सिन्धुलीको मरिण गाँउपालिका–६ मा गाँउपालिकाको नबनिर्मित भवन उद्घाटन समारोहमा सहभागि हुदै पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ।
मरिण (सिन्धुली),१ फागुन – पूर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको ७० बर्षको संघर्षबाट अहिले संघिय गणतन्त्र नेपालको संविधान बनेको बताउनु भएको छ ।
सिन्धुलीको मरिण गाँउपालिका–६ मा गाँउपालिकाको नबनिर्मित भवनको उद्घाटन समारोहमा उहाँले उक्त धारणा राख्नु भएको हो । उहाँले धेरै शान्तिपूर्ण जनआन्दोलनको श्रृंखला र शसन्त्र जनयुद्धको पनि श्रृंखलाबाट उक्त संविधान जारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले त्यही संविधान र त्यसको मूल मर्ममाथि प्रहार भएको छ । नेपाली जनताको बलिदानको उपलब्धिको रुपमा आएको संविधान फेरी ट्रयाकमा आउछ, लोकतन्त्र फेरी ट्रयाकमा आउछ ।”
उहाँले छिट्टै प्रतिगमन कदम परास्त हुने बताउदै उक्त कदमलाई सच्याउन सबै नेपाली एक जुट भएर लाग्नु पर्ने सुनाउनुभयो । उहाँले भन्नुभयो, “प्रतिगमनको बिरोधमा नेपालमा भएका सबै सचेत नेपाली जन्ता, राम्रो दिमाग भएका सबै बिद्वान बुद्धिजिबी, बिशेषज्ञहरु यो प्रतिगामी कदमका बिरुद्ध खडा भएका छन् ।”
सिन्धुली जिल्ला आफैमा परिबर्तन र क्रान्ति उत्पतिको रुपमा परिचित जिल्ला भएको पूर्वप्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले भन्नुभयो, “यो जिल्लाले धेरै ऐतिहासिक क्रान्तिकारी योद्धाहरुलाई जन्म दिएको छ । यहाँका क्रान्तिकारी जनसमुदायले परिबर्तनका निम्ति संघर्षमा धेरै ठूलो मूल्य चुकाएको पनि छ । यो ऐतिहासिक भूमी देशैभरी स्थापित पनि छ ।”
गाँउपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा भएको उक्त समारोहमा संघिय सांसदद्वय हरिबोल गजुरेल, गणेश पहाडी, बागमती प्रदेश सांसदद्वय लेखनाथ दाहाल, बुद्धिमान माझी, नेपाली काँग्रेसका जिल्ला सभापति उज्वल बराल लगायतका बक्ताहरुले मन्तब्य दिनु भएको थियो ।
मरिण गाँउपालिकाको नबनिर्मित उक्त भवन छ करोड १९ लाख १८ हजार ९२६ रुपियाको लागतमा निर्माण भएको हो । अनक कन्ट्रक्सन कम्पनि प्रा.लिले २०७५ असार २६ गते सम्झौता गरी २०७७ साल पुस २६ गते निर्माण पुरा गरेको गाँउपाकिाले जनाएको छ ।
८० वर्षे बेहुलाका ७५ वर्षे बेहुली, बाल्यकालदेखि थियो दुबैबीच प्रेम
एजेन्सी । पाकिस्तानमा एक ८० वर्षका पुरुषले ७५ वर्षकी महिलासँग धुमधामसँग विवाह गरेका छन् । उनीहरुबीच बाल्यकालदेखि नै प्रेम रहेको बताइएको छ । पाकिस्तानको पन्जाब प्रान्तको कसुर सहर नजिक रहेको एक गाउँमा बसोबास गर्ने ८० वर्षका अतहर खान र उनको छिमेकी गाउँमा बस्ने ७५ वर्षकी नाजरिन युवा अवस्थामा पनि दुबै एकअर्कालाई असाध्यै माया गर्दथे । फिल्ममा जस्तै उनीहरु दुबैका परिवार उनीहरुको विवाहका विरुद्धमा थिए । त्यसकारण त्यतिखेर उनीहरुको प्रेम विवाहमा परिणत हुन सकेन ।
समय बित्दै गएपछि अतहरको विवाह पश्चात उनका चार छोराछोरी भए । ६ वर्ष पहिले उनकी पत्नीको मृत्यु भयो । उनी एक्लै भए । उता नागरिनका पति पनि ९ वर्ष पहिले बितेका थिए । उनका ७ बच्चाबच्ची भए र सबैको विवाह पनि भइसक्यो ।
बुढेसकालमा छोराछोरी उनका साहारा थिए तर उनीहरु दुबैलाई कसैले रेखदेख गरेनन् । एक्लाएक्लै भएपछि उनीहरु दुबै विवाह गर्ने मनस्थितिमा पुगे । उनीहरु दुबैको निष्कर्शमा नातेदार र नजिकका साथीसंगीले पनि साथ दिए ।
४ जुलाई २०१९ मा पनि यस्तै जोडीले यसैगरि विवाह गरेको थियो । अमेरिकाको ओहायोमा बसोबास गर्ने १०० वर्षका कुक १०२ वर्षकी फिलीले विवाह गरेका थिए । दुबै बृद्धाश्रममा बसोबास गर्दथे । उनीहरु दुबैले एक वर्ष डेटिङ गरेर विवाह गरेका हुन् । दुबैको पहिले दुई–दुई पटक विवाह भएको र दुबै टुटेका थिए ।
२३ वर्षको उमेरमा ११ बच्चा जन्माइसकेकी युवतीलाई सय बच्चाको चाहना
काठमाडौं,१ फाल्गुन २३ वर्षकी एक युवतीलाई बच्चा जन्माउने लत लागेको छ । उनले अहिलेसम्म ११ बच्चा जन्माइसकेकी छिन् र उनी सय बच्चा जन्माउन चाहन्छिन् । रुसकी २३ वर्षकी क्रिस्टिना ओज्टर्कले अहिले नै ११ बच्चाको पालन पोषण गरिरहेकी छिन् ।
न्यूजफ्ल्याश मिडियासँग कुरा गर्दै क्रिस्टिनाले बताएअनुसार उनले ६ वर्ष पहिले छोरी जन्माएकी थिइन् । त्यसपछि बाँकी सन्तान उनले सेरोगेसीको माध्यमबाट जन्माएकी हुन् । यी सबै सन्तानहरु उनकै जेनेटिक्सका हुन् । उनले आफूहरुले कैयौं बच्चा जन्माउन चाहेको बताएकी छिन् । यो उच्च वर्गीय दम्पतीले सामाजिक संजालमा गरेको एक पोस्टमा आफूहरुले १०५ बच्चा चाहेको बताएका थिए । त्यसपछि उनीहरुको यो पोस्ट भाइरल भएको थियो ।
क्रिस्टिनाले भने यस विषयमा कुरा गर्दै भनिन् ‘संख्यालाई लिएर हामी पूर्ण रुपमा आश्वस्त छैनौं तर यो निश्चित हो कि हामी ११ मा रोकिनेवाला छैनौं ।’ अहिलेसम्म आफूहरुले अन्तिम संख्या निश्चित गर्न नसकेको बताउँदै क्रिस्टिनाले भनिन् ‘मलाई लाग्छ हरेक कुराको एउटा समय हुन्छ र हामीले त्यही हिसाबमा सबै कुरा सोच्नु पर्छ ।’ यो परिवार जर्जियाको बातुमी शहरमा बस्छन् । यो शहरमा सेरोगेसी गैरकानुनी छैन र सेरोगेट महिलाहरुलाई गर्भवती हुनको लागि प्रयोग गर्न कुनै आपत्ति छैन ।
यद्यपि सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने पूरै प्रक्रियाको मूल्य लगभग ८ हजार युरो (११ लाख २८ हजार रुपैयाँ) पर्छ । यति यो परिवारले १०० बच्चा चाहन्छन् भने त्यसको लागि उनीहरुले ११ करोड २८ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । क्रिस्टिनाका अनुसार बातुमीमा उनीहरु जुन क्लिनिकमा सेरोगेसीका लागि जान्छन् त्यो क्लिनिकले नै उनीहरुको लागि सेरोगेट महिला खोजिदिन्छ र यो पूरै प्रक्रियाको जिम्मेवारी क्लिनिकको हुन्छ । क्रिस्टिनाको परिवार व्यक्तिगत रुपमा ती महिलाहरुसँग सम्पर्कमा हुँदैन ।
नेतादेखि पूर्व राजासम्मको भारत दौड किन ?
काठमाडौं, १ फाल्गुन – देशमा राजनीतिक संकट गहिरिदै गर्दा नेता देखि पूर्व राजासम्मको भारत भ्रमणको सिलसिला चलेको छ । उनीहरु व्यक्तिगत, पारिवारिक र स्वास्थ्योपचारको कारण देखाउँदै भारत भ्रमणमा जान थालेका हुन् ।
आज नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल विहानै दिल्ली उडे । उनी स्वास्थ्योपचारका लागि भारत भ्रमणमा गएको जनाइएको छ । एपोलो अस्पतालमा जाने भनिएका खनाल चार दिन दिल्ली बस्नेछन् । त्यहाँ उनले केही महत्वपूर्ण भेटवार्ता समेत गर्ने बुझिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि दिल्ली छन् । उनी गत हप्ता स्वास्थ्य जाँचको लागि भन्दै दिल्ली पुगेका थिए । ठाकुर आउँदो हप्ता मात्र फर्कने जनाइएको छ । दिल्लीमा उनले महत्वपूर्ण भेटहरु गरिरहेको बुझिएको छ । उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पौष महिनामा मुम्बई पुगेका थिए । उनी पत्नी सीता दाहालको उपचारका लागि भन्दै गएका थिए । केही दिन भारत बसाईंपछि प्रचण्ड फर्किएका थिए । उनी मुम्बई उड्दा देशमा राजनीतिक संकट निकै गहिरिएको थियो । भारतबाट फर्किएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद विघटन भारतको इशारामा गरेको आशयसहितको अभिव्यक्ति दिएका थिए ।
यसैगरी, पूर्व राजा ज्ञानेन्द्र शाह पनि भारत भ्रमणमा जाने भएका छन् । उनी स्थगमार्गबाट भारत प्रवेश गर्ने बुझिएको छ । शाहको भ्रमण फागुनको तेस्रो या चौंथो हप्तामा हुने तय भएको छ । उनी सिलगुढी हुँदै दार्जिलिङ जाने बताइएको छ । तर, स्थलमार्गबाट भारत प्रवेश गरेर उनले केही राजनीतिक भेटहरु गर्नसक्ने बुझिएको छ ।
सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन दिने भारत भ्रमण यही माघ महिनामै गरेका छन् । उनले समकक्षी एस जयशंकरका अलावा भाजपाका प्रभावशाली नेता समेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।
नेपालको राजनीतिमा प्रभाव राख्ने भारतको सहयोगका लागि सत्तापक्ष देखि विपक्षीले पनि पहल गरिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै भारतलाई सहयोग र सद्भावका लागि आग्रह गरेका थिए । उनले बुधबार आयोजित विरोधसभामा भारतको सहयोगको अपेक्षा गरेको जनाएका थिए ।रिपोटर्स नेपालबाट साभार
सुनकोशीमा अबरुद्ध खेलकुद प्रतियोगिता सुचारु
सिन्धुली,१ फाल्गुन – सिन्धुलीको सुनकोशी गाँउपालिकामा अबरुद्ध अध्यक्ष कप खेलकुद प्रतियोगिता सहमतिपछि पुनः आईतबारदेखि सुचारु हुने भएको छ ।
बागमती प्रदेश सांसद बिनोद खड्का, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, गाँउपालिका अध्यक्ष दिपा बाहोरा, वडा अध्यक्षहरु सहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको शुक्रबार दिउसोको बैठकमा उक्त खेलकुद प्रतियोगिता सुचारु गर्न पाँच बुदे सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकास सिटौलाले जानकारी दिनुभयो ।
बैठकले सबै वडाको सिफारिसमा फागुन १ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्ने, फागुन २ गते बिहान १० बजेबाट खेल सुचारु गर्ने, सबै टिमलाई खेलकुद मैदानमा व्यानर सहित राष्ट्रिय गान गाएर खेल सुचारु गर्ने, सबै कार्यपालिका सदस्य र विभिन्न पार्टी प्रतिनिधि, प्रहरी चौकी, संघ संस्थाका प्रतिनिधिलाई आमन्त्रण गर्ने र खेलकुद विकास समितिका सबै कर्मचारीलाई राजिनामा दिन लगाउने सहमति भएको उहाँले बताउनुभयो ।
बिहिबार उद्घाटन भइ सुरु भएको अध्यक्ष कप खेलकुद प्रतियोगिता असन्तुष्ट पक्षले शुक्रबार विहान खेलमैदान तोडफोड गरेपछि अबरुद्ध बनेको गाँउपालिकाले जनाएको छ । सुनकोशी गाँउपालिका खेलकुद बिकास समितीका अध्यक्ष बिनोद श्रेष्ठले खेलमैदान अराजक समूह आएर तोडफोड गरेको बताउनुभयो ।
उक्त समूहले खेल बिरुद्धमा नारा लगाएर कालो झण्डा देखाउदै खेल मैदानको गेट, मञ्च र तारबार, टेबुलकुर्सी, खेल सामग्री तोडफोड गरेको उहाँले जानकारी दिनुभयो
बिरोध प्रदर्शनमा नेकपा ओली समूहका बागमती प्रदेश सांसद बिनोद खड्का, सिन्धुली क्षेत्र नम्बर २ ‘क’ का नेपाली कांग्रेस सभापती बोधबिक्रम थापा लगायत सुनकोशी गाँउपालिकाको वडा नम्बर १, ३, ४ र ६ का वडा अध्यक्ष सदस्य सहित पार्टीका समर्थकहरुको उपस्थिती रहेको स्थानीयले जनाएका छन् ।
बिरोधमा उत्रिएका टोलीले कालो झण्डा बोकेर खेलकुद बिकास समिति पुनर्गठन गर, एकाधिकार बन्द गर, गाँउपालिकाको दम्भ बन्द गर, बहुमतको कदर गर लगायतको नाराबाजी गरेको बताईएको छ । सरोकारवालाहरु र जनप्रतिनिधि बसेर छलफल गरी विवाद मिलाउने प्रयास भई रहेको बागमती प्रदेश सांसद बिनोद खड्काले बताउनुभयो ।
उक्त प्रतियोगितामा सात वटै वडाबाट पुरुष फुटबलतर्फ सात वटा, पुरुष भलिबलतर्फ सात वटा र ब्याडमिन्टन तर्फ पाँच वटा टिम दर्ता भएका थिए । प्रतियोगिताका समापन फागुन ३ गतेको लागि तयारी भएको थियो । प्रतियोगितामा फुटबलतर्फ प्रथम हुनेलाई नगद एक लाख रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ७५ हजार रुपैया मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ५० हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।
त्यस्तै पुरुष भलिबलतर्फ प्रथम हुनेलाई नगद ६३ हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ५० हजार रुपैया, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ३८ हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ । महिला भलिबलतर्फ प्रथम हुनेलाई नगद २० हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद १५ हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।
त्यस्तै ब्याड मिन्टनतर्फ प्रथम हुनेले नगद ४० हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ३० हजार रुपैया, मेडल र प्रमाणपत्र र दुई जना सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १०÷१० हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।
सुनकोशीमा विरोधिको अराजक शैलि
सुनकोशी गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन भइरहेको बेला केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका केहि नेता तथा कार्यकर्ताले विरोध गरेपछि उनीहरु आलोचित भएका छन् । अराजक शैलिमा प्रदेश सांसद देखि नेता तथा कार्यकर्ताले खेलकुदस्थल तोडफोड गरेपछि विरोधिको राजनैतिक संस्कारप्रति सर्वसाधरणले प्रश्न उठाएका छन् । खेलकुद प्रतियोगिता भइरहदा सत्तारुढ दलका नेता तथा कार्यकर्ताले देखाएको व्यवहार राजनैतिक विकृतिको एउटा नुमना हो । असन्तुष्ट पक्षले वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा कानुननै हातमा लिएर अघि बढ्नु दुःखद र लज्जास्पद कदम हो । कार्यकर्ता भेला गरेर तोडफोडमै उत्रनु अराजकताको माध्यमबाट शक्ति प्रदर्शन गर्नु सरह हो । तसर्थ, विरोधिहरुले आफ्नो मुद्धा उठाउने शैलिमा परिवर्तन ल्याउन जरुरी छ । युवाहरुलाई राजनैतिक संस्कार सिकाउनुपर्नेमा प्रदेश सांसदनै तोडफोडमा उत्रनु लज्जास्पद हो ।
आफूलाई मन नपरेपछि हात हालाहालमा उत्रने शैलि अराजकतालाई प्रोत्साहन गर्ने कदम हो । यस्ता अराजक व्यवहारलाई निरुत्साहित गर्न राजनैतिक दलले पनि आवश्यक कदम चाल्नुपर्छ । जिल्लाका राजनैतिक दलले आफ्ना नेता कार्यकर्ताको व्यवहार सुदृढिकरण गर्न आवश्यक प्रशिक्षण दिनुपर्छ । अन्यथा, यस्ता घट्ना घटिरहनेछ । अतः नेता तथा कार्यकर्ताले जनताको नजरबाट गिर्ने काम कहिले पनि गर्नुहुदैँन ।