध्यता हटेको छ ।”

शहरी विकास तथा भवन डिभिजन कार्यालयले बागमती प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ९, १० र ११ स्थित मुसहर बस्तिमा ३५५ घर निर्माण सम्पन्न भएको जनाएको छ । एकिकृत वस्तीका सबैभन्दा बढि घर वडा नं ९ मा १७३ वटा निर्माण भएको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । दुई कोठाको प्रत्येक घरमा दुइवटा ढोका र दुइवटा झ्याल रहेका छन् । उहाँले भन्नुभयो, “ती सबै भवन निर्माण दुइवर्ष अघिदेखि थालिएका हुन् । ती भवन निर्माण गर्न ११ करोड २२ लाख सात हजार ६५१ खर्च भएको छ ।”

कार्यालय प्रमुख घिमिरेका अनुसार दुधौली नगरपालिकामा ५९० मुसहरहरुको घर निर्माण गर्ने योजना रहेको छ । निर्माण पुरा भएका घर लाभग्राहीलाई हस्तान्तरण गरि सकिएको छ ।

दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले मुसहरहरुको जीवनस्तर उकास्नको लागि प्रदेश सरकारले गरेको लगानीमा आफुहरु पनि सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “छाप्रे जीवनबाट पक्की घरमा ल्याउन सफल भएका छौं । अव मुसहरहरुलाइ आय–आर्जनको काममा लगाइने छ ।”

सुष्माको शरिरमा सलमान खानको ट्याटु !

काठमाडौँ,३ फल्गुण – नेपाली चलचित्रकी नायिका सुष्मा कार्कीको आज जन्मदिन परेको छ। १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्लामा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। मोडलिङ हुँदै चलचित्रमा लागेकी उनले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।

एक युट्युब च्यानलसँग दिएको अन्तरवार्तामा नायिका सुष्मा कार्कीले आफ्नो शरीरमा बलिउड अभिनेता सलमान खानसँगको ट्याटु रहेको खुलासा गरेकी छिन् ।

एक दशकअघि नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी सुष्मा कार्कीको अभिनय यात्रा फिल्म मेरो एउटा साथी छ बाट सुरु भएको थियो । फिल्म लुटको उध्रेको चोलीमा आइटम नृत्य गरेपछि उनी धेरैको नजरमा परेकी थिइन् । बोल्ड नायिकाको छवि बनाएकी कार्की नेपाली फिल्म क्षेत्रकी कन्ट्रोभर्सी क्विनका रूपमा पनि चिनिने गर्छिन्, भलै यसमा उनको सहमति छैन । तर कहिले प्रेम त कहिले कलाकारसँगको तिक्तता त कहिले आफ्नै अभिव्यक्तिको कारण उनी विवादमा भने आइरहन्छिन् ।

चलचित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चिनिने गरिन्छ।

केही समय अगाडी बलिउड अभिनेता सलमान खानसँगको उनले खिचेको तस्बिरले पनि मिडियामा निकै चर्चा परिचर्या पायो । जन्मदिनको अवसरमा उनले सलमान खानको बारेमा अन्य कुराहरू पनि भन्न भ्याइन ।

हेरौँ भिडियो

भारतीय गृहमन्त्री अमित शाहको नेपालमा आफ्नो पार्टीको सरकार बनाउने दावी

काठमाडौँ,३ फल्गुण – भारतका गृहमन्त्री तथा सत्तारुढ दल भाजपाका पूर्व अध्यक्ष अमित शाहले नेपालमा भाजपाको सरकार बनाउने बताएको दावी गरिएको छ। भारतीय सञ्चार माध्यम इस्टमोजो डटकमले त्रिपुराका मुख्यमन्त्री बिल्वब कुमार देबको भनाई उद्धृत गर्दै शाहले नेपालमा भाजपाको सरकार बनाउने विषयमा योजना बनाइरहेको समाचार प्रकाशित गरेको छ।

समाचारअनुसार मुख्यमन्त्री देबले भनेका छन्, ‘अमित शाहले शनिवार रबींद्र सताबीरिकी भवनमा एक पार्टी कार्यक्रमका क्रममा छिमेकी श्रीलंका र नेपालमा बीजेपी सरकार स्थापित करने की योजना बनाई है।’

देबले भनेका छन्, ‘त्रिपुरा यात्राका क्रममा शाहले एक पार्टी कार्यक्रम भनेका छने, ‘भारतका अधिकांश राज्यमा जितपछि छिमेकी देशमा पार्टी स्थापना गर्ने योजना बनाइरहेका छौं।’

देबले भने, ‘भाजापाका उत्तरपूर्वी जोनल सचिब अजय जम्वालले भाजापाले भारतका कैयौं राज्यमा सरकार बनाएको भनेपछि शाहले अब श्रीलंका र नेपाल बाँकी रहेको र हामीले श्रीलंका र नेपालमा पार्टीको विस्तार गर्नुपर्ने र त्यसका लागि त्यहाँ जित्नुपर्ने भनेका थिए।’

स्मरण रहोस नेपालमा अहिले संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको छ। र वैशाख १७ र २७ मा चुनाव हुँदैछ। उता सर्वोच्च अदालतमा पनि यो विषयमा बहस जारी छ। यस्तो बेला छिमेकी भारतका सत्तारुढ दलका पूर्व अध्यक्ष तथा केन्द्रीय गृहमन्त्रीको यस्तो विवादास्पद भनाई सार्वजनिक उनकै पार्टीका नेताले गरेका हुन्। अमित शाह भारतीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री नरेन्द्र मोदीपछि दोस्रो वरियताका मन्त्री हुन्।

अब लाग्ने भो त निर्वाचन आचारसंहिता ?

काठमाडौँ,३ फल्गुण – निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुलाई बोलाएर छलफल गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आचरसंहिता र मस्यौदाबारे छलफलको निम्ति बोलाइएको जानकारी गराउनुभएको छ ।

कार्यक्रममा नेकपा बहुमतको तर्फबाट केन्द्रीय सदस्य लीलामणि पोखरेल,नेमकिपाका प्रेम सुवाल, नेपाली काँग्रेसका आनन्द ढुङगाना, राप्रपाका रामशरण पाठक र नेकपा ओली समूहको तर्फबाट बाबुराम शर्माको उपस्थिति थियो ।जन आस्थाबाट साभार

आज फाल्गुन ०३ गते सोमबारको राशिफल र मौसम

वि.सं.२०७७ साल फाल्गुन ०३ गते सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–चतुर्थी,५१ घडी ०७ पला,रातको ०३ बजेर १० मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–उत्तरभाद्रपदा,२९ घडी १५ पला,बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त रेवती । योग–साध्य,४६ घडी ५२ पला,रातको ०१ बजेर २८ मिनेट उप्रान्त शुभ । करण– वणिज,दिउसो ०२ बजेर २३ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर १० मिनेट उप्रान्त बव । आनन्दादिमा–चद योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५६ पला । तिलकुन्द चतुर्थी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिदेशमा सञ्चालित निकाए तथा सस्थाहरुमा काम पाउँने तथा पदोन्नती हुँने प्रशस्त सम्भावना रहेकोछ । लामो दुरिको उपलब्धिमुलक मनोरञ्जनात्मक तथा व्यावसायिक यात्रा हुनेछ । बिदेशमा बसेर समय तथा रुपैया पैसा लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्ने योग रहेकोछ । आफ्ना साथिभाई तथा अग्रजका सहि सुझाबले एक दुई कदम अगाडि बढि प्रगति पथमा लम्कन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावली पक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् । खर्च बढेपनि राम्रा कामहरु गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :- प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना छ ।

आज राती :– प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

फाल्गुन ०२ गते आईतबारदेखी फाल्गुन ०८ गते शनिबार सम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता लाभदायक यात्राहरू हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्था र शेयरबाजारबाट राम्रै सफता मिल्न सक्छ । मंगल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खनपिनमा विचार पनि पुर्याउनु पर्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । सन्तान सुख पनि मिल्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्ता जोश जाँगर र हिम्मत वढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता फजूलको खर्च बढ्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएको अधूरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधूरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघी बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहन सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता नयाँ कामको थालनी हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो साता उपहार पाईन सक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बननेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- यो हप्ता टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ सवारी साधन प्राप्तिको योगपनि छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता धार्मिक यात्राको योगछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

प्रतिक्रिया