शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

गाँउको विद्यालय ह टाएपछि पढाईमा बालबालिकालाई सा स्ती

आइतवार , आश्विन ४, २०७७

सिन्धुली,४ असोज – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८ धाप्सार बेसारेका बालबालिकाले गाँउको विद्यालयलाई मर्ज गरी टा ढा पु र्‍याईएपछि पढाईका लागि सा स्ती व्य होर्न बाँ ध्य भएका छन् ।

कमलामाई नगरपालिकाले उक्त गाँउमा भएको प्रावि धाप्सार बेसारेलाई विद्यार्थी संख्या नभएको भन्दै नजिकको अर्को विद्यालयमा गाभे (मर्ज) पछि भर्खरका बालबालिका पढाईका लागि एक घण्टा भन्दा ब ढी हि ड्नु परेको स्थानीय अभिभावकको गु नासो छ ।

प्रावि धाप्सार बेसारेका व्यवस्थापन समिति अध्यक्ष धनलाल स्याङबाले स्थानीय अभिभावकलाई थाहै नदिई उक्त विद्यालयलाई नजिकैको अर्को ५ नम्बर वडामा रहेको मावि सिलामेमा गाभेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “२०४७ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा तीनसम्मको पढाई हुदै आएको छ । प्रत्येक बर्ष ३० जना भन्दा बढी बालबालिका भर्ना भई पढ्दै आएका थिए ।”

“तीन कक्षासम्म पढ्ने विद्यार्थीको उमेर कती हुन्छ ? आफै कल्पना गर्नुस !”, विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वाङबाले भन्नुभयो, “भर्खरका कलिला बालबालिका बाटोमा भएका खोलानाला तर्दै घा मपानीमा एक घ ण्टाभन्दा बढी समय पै दल हिडेर त्यती टा ढा कसरी पढ्न जान्छन ? हामीलाई थाहै नदिई विद्यालयलाई अन्तै पु र्‍याईयो ।”

विद्यालय हटाएको बिरोधमा स्थानीय अभिभावक र बालबालिकाले आईतबार १० बजेपछि एक घण्टा भन्दा बढी कमलामाई नगरपालिकामा ध र्ना बसेर बिरोध जनाएको उहाँले सुनाउनुभयो ।

यता कमलामाई नगरपालिकाले भने विद्यार्थी संख्या न्युन भएका विद्यालयलाई नजिकको अर्को विद्यालयमा मर्ज गरिएको जनाएको छ । नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले पनि जहाँ न्युनतम पनि विद्यार्थी छैनन, त्यस्ता विद्यालय मर्ज गरेको बताउनुभयो ।

नगरपालिकाका अनुसार असार १ गतेको कार्यपालिकाको बैठकले उक्त विद्यालय सहित २४ वटा विद्यालय मर्ज गरेका हो । अन्य ११ वटा विद्यालयको पनि तह घटुवा गरिएको छ । नगरपालिकाका १४ वटै वडामा गरी १०५ वटा सामुदायिक विद्यालय रहेकोमा मर्जपछि ८१ वटा विद्यालय कायम गरिएको छ ।

विद्यालयको पठनपाठन र भौतिक अवस्थालाई व्यवस्थित बनाउन यस्तो निर्णय गरेको मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । विद्यार्थीलाई आधा घण्टाभन्दा बढी हिड्नु नपर्ने गरी विद्यालय नजिकको अर्को विद्यालयमा मर्ज गरिएको बताईएको छ ।

प्रतिक्रिया