सिन्धुली,१५ असोज – अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा कमलामाई नगरपालिकाले बिहिबार सय बर्ष उमेर नागेका दु दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
कमलामाई नगरपालिका–५ सिलामेका सय बर्ष उमेर नागेका दुई जना महिलालाई जनही नगद एक हजार पाँच सय रुपैया, टर्च, हर्लिक्स, छाता, गम्छा र ब्लाङकेट प्रदान गरी सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका सूचना अधिकारी निर्मल लामाका अनुसार अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस अक्टोबर १, २०२० को अबसरमा नगरक्षेत्रमा रहेका एक सय बर्ष उमेर नागेका २० जना जेष्ठ नागरिकलाई सम्मान गर्ने योजना नगरपालिको रहेको छ । प्रतिव्यक्ति जनही पाँच हजार ५५० रुपिया बराबरको नगद एक हजार पाँच सय रुपैया सहित टर्च, हर्लिक्स, छाता, गम्छा र ब्लाङकेट प्रदान गरी सम्मान गरिने छ ।
यि जेष्ठ नागरिकलाई सम्बन्धित वडामा गई सम्ममान गरिने उहाँले बताउनुभयो । सिलामेमा ती जेष्ठ नागरिकलाई मेयर खड्गबहादुर खत्रीले सम्मान गर्नु भएको उहाँले जानकारी दिनुभयो ।
सो अबसरमा उप मेयर मञ्जु देवकोटा, वडा अध्यक्ष पूर्णबहादुर खड्का, प्रमुख प्रशासकिय अधिकृत बिसक्सेन ढकाल लगायतको उपस्थिती रहेको नगरपालिकाले जनाएको छ ।