सिन्धुली,२ असोज – सिन्धुली जिल्लाको दुई वटा स्थानीय तहमा बिहिबार प्रहरीको उ जुरी तथा गु नासो पेटिका राखिएको छ ।
सर्बसाधारणको गु नासो सुनेर प्रहरी सेवालाई चुस्त बनाउन बागमती प्रदेश प्रहरी कार्यालयको योजना अनुसार कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा उक्त पेटिका राख्न लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीका अनुसार जिल्ला प्रहरी कार्यालयमा राखिएको उ जुरी तथा गुनासो पेटिकामा प्रहरीको काम का रबाहीप्रति स र्बसाधारणको पँहुच नपुग्ने हुनाले पहिलो चरणमा नगरपालिकाको कार्यालयमा उक्त पेटिका राखिएको हो । उहाँले भन्नुभयो, “प्रहरी कार्यालयमा रहेको उजुरी तथा गु नासो पेटिकासम्म जान सर्बसाधारण ड राउछन् । त्यसैले बढी चहल पहल हुने स्थानीय तहको कार्यालयमा प्रहरीको उक्त पेटिका राखिएको हो ।”
जिल्ला प्रहरी कार्यालय सिन्धुली र स्थानीय तहको समन्वयमा ती पेटिका राखिएको उहाँले सुनाउनुभयो । उक्त उजुरी पेटिकामा परेको चिठ्ठिलाई प्रत्येक महिनाको १ गते सम्बन्धित नगरपालिकाको रोहबरमा संकलन गरी सिलबन्दि गरेर बागमती प्रदेश प्रहरी कार्यालयमा पठाईने प्रबक्ता खत्रीले बताउनुभयो । उजुरी पेटिकामा परेको उजुरी र गु नासोलाई सम्बोधन गरी प्रहरी सेवालाई चुस्त बनाउदै लगिने उहाँको भनाई छ ।
दोस्रो चरणमा सबै गाँउपालिकाका कार्यालयमा र तेस्रो चरणमा वडा कार्यालयमा पनि उ जुरी तथा गुनासो पेटिका राख्ने योजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कमलामाई नगरपालिकामा मेयर खड्ग खत्रीले दुधौली नगरपालिकामा प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीको उपस्थितिमा नगरपालिकाका मेयर घनश्याम राउतले उजुरी पेटिका उदघाटन गर्नु भएको छ ।