शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

नयाँ घरमा रमाउदै मु सहर परिवार

बुधवार , आश्विन १४, २०७७

पत्रिङगा(सिन्धुली),१४ असोज – दुधौली नगरपालिका–११ पत्रिङगाका ७० वर्षीय शुक्र सदा मुसहरको दैनिकी दुई सातादेखि चिटिक्क परेको नयाँ घरमा बित्दै आएको छ । उहाँ बेलाबेलामा नयाँ घरलाई हेरि रहनु हुन्छ । दुइ वटा ढोका, झ्याल उत्तिक्कै र जस्ताको लहरै बनेको घर उहाँले त्यत्तिकै हेर्नु भएको होईन । झुपडीबाट महलको जीवन पाउदा उहाँ दङग पर्नु भएको हो ।

बृद्ध शुक्रको जीवनको उत्तरार्दमा पक्की घरमा बस्ने सपना पुरा भएको छ । छा प्रोमा बसेर गु जरा चलि रहेको उहाँको परिवार नै यतिखेर चिटिक्क परेको नयाँ पक्कि घरमा रमाई रहेका छन् । ‘मेरो भाग्यमा यतिखेर आएर पक्की घरमा सर्न लेखिएको रहेछ, यो बुढसकालसम्म नै छाप्रोमा बसेर बिताइयो,’ उहाँले भन्नुभयो, ‘कल्पना पक्की घरको थियो, तर आशा मारि सकेको थिए । अहिले पाईयो ढुक्क छु ।’

उहाँका तीन छोरीहरु त्यही छाप्रो घरबाट विहावारी भएर गए । श्रीमती काली मुसरस“ग अब नया“ घरमा बा“की जीवन बिताउने उहाँको उदेश्य छ । ‘अब त छोरी, ज्वाइ र नाती नातीनाहरु आउ“दा पनि पक्की घरमा बस्ने पाउने भए,’ छेउमै बस्नु भएकी काली मुसहरले लय मिलाउदै थप्नुभयो, ‘यसपालीको चाडहरु स्वर्गमा नै मनाइने भइयो ।’

सिन्धुलीको दुधौली नगरपालिकामा रहेका मुसहरहरुका लागि एकिकृत नमूना वस्ती निर्माण भइ दुई साताअघि सा“चो हस्तातरण भई सकेको छ । पत्रिङगामा निर्माण भएको नमूना वस्ती ४२ घरमध्ये एउटा शुक्रले पाउनु भएको छ । शुक्र जस्तै खुसी हुनेमा फगुवा मुसहर पनि हुनुहुन्छ । उहाँले आफ्नो फुर्सदको समय त्यहि नवनिर्मित मुसहर वस्तीमा घर निर्माण गर्दा श्रमदान गरेर खर्चिनु भएको थियो ।

‘पैसाको सहयोग पो गर्न सकिदैन्, आफ्नै लागि बनेको घरहरुमा लाए अ¥हाएको काम त गर्नु परो नी,’ उहाँले भन्नुभयो, ‘यस्तो एकै लहरमा बनेको पक्की घरमा बस्न पाउने कल्पना पनि गरेका थिएनौं, तर सरकार दैव भैदीयो ।’ उहाँस“गै श्रमदानमा जुट्नु भएका श्रद्धा सदा मुसहर पनि कम्ती रौसिनु भएको छैन ।

आ धी हु री आउदा कतिपटक छा प्रो उ डाएर खुला आकाशमुनी बस्नु परेको उहाँले बि लौना गर्नुभयो । श्रद्धा सदाले भन्नुभयो, ‘छा प्रोमा हुदा वि षालु स र्पको टो काइबाट धेरै आफन्तले ज्या न गु माएको पी डा त छँदैछ । कहिलो बा ढीको त्रा स, कहिले स र्पले टो क्ला भन्ने पि र थियो । अहिले सबै स मस्याबाट मुक्ति पाईयो ।’ बल्ल अव मान्छेको जीवन बा च्न पाइने भएको भन्दै मुसहर समुदाय दंग छन् ।

दुधौली नगरपालिकाको आठ वटा वडामा तीनसय ५५ घर मुसहर समुदायका लागि निर्माण भई असोज २ गते हस्तान्तरण गरि सकिएको छ । बागमती प्रदेस सरकारको जनता आबास कार्यक्रम अन्तर्गत मुसहर समुदायका ती भवन शहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण गरि दिएको हो । एकिकृत वस्तीका भवनअरु वडा नं. ४, ५, ६, ७, ९ १० र ११ मा निर्माण गरी सम्बन्धित परिवारलाई साँचो हस्तान्तरण गरि सकेको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रङगिन जस्तापाताले लहरै बनेका घरले मुसहरको नमूना वस्ती यतिखेर उज्यालिएको छ । ती सबै भवन निर्माण दुइवर्ष अघिदेखि थालिएका हुन् । पटक–पटक गरि १० करोड ६५ लाख भवन कार्यालय मार्फत खर्च गरि निर्माण सम्पन्न भएको कार्यालय प्रमुख घिमिरले बताउनुभयो ।

उहाँका अनुसार दुधौली नगरपालिकामा ५९५ मुसहरहरुको घर निर्माण गर्ने लक्षका साथ नापी नक्सांकन भएकोमा तीनसय ५५ घर पहिलो चरणमा निर्माण सम्पन्न भएका हुन् ।

मुसहरहरुको जीवन स्तर उकास्नको लागि प्रदेश सरकारले गरेको लगानीमा आफुहरु पनि समाहित भएर भवन निर्माण सम्पन्न भएको दुधौली नगरपालिकाका नगरप्रमुख घनश्याम राउतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छा प्रे जीवनबाट पक्की घरमा ल्याउन सफल भएका छौं । अव मुसहरहरुलाइ आय–आर्जनको काममा लगाइने छ ।’

प्रतिक्रिया