शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

समृद्धीको यात्रा सरकारको मिसन : मुख्य मन्त्री पौडेल

शनिवार , आश्विन ३, २०७७

दुधौली (सिन्धुली),३ असोज – बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले समृद्धीको यात्रा सरकारको मिसन भएको बताउनु भएको छ ।

बागमती प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–११ पत्रिंगामा मु सहर समुदायका लागि निर्माण गरिएको ‘एकिकृत नमूना मु सहर बस्ति’ को नयाँ भवनहरुको उद्घाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । संविधान दिवसको सन्दर्भ परेर उक्त भवन हस्तान्तरण गरिएको उहाँको भनाई थियो ।

मुख्य मन्त्री पौडेलले सरकारको गौरबका योजना मध्ये बस्ति विकास कार्यक्रम पनि रहेको चर्चा गर्दै एकिकृत मुसहर बस्ति निर्माण अहिलेको संविधानको उपलब्धी भएको बताउनुभयो । “लामो सं घर्ष र ब लिदानी पछि अहिलेको संविधान जारी भएको हो,” उहाँले भन्नुभयो, “अब कुनै पनि नेपाली भो कै बस्नु पर्दैन, छा प्रो मुनी बस्नु पर्दैन, स डकमा बस्नु पर्दैन ।”

एकिकृत नमूना मु सहर बस्ति निर्माण स्थानीय सरकार, प्रदेस सरकार र सङघिय सरकारको उपलब्धि भएको उहाँको धारणा थियो । नमूना मुसहर बस्ति निर्माणसँगै त्यसमा हुनु पर्ने न्युनतम पूर्वाधार सडक, सौचालय र खानेपानीको व्यवस्था हुनु पर्ने उहाँले बताउनुभयो ।

नमूना मु सहर बस्तिको बाँकी घर निर्माण गर्न पनि बागमती प्रदेस सरकारले सहयोग गर्ने मुख्य मन्त्री पौडेलले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बागमती प्रदेस सरकारले विभिन्न जिल्लामा यस्तै विपन्न वर्गका एक हजार तीन सय घर निर्माण गरी रहेको छ । ती मध्ये सिन्धुलीको दुधौली नगरपालिकामा ३५५ म ुसहर समुदायको घर निर्माण भएर साँचो हस्तान्तरण गरिएको हो ।”

उक्त कार्यक्रममा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले दुधौली नगरपालिकामा वि पन्न म ुसहर समुदायका ७५० घर निर्माण गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा ३५५ घर निर्माण सम्पन्न भई सम्बन्धित परिवारलाई साँचो हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँले मुसहर समुदायलाई तत्काल आवासको सुविधा दिएको र अब रोजगारी दिने स्थानीय सरकारको प्राथमिकता रहेको जानकारी दिनुभयो । दुधौली नगरपालिकामा मुसहर समुदायको बाँकी ३९५ घर क्रमस बनाउदै जाने योजना रहेको मेयर राउतको भनाई थियो ।

सो अबसरमा भवन निर्माण गर्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गाप्रसाद घिमिरेले जनता आवास कार्यक्रम अन्तर्गत दुधौली नगरपालिकामा मु सहर बस्तिमा दुई बर्षअघि घर बनाउन सुरु गरेको जानकारी गराउनु भयो ।

उहाँले दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ९, १० र ११ मा मुसहर समुदायको ३५५ घर ११ करोड २२ लाख सात हजार ६५१ रुपियाको लागतमा निर्माण भएको सुनाउनुभयो । “रंगिन जस्तापाताले लहरै बनेका घरले मुशहरको नमूना वस्ती यतिखेर उज्यालिएको छ”, उहाँले भन्नुभयो, ”ती सबै भवन निर्माण दुइवर्ष अघिदेखि थालिएका हुन् ।”

कार्यालय प्रमुख घिमिरेका अनुसार दुधौली नगरपालिकामा ५९५ मुसहरहरुको घर निर्माण गर्ने लक्ष्य थियो । बा“की घरहरु बजेट प्राप्त हुनासाथ निर्माण थालनी हुने छ । प्रत्येका घरको निर्माण लागत छ लाख ३६ हजार रुपैया रहेकोमा शहरी विकास भवन डिभिजन कार्यालय मार्फत तीन लाख र स्थानीय सरकार तथा लाभग्राहीबाट तीनलाख ३६ हजार व्योहोर्ने संझौता भएको छ । तीनलाख ३६ हजार बराबरको शौचालय निर्माण, श्रमदान, खानेपानी व्यवस्थापन, लगाएतका काम भने हुन सकेको छैन् ।

हु री ब तास, आ गलागी र स र्पको त्रा स खेप्दै आएका सिन्धुलीको दुधौली नगरपालिकाका मु सहर समुदायका व्यक्ति दुई कोठे पक्कि नयाँ घरमा बस्न पाएपछि दङग परेका छन् । भर्खर नयाँ घरमा सर्नु भएकी दुधौली नगरपालिका–११ निवासी रन्जिता सदा हु री ब तास, आ गलागी र स र्पको त्रा सबाट बल्ल मु क्ति पाएको बताउनुहुन्छ ।

प्रतिक्रिया