शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

प्रविधिले मा स्यो बालापनका रैथाने खेल

आइतवार , आश्विन ४, २०७७

सिन्धुली,४ असोज – कमलामाई नगरपालिका–३ निवासी ७८ बर्षिय देबीप्रसाद सिग्देलले आफ्नो बालापन कबड्डी, डण्डीबियो र कपडाका टालाहरु बटुलेर बनाएको भकुण्डो खेलेर बिताउनुभयो ।

आफू जान्ने भएदेखि १६/१७ वर्षको उमेरसम्म त्यतिबेलाका केटाकेटी साथीहरुसंग डण्डीबियो, कबड्डी, गुच्चा, खोप्पी, पिचकारी, हाइजम्प र कपडाका टालाहरु बटुलेर बनाएको भकुण्डो खेलेर आफ्नो बालापन बिताएको सम्झिनु हुन्छ ।

त्यसैगरी दशैं–तिहारको समयमा लिङ्गे पिङ, रो गटे पिङ खेलेर खुब रमाउने गरेको सम्झदै सिग्देल भन्नुहुन्छ, “अहिले ती सबै खेलहरु लोप भैसके, प्रविधिको बढ्दो प्रयोगले बालापनका रैथाने खेलहरु नास्यो, खुला आकाशमुनि रमाउँदै बालापन विताउनु पर्ने बालबालिकाहरु अचेल बन्द कोठाभित्र मोवाइल र इण्टरनेटमा खु म्चिएका छन् ।”

उहाँले थप्नुभयो, “अहिले त गाउँ शहर सबैतिरका केटाकेटीको हातमा मोबाइल । शारीरिक रूपमा खेलिने खेलहरूमा चा सो छैन, अहिलेको पुस्तालाई । ती खेलहरुले शारीरिकलाई त न्दुरुस्ती बनाउन समेत सहयोग गथ्र्यो । ”

उहाँकै शब्दमा, “अहिलेका बालबालिकालाई पुराना हाम्रापालाका खेल मनोरञ्जनको कुरा गर्यो भने ओ ठ लेप्र्याउछ्न । समूहगत रुपमा खेलिने खेलको मज्जानै बेग्लै । घासदाउरा, गोठालो जाँदा खेलिने खेलको मज्जा अनि रमाइलो अहिलेका बालबालिकाले कहाँ चा ख्न पाएका छन् र ?”

बृद्ध व्यक्तिहरुका अनुसार खेलकुद र वास्तविक मनोरञ्जन लिनबाट सं कुचित बनेका छन् अहिलेका बालबालिका । आँखाछोपी, छोइडुम, खोलाको डिलमा खेलिने चिप्लेटी जस्ता खेलहरुलाई मोबाइलका गेमहरुले क ब्जा गरिदिए ।

कमलामाई नगरपालिका–४ मल्लागाँउ निवासी ८४ बर्षिय रामबहादुर कार्कीको बालापन पनि चपौलीको रमिते पाखामा लड्दै, कुद्दै र साथीहरुसंग डण्डिवियो, कपर्दी, हाइजम्प, लङजम्प खेल्दै वित्यो । उहाँपछि चपौलीबाट सदरमुकाम सिन्धुलीमाढी बसाँई आउनु भएको हो ।

“रैथाने खेलहरुले मनोरञ्जन मात्रै होइन श रीरमा स्फुर्ति पनि आउँछ, शरीर सुगठित हुनुका साथै मष्तिस्कलाई सकारात्मक प्र भाव पार्नेहुँदा स्मरण शक्ति पनि तेज हुन्छ,” उहाँले भन्नुभयो, “आजकल केटाकेटीहरु परम्परागत खेल होइन कम्प्यूटर र ल्यापटपमा गेम खेल्छन्, त्यसबाट उनीहरुमा नो क्सानी बाहेक अरु केही हुँदैन ।”

आफ्नो बालापनमा रैथाने खेलबाट मज्जा लिएका जेष्ठ नागरिक लोप हुँदै गएका यस्ता रैथाने खेलहरू संरक्षण गर्नुपर्ने बताउछन् । यस्ता खेलहरू विभिन्न चाड अथवा अवसर पारेर स्थानीय स्तरमा खेलाउन सके तिनको संरक्षण हुने र पुर्खाले कस्ता खेल खेल्दथे भन्ने जानकारी पछिल्ला पुस्तालाई सजिलै दिन सकिने मल्लागाँउ निवासी तीनै बृद्ध कार्कीको धारणा छ ।

सिन्धुलीमा मात्रै होइन प्रविधिको बढ्दो प्रयोगले नेपालका सम्पूर्ण ठाउँका बालबालिकाहरुले आफ्नो बालापन प्रविधिमा मात्रै साघुर्याउन थालेपछि अभिभावकहरु चिन्तित हुन थालेका छन् । अहिलेका बालबालिकाहरुलाई टोपी लुकाइ, आँखा छोपेर मान्छे चिन्ने, गोबर लठ्ठी, डण्डी बिँयो, कपर्दी, आदि खेलहरु कस्ता हुन्छन् ? कुनै जानकारी नै छैन ।

“बाल्यकाल खेल्ने कुद्ने, शारीरिक तथा मानसिक विकास गर्ने समय हो” स्थानीय बृद्ध व्यक्तिहरु भन्दछन्, “तर अहिलेका बालबालिकाहरुलाई बाहिर साथीहरु भेला भएर खेलिने खेलहरुमा रुचि नै छैन, उनीहरु जतिबेला पनि कम्प्यूटर, ल्यापटप र मोवाइलमा रमाइरहेका देखिन्छन्, यसले उनीहरु शारीरिक रुपमा अ स्वस्थ हुनेमात्रै होइन मानसिकरुपमा पनि विचलित हुने स मस्या रहन्छ ।”

अभिभावकले बच्चालाई पर्याप्त समय दिनेभन्दा अलमल्याउने सजिलो उपायका रूपमा मोबाइल, ट्याब लगायतका वस्तु दिने गरेका छन् । जसले गर्दा समयक्रममा ‘डिजिटल एडिक्सन’ का कारण उनीहरूमा विभिन्न शारीरिक र मानसिक समस्या बढिरहेको मनोविद्हरू औंल्याउँछन् । डिजिटल वस्तुतिर एकोहोरिंदा बालबालिकाहरू अ सामाजिक बनिरहेको पनि उनीहरूको चि न्ता छ ।

अभिभावकले आफ्ना छोराछोरीलाई खुसी बनाउने नाउँमा मोबाइल, ट्याब लगायतका साधनहरु दिनुको साटो उनीहरुसंग शारीरिक खेलहरु खेल्ने, परम्परागत खेल र तीनका माध्यमहरुबारे जानकारी गराउने, सामुहिक रुपमा खेलिने खेलहरु खेल्न लगाउने गरेमा उनीहरुमा पनि ती खेलहरुप्रति रुचि बढ्ने स्वास्थ्यकर्मी न बराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया