दशैँ शुरु भएसँगै सिन्धुलीमा सडक दु र्घट्नाको संभावना बढेको छ । विगतका वर्षहरुमा सिन्धुलीका विभिन्न ठाउँहरुमा दशैँको समयमा दुर्घट्ना हुने गरेको थियो । विशेषतः यात्रु ओसार्ने दौडधुपका कारण द ुर्घट्ना हुने गरेको थियो । मानविय त्रु टिका कारण धेरै दु र्घट्ना हुने गरेको छ । भलई, यसपालि कोरोना भा इरसका कारण कम यात्रु छन् । तर, जिल्लाका ग्रामीण ठाउँहरुबाट किनमेल लगायत विभिन्न कारणले बजार क्षेत्रमा आउने गरेका छन् । जसका कारण यात्रुको संख्या तुलनात्मक रुपमा कम भएपनि धेरै नै हुने गरेको छ । त्यसैगरि, विपी राजमार्गमा पनि सवारीसाधनको संख्या बाक्लो रुपमा गुड्ने गरेको छ । चाडबाँडको समयमा घर फर्किनेको संख्या धेरै हुदाँ एकैदिनमा दुईपटक समेत सवारीसाधन ओहोरदोहोर हुने गर्दछ । यात्रु ओसार्ने दौडधुपका कारण दु र्घट्नाको संभावना बढेर जान्छ ।
तसर्थ, यी सबै पक्षलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय लगायत जिम्मेवार निकायले सडक दु र्घट्नाको जाखिम न्युनिकरणमा विशेष कदम चाल्न जरुरी छ । अतः दशैँको समयमा दु र्घट्नाको संभावना निकै बढि हुने हुदाँ सम्बन्धित निकायले सडक दु र्घट्ना न्युनिकरण गर्न आवश्यक कदम चाल्न जरुरी छ ।