तीनकन्या (सिन्धुली),१४ असोज – गत बैशाख महिनामा परेको असिनापानीले भर्खरका जुनारका चिचिला झा र्दै चि न्तित बन्नु भएका तीनकन्या निवासी जुनार किसान लोकबहादुर आलेमगरको मन अहिले शान्त हुदै गएको छ ।
गोलन्जोर गाँउपालिका–४ तीनकन्या निवासी किसान आलेमगरले भन्नुभयो, “बैशाख महिनाको पहिलो सातामा दुई पटक अ सिना पानी परेको थियो । अ सिना पानीले जुनारका भर्खरका चिचिला सखा पै पारेर बोटबाट झा र्दा आम्दानी शुन्य नै बन्ने भयो भनेर निकै पि र परेको थियो । अ सिना पानीबाट बँचेको चिचिला अहिले राम्रोसँग सप्रिएर फल लागेको छ ।”
“अहिले बोटमा फल हेर्दा उत्पादन गत बर्षको भन्दा बढ्ने नै देखिएको छ,” उहाँले भन्नुभयो, “अ सिना पानीले कुँ डिएको मन अहिले आएर जुनारका दानाले शान्त भएको छ । समग्रमा जुनार उत्पादन ग बर्षभन्दा यो बर्ष झण्डै २० प्रतिशतसम्म बढ्ने छाँट् देखिएको छ ।” उहाँले गत बर्ष मात्रै आफ्नो बगैचामा फलेको जुनार बिक्री गरी नौ लाख रुपैया आम्दानी लिएको सुनाउनुभयो ।
१८ रोपनी जमिनमा गरेको जुनार खेतीबाट एक सिजनमा उक्त आम्दानी लिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “झण्डै पाँच सय बोटमा फलेको जुनार मङसिरदेखि फागुनसम्म बेचेर नौ लाख रुपैया जती आम्दानी लिए । राम्रो आम्दानी लिन सफल भएकोले यो बर्ष फेरी चार रोपनी जमिन किनेर जुनार खेती बिस्तार गरेको छु ।”
सोही ठाँउका अर्का जुनार किसान जितबहादुर ठकुरीले पनि बर्सेनि जुनार बिक्रि गरी चार लाख रुपैयाभन्दा बढी नै आम्दानी लिदै आउनु भएको छ । २०३८ सालदेखि जुनार खेती गर्दै आउनु भएका ठकुरीले नौ रोपनी जमिनमा जुनार खेती गर्नु भएको छ । अहिले बगैचामा २५० बोट जुनार रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अ सिना पानीले हि र्काउदा सबै जुनारका चि चिला झा रेको जस्तो लागेको थियो । सोचे जस्तो रहेन छ, बोटमा बसेका चिचिला अहिले राम्रो दाना लागेको छ ।” जुनारको फलमा देखिएको किरा नि यन्त्रणका लागि प्रोटिन बेट बि षादी पनि १० हप्तासम्म छिर्किएकोले यो बर्ष उत्पादन बढ्ने देखिएको उहाँले बताउनुभयो ।
त्यसो त किसान ठकुरीले सुख्खा मौसममा जुनारमा सिंचाई गर्न यो बर्ष दुई लाख रुपैया खर्च गरी सिंचाई पोखरी समेत बनाउनु भएको छ । जुनार किसान ठकुरीले भन्नुभयो, “पाँच बाई चार क्षमता र एक मिटर उचाईको २० हजार लिटर पानी सङकलन गर्ने पक्कि पोखरी बनाएको छु ।” सिंचाईको अभावमा लामो खडेरी जाँदा सुख्खा मौसमा जुनारका बिरुवा मर्ने भएकोले सिंचाई पोखरी निर्माणसँगै धेरै सजिलो भएको उहाँको ठम्याई छ ।
यो वर्ष जुनार उत्पादन बढ्ने भएपछि किसानहरु उत्साहित भएका छन् । असिना पानीपछि मौसमले साथ दिएको जुनार खेतीमा संलग्न किसानको भनाई पाईन्छ । ‘धेरै किसानले जीविकाको आधार नै जुनार खेती बनाएका छन्, जुनार किसान आलेमगरले भन्नुभयोे, “सिजनमा जुनार पाकेर बँगैचा नै पँहेलपुरमय हुन्छ ।” प्रायः अधिकांस जुनारको बगैचामा यातायातको पँहुच पुगेकोले व्यापारी पनि जुनार खरिद गर्न बगैचामा पुग्ने भएकाले किसानलाई जुनार बिक्रि गर्न कुनै समस्या नभएको उहाँले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार गत बर्ष बीपी राजमार्ग नजिकका किसानले बगैंचाबाटै प्रति केजी ६५ रुपैयासम्म मूल्य पाएका थिए । त्यो भन्दा १० किलोमिटर टाढाका किसानले ५५ रुपैयासम्म मूल्य पाए ।’ पछिल्लो समयमा गाँउ गाँउमा पुगेको कृषि सडकका कारण जुनारको बजार निकै सहज बनेको स्थानीयको भनाई छ ।
कोदो र मकै बालीमात्र फल्ने पाखो बारीमा गरिएको जुनार खेतीबाट आकर्षक आम्दानी लिन पाईने भएपछि किसानको रोजाईमा जुनार खेती पर्दै गएको छ । कोदो र मकै मात्र फलाएर वार्षिक करिब पाँच हजार रुपैया आम्दानी लिने गरेको पाखो बारीमा गरिएको जुनार खेतीबाट एकै सिजनमा एक लाख रुपैयाभन्दा बढी आम्दानी लिन पाईने किसानहरु अनुभव सुनाउछन् ।
जुनार सुपर जोनका प्रमुख देवराज अधिकारीका अनुसार सिन्धुली जिल्लामा यो बर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत बर्ष जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको छ । क्षेत्रगत किरान नियन्त्रण अभियानका कारण जुनार खेतीमा किराको प्रकोप कम हुदै गएकाले जुनार उत्पादन पनि राम्रो भएको उहाँको भनाई छ ।
जुनार सुपर जोनका अनुसार जिल्लामा स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा लगायतका ठाँउ जुनार खेतिका लागि पकेट क्षेत्र रुपमा रहेका छन् ।
जुनारमा सरकारी र गैर–सरकारी अनुदान समेत प्राप्त हुने भएकाले पछिल्लो समय किसानहरु जुनार खेतीतर्फ नै बढि आकर्षित हुदै गएका छन् । सिन्धुलीमा गत बर्ष उत्पादन भएको जुनारबाट किसानहरुले झण्डै ४० करोड रुपैया भित्र्याएको जुनार केन्द्रिय सहकारी सङघले जनाएको छ । सहकारीका अनुसार गत बर्ष उत्पादन भएको जुनार मध्ये साढे सात हजार मेट्रिक्टन जुनार जिल्ला बाहिर गएको थियो ।
जिल्लामा उत्पादित जुनार राजधानी काठमाण्डौ सहित देशका विभिन्न शहरमा निर्यात हुने गरेको छ । बढि मात्रामा कोसेलीको रुपमा सिन्धुलीको जुनार खपत हुदै आएको छ । जुनारको सिजनमा सिन्धुलीमा बस्ने मानिसले बाहिर अन्य ठाँउ बस्ने आफन्तलाई कोसेली स्वरुप जुनार पठाउने चलन रहेको सदरमुकाम निवासी उपभोक्ता सन्तोष दाहाल बताउनुहन्छ ।
बोट बीरुवाको काँटछाटदेखि लिएर फल टिप्ने र यातायातको साधनसम्म ढुवानी गर्दा सयौंको संख्यामा स्थानीय व्यक्तिले रोजगारी समेत पाउद छन् । ‘एउटैको भन्दा पनि पालैपालो जुनार टिप्ने हुदा मजदुरी गर्नेले खाली बस्नु पर्दैन’, जुनार किसान ठकुरीले भन्नुभयो ।