काठमाडौं, २६ कार्तिक - नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा बेञ्चमै सीमित भए। दिल्ली क्यापिटल्सले सन्दीपलाई सिजनमा कुनै पनि खेलमा मौका दिएन।
वेस्ट इन्डिजदेखि अस्ट्रेलियासम्मका फ्रेञ्चाइज लिगका टिमको प्लेइङ-११ मा नियमित स्थान बनाउने सन्दीपलाई दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले पहिलो रोजाइमा राख्न आ वश्यक ठा नेनन्।सेतोपाटीमा खवर छ ।
ट्रिनिडाड एन्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग खेलेर उतैबाट आइपिएलका लागि युएई पुगेका सन्दीपले कुनै पनि खेल खेल्न नपाउलान् भन्ने कमैले सोचेका थिए। किनभने सिपिएलमा सन्दीपले जमैका तलावाजबाट समूह चरण र सेमिफाइनल गरी सबै ११ खेल खेल्दा १२ विकेट लिन सफल भएका थिए ।
सन्दीपलाई सिपिएलमा जस्तो आइपिएलमा प्लेइङ–११ मा पर्न सहज भ एन। किनकी प्लेइङ–११ मा पर्न सन्दीपले दिल्लीका अनुभवी स्पिनर र प्रतिभाशाली विदेशी खेलाडीसँग प्र तिस्पर्धा गर्नुपर्यो।
सुरुवाती खेलमा दिल्लीले चार जना विदेशी खेलाडीको कोटामध्ये दक्षिण अफ्रिकाका ती व्र गतिका बलरद्वय कागिसो रबाडा र एनरिच नोकियालाई स्थान दियो। दुबै जनाले फाइनलसम्म नियमित खेले।
बाँकी दुई कोटामा दिल्लीले अस्ट्रेलियाका अलराउन्डर मार्कोस स्टोइनिस र वेस्ट इन्डिजका ब्याट्सम्यान शिमरन हेटमेयरलाई टिममा स्थान दियो।
स्पिनरमा दिल्लीले सुरुवाती खेलमा अनुभवी स्पिनरद्वय रविचन्द्रन आस्विन र अमित मिश्रा तथा अक्षर पटेलमाथि विश्वास देखायो। पहिलो खेलमा आस्विन घाइते हुँदा मिश्राले त्यसपछिका केही खेलमा मुख्य स्पिनरको रूपमा खेले। ब्याटिङ पनि गर्न सक्ने पटेलले भने नियमित रूपमा प्लेइङ–११ मा स्थान पाए।
स्पिनर कोटामा दिल्लीले सन्दीपलाई राख्नु पर्ने आ वश्यकता कुनै पनि बेला ठानेन। किनकी दिल्लीका स्पिनरले सबै खेलमा एकनासको खेल देखाएका थिए।
तीन जना विदेशी खेलाडीले पनि आफूलाई दिल्लीका मुख्य खेलाडीको रूपमा उम्भाए। विदेशी खेलाडीहरु रबाडा, नोकिया र स्टोइनिसले सबै खेलमा प्रभावशाली खेल देखाए। जसका कारण दिल्लीले तीनै जनाको फाइनलसम्म नियमित खेलायो।
ब्याट्सम्यान शिमरन हेटमेयरले सुरुवाती खेलमा सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। त्यसैले दिल्लीले कहिले अलराउन्डर ड्यानियल साम्सलाई त कहिले विकेटकिपर एलेक्स क्यारीलाई स्थान दियो।
टिमलाई चाहिएको बेला ब्याटिङ गर्ने क्षमता नभएका कारण सन्दीपले विदेशी कोटामा यस सिजनको आइपिएलमा स्थान पाउन नसकेको देखिन्छ।
आइपिएल जारी रहँदा दिल्लीका मुख्य स्पिनर अमित मिश्रा घाइते भएका थिए। मिश्रा सिजनका बाँकी खेल खेल्न नसक्ने अवस्थामा पुगे। त्यसपछि सन्दीपले प्लेइङ-११ मा स्थान पाउनेआशा गरिएको थियो। तर दिल्लीले मिश्राको स्थानमा अर्का लेगस्पिनर प्रविन दुबेलाई भित्र्यायो। भारतीय लेपस्पिनर दुबे भित्रिएकाले सन्दीपलाई घाटा पर्यो।
लेगस्पिनर दुबेले मंगलबार भएको मुम्बईविरुद्धको फाइनलसहित ३ खेलमा मौका पाए। तर उनले तीनै खेलमा विकेट लिन भने सकेनन्।
यही सिजनमा अनुभवी स्पिनर आस्विन दिल्लीमा आएकाले पनि सन्दीपको स्थान गुमेको देखिन्छ। किनभने किंग्स-११ पञ्जावको कप्तान रहिसकेका भारतीय राष्ट्रिय टिमका नियमित खेलाडी आस्विन ब्याटिङ गर्न सक्ने खुबी भएका खेलाडी हुन्।
अघिल्ला सिजनका केही खेलमा मिश्राको स्थान लिएका सन्दीपलाई यो सिजन आस्विनको स्थानमा खेलाएर दिल्लीले खतरा मोल्न चाहेन।
सन् २०१८ मा दिल्लीमा आवद्ध भएका सन्दीपले सो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए। त्यतिबेला दिल्ली प्लेअफ दौडबाट बाहिरिसकेको अवस्था थियो। कतिपयले सन्दीपलाई महत्वपूर्ण खेल नभएकाले स्थान दिएको विश्लेषण गरेका थिए।
२०१९ को सिजन भने सन्दीपले ६ खेल खेलमा मौका पाए। तर एकनासको प्रदर्शन गर्न नसक्दा सन्दीपलाई गत सिजन पनि नियमित टिममा स्थान बनाउन मुस्किल परेको थियो।
सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए। कुनै पनि खेलमा मौका नपाउँदा २०२० सिजनमा भने सन्दीपका लागि बिर्सनलायक बन्यो।
दिल्लीसँग सन्दीपको यो अन्तिम सिजन हो। सन्दीपले आगामी सिजनको आइपिएल टिममा स्थान बनाउन अब अक्सनबाट छानिनु पर्ने हुन्छ।
सम्झौताको अन्तिम सिजनमा खेल्न नपाउँदा सन्दीपको आगामी सिजनमा आइपिएल यात्रा पनि अनिश्चित बनेको छ।
आगामी सिजनको आइपिएलमा अक्सनबाट छानिनका लागि सन्दीपका लागि अर्को महिना हुने अस्ट्रेलियाको बिग ब्यास लिग महत्वपूर्ण हुने देखिन्छ।
सन्दीपले यस सिजनको बिग ब्यासका लागि अहिलेसम्म कुनै पनि टिममा सम्झौता गरिसकेका छैनन्। सन्दीपका सहयोगी रमन सिवाकोटीले सन्दीपले यो सिजन मेलवर्न स्टार्सबाट खेल्ने सम्भावना कम भएको बताइसकेका छन्। सिजनको बिग ब्यासमा अन्य टिममा सम्झौता गर्न कुराकानी भइसकेको सिवाकोटीको भनाइ छ।
सिजनको बिग ब्यास टिममा आवद्ध भएर उत्कृष्ट खेलेको खण्डमा मात्र सन्दीपका लागि आगामी सिजन आइपिएल टिममा आबद्ध हुन सहज हुने देखिन्छ। किनभने बिग ब्यास लिग चलिरहेको अवस्थामा २०२१ को आइपिएलका लागि अक्सन हुने सम्भावना छ।
आइपीएलको उपाधि जितेको मुम्बईले पायो २० करोड
काठमाडौँ,२६ कार्तिक – आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा क म छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का कप्तान विराट कोहलीलाई फ्रेन्चाइजीले एक सिजनका लागि १७ करोड भारु दिन्छ । यद्यपि, सीजनको ली लामीमा अष्ट्रेलियाली तेज बलर पेट कमिन्स सबैभन्दा महँगा १५.५ करोड भारुमा बिकेका थिए । उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो । कमिन्स सबैभन्दा म हँगा विदेशी खेलाडी पनि हुन् ।
दिल्ली टिममा मुम्बईको तुलनामा ६.७ प्रतिशत बढी करोडपति खेलाडी रहे । यसमा ऋषभ पन्तलाई सबैभन्दा बढी १५ करोड भारु दिइयो । यो सिजनमा तीन टिम छन् जसमा १५ खेलाडीको मूल्य एक करोड वा सोभन्दा बढी छ । यसमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु समावेश छन् ।
आईपीएलमा सन्दीपको प्रतिक्षा !
काठमाडौँ , – सन् २०१८ मे १२ को दिन, इण्डियन प्रिमियर लिग (आईपीएल) मार्फत विश्वले नेपाली एक ठिटोको प्रशंसा गरेको थियो ।
रोयल च्यालेंजर्स बैंगलोरवि रुद्ध १८ वर्षको उमेरमा टी ट्वान्टी क्रिकेटमा डेब्यु गर्दै विश्व क्रिकेटमा आफ्नो आगमनको ढोका खोल्ने सन्दीप लामिछाने थिए ।
त्यसयता, विश्वका सबै ठुला भनिएका फ्रेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप नेपालको ग्लोबल आइकनको रुपमा स्थापित बने । जुनै फ्रेन्चाइज लिग खेल्न जान्छन्, ती टिमका मुख्य खेलाडी जस्तै बनेका छन् सन्दीप । कतिपय फ्रेन्चाइज लिगमा उनी टिमको मार्की खेलाडी समेत रहिसकेका छन् ।
तर लगातार तेस्रो पटक आईपीएल खेल्न दुबईमा रहेका सन्दीपको यसपटक लामो प्रतिक्षामा प्रतियोगिता बि त्दै आएको छ ।
प्रतियोगितामा उनको टिम दिल्ली क्यापिटल्सले लिग चरणको १३ खेल खेलिसक्दा समेत सन्दीप बेन्चमा सिमित छन् ।
सन्दीपले कुनै प्रतियोगिता खेल्न तथा मैदान उत्रन सर्वाधिक प्रतिक्षा गर्नु परेको यसै पटक हो ।
आईपीएल बाहेक अन्य कुनै प्रतियोगितामा सन्दीप टिमका परिपुरक जस्तै छन् । तर विश्वको चर्चित लिग आईपीएलमा विश्वका हस्ती समेत बेन्चमा रहँदै आएका छन् । तर नेपाली समर्थक र सन्दीपको लागि यो आईपीएल निकै निरासामा बित्दै आएको छ । दिल्लीको हरेक खेलमा सन्दीप मैदान उत्रने आशा गर्ने नेपाली समर्थकलाई निराश भएर खेल हेर्ने बानी पर्न थालेको छ ।
कुनै पनि विदेशी लिगमा सन्दीप पहिलो रोजाइका स्पिनर रहँदै आएका छन् । यस्तै दुई संस्करणको आईपीएल खेल्दा समेत सन्दीपले यसपटकको जस्तो प्रतिक्षा गर्नु परेको थिएन । डेब्यु संस्करण उनले ११ खेल पश्चात मैदान उत्रने मौका पाएका थिए ।
सो संस्करणको ४५ औं खेलमा खेल्ने मौका पाएका सन्दीपले बाँकी सबै खेलमा स्थान बनाउन सफल भएका थिए ।
डेब्यु सिजन सन्दीपले ३ खेलमा ५ विकेट लिन सफल भएका थिए ।
लगातार १३ खेल खेल्दै ३ जित मात्र हात पारेको दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीपलाई मैदान उतारेको थियो ।
सन्दीप बिना ११ खेलमा ३ जित हात पारेको दिल्ली सन्दीपको आगमन पछि ३ खेलमा २ जित निकालेको थियो ।
सो सिजन दिल्ली तालिकाको पुछारमा सिमित बनेको थियो ।
दोस्रो पटक आईपीएलमा उनले पहिलो दुई खेलमा मात्र बेन्चमा रहनु पर्यो । तेस्रो खेलदेखि लगातार ४ खेलमा प्लेइङ ११ मा स्थान पाउँदा सन्दीपले अघिल्लो सिजन भन्दा दोब्बर, ६ खेल खेल्ने मौका पाए । प्लेअफ पुग्दै फाइनलको नजिकबाट दिल्ली बाहिरिंदा सन्दीपले ६ खेलमा ८ विकेट हात पारेका थिए ।
तर लयमा रहेका सन्दीप यसपटकको सिजन लामो प्रतिक्षामा बितेको छ । कतै यो सिजन उनी बेन्चमै सिमित हुने त हैनन् भन्ने शंका समेत उब्जिएको छ । डबल राउण्ड रोबिनको आधारमा चल्ने आईपीएलमा उनको टिमले एक खेल खेल्न बाँकी छ ।
दिल्ली १३ खेलमा ७ जित हात पार्दै १४ अंकका साथ तेस्रो स्थानमा छ । दिल्लीले प्लेअफमा स्थान बनाउन जितको विकल्प छैन ।
अझ उसलाई प्लेअफमा पुग्न गणितीय हिसाबमा समेत भर पर्नु पर्ने हुन्छ । प्लेअफ पुग्न नसके सन्दीपको टिमको यस सिजन बैंगलोरविरुद्धको खेल अन्तिम हुनेछ ।
उपाधि दाबेदार मानिएको दिल्ली पछिल्लो खेलमा खराब प्रदर्शन गर्दै प्लेअफको लागि संघर्ष गरिरहेको छ ।
वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिगमा किफायती प्रदर्शन गर्दै दुबई पुगेका सन्दीप मैदान उत्रन निकै आतुर छन् ।
लिगमा १० खेलमा बलिङ गर्दै १२ विकेट लिन सफल सन्दीप आफ्नो टिमको सर्वाधिक विकेट लिने दोस्रो खेलाडी थिए ।
लगत्तै आईपीएल रहेको कारण राम्रो लयमा देखिएका सन्दीपले धेरै खेलमा मौका पाउने अनुमान र विश्वास गरिएको थियो । तर दिल्लीको प्लेइङ सेटले सबैको विश्वास र अनुमान गलत साबित गरिदियो ।
आईपीएलमा सन्दीपको टिममा भेट्रान स्पिनर रबिचन्द्रन आश्विन, अक्षर पटेल, अमित मिश्रा जस्ता स्पिनर रहेका कारण मैदान उत्रने मौका पाएका छैनन् । दिल्लीको पहिलो रोजाइका स्पिनर अमित तथा आश्विन घाइते हुँदा समेत सन्दीपले प्लेइङ ११ मा स्थान नपाउँदा नेपाली समर्थक निकै निराश थिए ।
दिल्लीलाई प्ले अफ पुग्न बाँकी रहेको एक खेल निकै महत्वपूर्ण रहेको कारण सो खेलमा समेत सन्दीप मैदान उत्रने सम्भावना निकै कम देखिन्छ ।
सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनुपर्छः गावस्कर
काठमाडौं, – भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा दिग्गज ब्या ट्सम्यान सुनील गावस्करले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेल्ने अवसर दिइनुपर्ने बताएका छन् । भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आ इपिएलबारे कुरा गर्दै गावस्करले यस्तो धारणा राखेका हुन् ।
यदि इङल्याण्डले स्कटल्याण्ड र आयरल्याण्डका खेलाडीहरुलाई आफ्नो टिमबाट खेलाउन सक्छ भने भारतले लामिछानेजस्तै नेपाली खेलाडीहरुलाई आफ्नो टिममा समावेश गर्नेतर्फ पहल गर्नुपर्ने बताए । उनले अहिले नै यो कुरा मजाक जस्तो लागे पनि भविष्यमा यस्ता विषयमा सो च्नुपर्नेमा जोड दिए । गावस्करले लामिछाने राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रं गमा अझै राम्रो गर्न सक्ने पनि बताए । सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।
यस सि जनको आइपिएलमा सन्दिपको स्थानबारे कुरा गर्दै गावस्करले उनी यो सिजन दिल्लीका दिग्गज स्पिनर अमित मिश्राभन्दा अगाडि प्लेइङ ११ मा पर्नुपर्ने धारणा राखे । सन्दिपको प्रशंशा गर्दै गावस्करले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अ नुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेको बताए । गएको सिजन आइपिएलमा सन्दिपले ८ खेलमा १७.२५ को स्ट्राइक रेटमा ८ विकेट लिएका थिए ।
केकेआर वि रुद्ध सन्दीपको सम्भावना कति ?
काठमाडौं, – नेपाली लेगस्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आईपीएल २०२० मा शनिबार आफ्नो चौथो म्याच खेल्दै छ । दिल्लीले चौथो म्याच कोलकाता नाइट राइडर्स (केकेआर)वि रुद्ध खेल्न लागेको हो ।
केकेआर र दिल्लीबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । पछिल्लो पाँच म्याचमा केकेआर वि रुद्ध दिल्ली ३ खेलमा विजयी भएको छ । तीनमध्ये एक खेलमा दिल्लीले केकआरलाई ‘सुपर ओभर’मा ह राएको थियो ।
जारी सिजनमा तीन म्याच खेल्दा दुबै टिमले समान २ मा जित र एक खेलमा हा रको सामना गरेका छन् । यो संस्करणको आईपीएलमा पनि दिल्ली श्रेयस अय्यर र केकेआरमा दिनेश कार्तिक कप्तान छन् ।
दिल्लीले तेस्रो खेलसम्म चार विदेशीलाई निरन्तरता दिइरहेको थियो । तर, प्रदर्शनका हिसवाले भने रबाडा र स्टोइनिसले मात्र आफूलाई प्रमाणित गरेका छन् । रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । स्टोइनिसले आवश्यक परेका बेला ब्याट र बल दुवैमा राम्रो गरिरहेका छन् ।
फास्ट बलर एनरिक नोर्किए र ब्याट्सम्यान शिमरोन हेटमायरले सोचे अनुसारको प्र दर्शन देखाउन सकेका छैनन् । मध्यक्रममा ब्याटिङ गर्ने हेटमायरले सीपीएलको प्रदर्शन दोहोर्याउन न सक्दा दिल्लीलाई घा टा भएको छ ।
दिल्लीले ब्याटिङ अर्डरमा केही परिवर्तन गरेको खण्डमा र विदेशी खेलाडीको व्या पक परिवर्तन गर्दा सन्दीपको पालो आउन सक्छ । अघिल्लो खेलमा हैदरावादसँग प राजित हुँदा विदेशी खेलाडीमध्ये रबाडाले मात्र राम्रो प्रदर्शन गरेका थिए ।
यस्तै, नोर्कियाको प्रदर्शन राम्रो हुन स केन । यदी दिल्लीले उनलाई वि श्राम दिएमा सन्दीपको सम्भावना हुन सक्नेछ । हुनत यसअघिका दुई संस्करणमा पनि सन्दीपले सुरुवाती खेलहरू बेन्चमा बसेर हेरेका थिए ।
पहिलो संस्करणमा उनले दिल्ली प्रतियोगिताबाट बाहिरिएपछिका ३ खेलमा मौका पाएका थिए । यसपटक वेस्ट इन्डिजको लिगमा राम्रो प्रदर्शन गरेकाले आईपीएलमा पहिलो खेलबाटै सन्दीपले खेल्न सक्ने भारतीय मिडियाको पनि अनुमान गरेका थिए । तर, यो सत्य सावित हुन सकेन ।
आईपीएलमा विदेशी खेलाडीको कोटा
आईपीएलमा प्रत्येक टिमले बढीमा ८ जनासम्म विदेशी खेलाडी आफ्नो टिममा राख्न पाउँछन् । त्यसमध्ये बढीमा चार विदेशी खेलाडी एकै पटक मैदानमा उतार्न पाउँछ । टिममा ब्याटिङ र बलिङको स न्तुलन मिलाउने गरी विदेशी खेलाडी प्लेइङ सेटमा राख्ने गरिन्छ ।
दिल्लीमा पनि विदेशी खेलाडी ८ जना छन् । जसमध्ये चार खेलाडीले मात्र एकै पटक खेल्न पाउँछन् । सुरुवाती तीन खेलमा दिल्लीले दक्षिण अअफ्रिकन फास्टबलरद्वय रबाडा र नोर्किएका साथमा अष्ट्रेलियन अलराउण्डर स्टोइनिस र वेष्टइन्डिजका ब्याट्सम्यान हेटमायरलाई खेलाएको थियो ।
चार खेलाडीले नियमित खेल्दा सन्दीपसँगै अष्ट्रेलियाका एलेक्स क्यारी र ड्यानिएल साम्स र वेष्टइन्डियन अलराउण्डर किमो पउल बेन्चमा बसेर खेल हेरिरहेका छन् ।
दिल्लीको लागि पहिलो खेलमै डेब्यू गरेका स्टोइनिस र नोर्कियले राम्रो प्रदर्शन गरेका थिए । त्यसमा पनि कागिसो रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । टिमको फास्ट बलिङ बलियो बनाउन उनी अपरिहार्य छन् ।
तल्लोक्रममा भारतीय ब्याट्सम्यान नहुँदा अलराउण्डर कोटामा विदेशी खेलाडी खेलाउनुपर्ने बाध्यता छ । जसले गर्दा हेटमायर र स्टोइनिसले अवसर पाएका छन् ।
स्टोइनिसले पहिलो खेलदेखि नै आफूलाई प्रमाणित गरेका छन् तर हेटमायरले भने राम्रो खेल्न सकेका छैन । हेटमायरको सट्टा अर्को विदेशी खेलाउँदा ब्याट्सम्यान नै खेलाउनुपर्ने हुनेछ वा भारतीय राम्रो अलराउण्डर चाहिनेछ ।
सन्दीप लामिछाने लंका प्रिमियर लिगमा छनोट भएनन्
काठमाडौं, – श्रीलंकाको लंका प्रिमियर लिग (एलपिएल) टी-२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न सोमबार राति ड्राफ्ट गरिएको छ।
२०२० को पहिलो सिजनमा पाँच टिमबीच प्रतिस्पर्धा हुने एलपिएलको ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने छनोट हुन असफल भएका छन्।
सूचीमा नाम सामवेश भए पनि २० राउन्डसम्म चलेको ड्राफ्टमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन्।
आगामी २१ नोभेम्बरदेखि हुने तय एलपिएलमा कोलम्बो किंग्स, दम्बुला हक्स, गले ग्लाडिएटर्स, जफना स्टेलियन्स र क्यान्डी टस्कर्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने प्रतिस्पर्धामा २३ खेल हुनेछ।
सोमबार भएको ड्राफ्टमार्फत कोलम्बोमा एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, फाप डु प्लेसिस, दिनेश चण्डीमाल लगायतका खेलाडी आबद्ध भएका छन्।
यस्तै दम्बुलामा डेभिड मिल्लर, कार्लोस ब्रेथवेट, पाउल स्टर्लिङ, उपुल थाराङ्गासहितका खेलाडी छन्।
गलेमा शाहिद अफ्रिदी, लासिद मालिङ्गा, कोलिन इग्राम आबद्ध भएका छन् भने जफनामा थिसरा परेरा, डविड मलान, शोएब मलिकसहितका खेलाडी भित्रिएका छन्।