सिन्धुली,१६ असोज – ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरूले बताएका छन् ।
सिन्धुली जिल्लाको कतिपय ग्रामीण क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध न हुने अवस्थामा अनलाइन शिक्षा प्र भावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गु नासो छ ।
तीनपाटन गाँउपालिका–८ बाहुनतिल्पुङ घर भई सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी शुक्रबहादुर मगरले आफू अनलाइन शिक्षा लिन सक्ने अवस्थामा नभएको बताउनुभयो ।
“कोरोना सं क्रमणको जो खिम भएको भन्दै सरकारले ल कडाउन गरेपछि म घरमा आएर बसेको छु, यहाँ फोन गर्नका लागि त नेपाल टेलिकमको मोबाइलमा राम्रोसँग नेटवर्क आउँदैन”, उहाँले भन्नुभयो, “यस्तो ठाउँमा अनलाइन शिक्षा कसरी प्रभावकारी हुन्छ ?”
घरमा आएर बसेपछि आफूसँग भएको किताब पढ्नबाहेक आफ्ना शिक्षक तथा साथीहरूसँग छलफल गर्नसमेत नपाएको मगरले गुनासो छ । “मोबाइलको नेटवर्कले राम्रोसँग काम गर्ने अवस्थामा त अनलाइन शिक्षा प्रभावकारी नै होला”, उहाँले भन्नुभयो, “तर फोन गर्नका लागि नेटवर्क खोज्दै हिँड्नुपर्ने हाम्रोजस्तो ठाउँमा अनलाइन शिक्षा प्रभावकारी हुँदैन ।” वैकल्पिक रूपमा अनलाइन शिक्षा प्रदान गर्ने हो भने सरकारले मोबाइल प्रदायकहरूलाई आफ्नो नेटकर्वको गुणस्तर वृद्धिमा ध्यान दिन निर्देशन दिनुपर्ने उहाँको भनाइ छ ।
गोलन्जोर गाँउपालिका–५स्थित जनता मावि खनियाखर्कका प्रधानाध्यापक सुमन कोईरालाले संस्थागत विद्यालय तथा शहर केन्द्रित शैक्षिक संस्था र विद्यार्थीका लागि अनलाइन शिक्षा वैकल्पिक शिक्षा प्रणाली हुनसक्ने भए पनि आम नेपाली विद्यार्थीका लागि यो मात्रै सम्भव नभएको बताउनुभयो । “कोभिड–१९ ले ल्याएको अप्ठ्यारो अवस्थामा खोजिएको वैकल्पिक उपाय हो, अनलाइन शिक्षा”, उहाँले भन्नुभयो, “वर्तमान परिवेश अनि नेपालको सामाजिक÷आर्थिक अवस्था र आधुनिकतासँगै उनीहरूमा आउनुपर्ने छिटोछरितो इन्टरनेट पहुँच कमजोर अवस्थामा देखिन्छ ।”
सामान्य रूपमा सामाजिक सञ्जाल चलाउनका लागि गाउँघरसम्म नेटवर्कको पहुँच पुगेको भए पनि व्यवस्थित, नियमित र औपचारिक कार्यक्रमका लागि अहिलेको नेटकर्वले शत्प्रतिशत परिणाम नदिने उहाँको भनाइ छ । शैक्षिक संस्था सञ्चालन गर्ने अन्य उपाय नदेखेपछि अनलाइन शिक्षालाई बाध्यकारी अवस्थाको औपचारिकता बनाउन खोजिएको सरोकारवालाको भनाइ छ ।
अनलाइन शिक्षासँगै गाउँ र टोलमा पुगेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको प्रधानाध्यापक कोईरालाले बताउनुभयो । “अनलाइन शिक्षा तथा दूर शिक्षाअन्तर्गत टेलभिजन, रेडियोमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र गाउँटोलका विद्यार्थीलाई समावेश गराउन सकियो भने प्रभावकारी हुनसक्छ”, उहाँले भन्नुभयो, “सहरी क्षेत्र जहाँ ईन्टरनेटको पँहुच पुगेको छ, त्यहाँ प्रभावकारी होला । भनेको बेला फोन समेत नलाग्ने ठाँउमा अनलाईन शिक्षाको प्रभावकारीता देखिदैन ।”
ग्रामीण क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुले होमवर्क प्याकेज दिएर, सामाजिक दुर िकायम गरी टोल टोलमा शिक्षक आफै गएर स्वास्थ्य विधि अप्नाएर पढाई रहेको पनि उहाँले सुनाउनुभयो ।
आफ्ना विद्यार्थीहरूलाई अनलाइन शिक्षामा सहभागी गराउन असमर्थ भएको अधिकांश अभिभावकहरूको भनाइ छ । सोही ठाँउका अभिभावक अस्तबहादुर मगरले ग्रामीण क्षेत्रमा मोबाइलको नेटवर्क कमजोर भएको भन्दै क्षमता विस्तार गर्नुपर्ने बताउनुभयो । “विदेशमा भएका आफन्तहरूसँग फोनमा कुरा गर्नसमेत बाटो तथा खुला चौरमा निस्कनुपर्ने अवस्था छ”, उहाँको प्रश्न छ, “यस्तो ठाउँमा अनलाइन शिक्षामार्फत विद्यार्थीले कसरी पढ्न सक्लान् ?”
अनलाइन शिक्षालाई वैकल्पिक बनाउनका लागि ग्रामीण क्षेत्रमा मोबाइलको नेटवर्क विस्तारमा ध्यान दिनुपर्ने मगरले बताउनुभयो । सबै ठाउँमा सहज रूपमा मोबाइल नेटवर्क विस्तार भएपछि विद्यार्थीहरूले समेत अनलाइनमार्फत पठ्दा सहज हुने उहाँले भनाइ छ ।