सिन्धुली,३ असोज – सिन्धुली जिल्लामा पछिल्लो सयमा आधुनिकतासँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले ग्रामीण क्षेत्रमा रहेका रैथाने प्रविधि ह राउदै गएका छन् ।
अ तिक्रमणले परम्परागत घरेलु मेसिनहरू ह राउँदै मात्र छैनन्, ग्रामीण पहिचान मे टिंदै गएको छ । यसप्रति स्थानीय समुदाय सचेत भएको पाइँदैन भने सम्बन्धित निकायहरू भने मौन रहेको अवस्था छ ।
स्थानीयका अनुसार उखु पे लेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौँ भइसकेको छ । अघिल्लो पुस्तासम्ममा ऊखु, अमिलो र तोरी पे ल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनको रूपमा रहेको कोलको अस्तित्व पूर्णरूपमा समाप्त भएको छ । यसका ठाउँमा नयाँ मेसिनहरूको प्रयोग हुन थालेका छन ।
धान क ुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाईने सुनकोसी गाँउपालिका ७ मझुवा निवासी रिता राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वर्षामा ओढ्ने घुमको ठाउँ अहिले प्लाष्टिक, छाताले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । ”
एक दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु सामानको प्रयोग विस्तारै लोप हुन थालेकोमा स्थानीयहरु चिन्ता व्यक्त गर्न थालेका छन । आधुनिक मेसिनहरू छिटो र सजिलो भएपनि यसमा उत्तिकै जोखिम हुनुको साथै सबैको पहुँचमा नहुनु, ठूलो धनराशि विदेशिनु, गुणस्तरीय नहुनेजस्ता समस्याहरू रहेको स्थानीयहरु बताउछन ।
‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ’ दुधौली नगरपालिका–२ का नरनाथ पहाडी भन्नुहुन्छ, “घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महङ्गो एवम् खर्चिलो छ ।” लो प हँुदै गइरहेका यी मेसिनको संरक्षण र प्रबद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने उहाँको सुझाव छ ।
परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हँुदै गएपछि मौलिक संस्कृति समेत प्रभावित भएकोमा यस क्षेत्रका सांस्कृतिक प्रेमीहरू चि न्तित बनेका छन् । घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याती कमाएको लोकबाजाहरू खैंजडी, मादल, डम्फू, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अ पाङ्ग बन्दै गएको स्थानीयको गु नासो पाइन्छ ।