शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

राष्ट्रपतिबाट उज्वलविक्रम थापा 'समाजसेवा रत्न'बाट विभूषित

शनिवार , आश्विन ३, २०७७

काठमाडौं ३ असोज– संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी उज्वल विक्रम थापालाई समाजसेवा रत्न अलङ्कारबाट विभूषित प्रदान गरेका छन ।

ग रिब, दुःखी, बि रामी, असहायको सेवामा थापाले पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपति भण्डारीले सो अलङ्कारबाट विभूषित गरिएको हो ।

संविधान दिवसको अवसरमा उनलाई सो पदकबाट विभूषित गरिएको जारी सूचनामा जनाइएको छ ।

समाजसेवी थापाले विगत एक दशकभन्दा लामो समयदेखि समाजसेवा गर्दै आएका थिए । उनले पछिल्लो छ वर्षयता ते जा ब आ क्र म ण पी डितको उ द्दार, उ पचार र कानुनी सहायताका साथै जी विकोपार्जनमा समेत उल्लेख्य योगदान दिएका छन् ।

ते जाब आ क्रमणको वि रुद्ध स शक्त आवाज उठाउँदै आएका थापाको अभियानले सार्थकता पाउँदै गर्दा राष्ट्रपतिबाट यो पदक प्राप्त भएको हो ।

ते जाब आ क्रमणविरुद्धको अभियानमा उनले उठाएका मु द्दा सरकारले सम्बोधन गरेको छ । ते जाब आ क्रमण गर्नेलाई स शक्त का रवाही गर्न नयाँ ऐन समेत बनाउने अन्तिम तयारीमा सरकार पुगेको छ ।

उनकै पहलमा ते जाब आ क्रमणमा परेका पीडितहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते सामूहिक रुपमा छलफल गर्दै नयाँ कानुन बनाउन निर्देशन दिएका थिए । सरकारले भदौ २५ गतेलाई तेजाब आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने समेत निर्णय गरिसकेको छ ।

सिन्धुली स्थायी घर भएका थापाले सिन्धुलीका सयौं बि रामीको उ पचारमा सघाएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि शिक्षाको व्यवस्था मिलाइदिएका छन् ।

भूकम्पको महाविपत्तिका बेला सिन्धुलीमा सबैभन्दा धेरै राहत सामग्री पहिलोपटक भित्र्याउने उनै थापा थिए । त्यस्तै, उनले भूकम्पपछि पुनर्निर्माण अभियानमा हजारभन्दा बढी घरटहरा बनाएर सिन्धुलीबासीलाई गुण लगाएका छन् ।

पछिल्लो समय उनले देशमा मात्र नभएर भारतमा तेजाब आक्रमणमा परेकी पवित्रा कार्कीलाई १५ लाखबढी भारु सहयोग संकलन गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य थापा समाजसेवाका बेला कुनै पनि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने असल व्यक्तिमध्येमा पर्दछन् ।

प्रतिक्रिया