सिन्धुली,१ असोज – सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाको बाँध निर्माण गरिने सिन्धुली जिल्लाको सुनकोसी गाँउपालिकामा जग्गाको मूल्य निर्धारण प्रकृया सुरु भएको छ ।
सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गर्दा प्रभावित हुने डु वान क्षेत्र खाल्टे र सित्तलपाटीको जग्गाको मु आ ब्जा दिन मूल्य निर्धारण प्रक्रियामा रहेको उक्त आयोजनाले जनाएको छ । आयोजनाको फिल्ड सम्पर्क कार्यालय सिन्धुलीका अनुसार बाँध निर्माण गरिदा सुनकोसी गाँउपालिकाको वडा नं. ६ र ७ मा गरी १७० कित्ता जमिन डु वा नमा पर्दछ ।
बाँध निर्माण गर्दा डु बा न क्षेत्रमा पर्ने १० हेक्टर जमिन अ धि ग्र ह ण गर्न अहिले मूल्य निर्धारणको प्रकृयामा रहेको उक्त कार्यालयका बरिष्ठ भुगर्व जल बिज्ञ (सिनियर डिभिजनल हा इड्रोजियोलोजिस्ट) विश्वबन्धु केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ल क डाउनको बीचमा पनि आयोजनाको काम चैतदेखि नै भई रहेको थियो ।”
उक्त जग्गाको मुआब्जा निर्धारण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति गठन भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उक्त समितिले चाँडै नै जग्गाको मुआब्ज निधारण गर्न उहाँको भनाई छ ।
उक्त आयोजना अन्तर्गत विद्युत उत्पादनका लागि पा वरहाउस निर्माण गर्न कमलामाई नगरपालिका–२ कुसुमटारमा गत बर्ष नै ७५ जना स्थानीय व्यक्तिको आठ हेक्टर जग्गा अ धिग्रहण गरी मुआब्जा बितरण गरि सकेको आयोजनाले जनाएको छ । कुसुमटारमा जग्गा अ धिग्रहणको क्रममा १७ घर परिवार पूर्ण रुपमा बिस्थापित हुने आयोजनाको फिल्ड सम्पर्क कार्यालयले जनाएको छ ।
सुनकोशी–मरिण डाइभर्सन आयोजना निर्माण गर्न चालु आर्थिक बर्ष ०७७/०७८ सरकारले दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ । सरकारले गत आर्थिक वर्षमा सो आयोजनाका लागि दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । आयोजनाको गत आवदेखि नै प्रारम्भिक काम शुरु भइसकेको छ । यो बर्षका लागि विनियोजित उक्त रकम सुरुङ मार्ग निर्माण लगायतका काममा खर्च गरिने जनाइएको छ ।
बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामाएक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्याउने छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका प्रमुख सुशील आचार्यका अनुसार आयोजना निर्माण गर्न गर्नु पर्ने प्रारम्भिक चरणका सबै प्राविधिक काम सकिएको अवस्था छ ।
आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्नका लागि झण्डै ३० अर्ब रुपियाँ लाग्ने बताइएको छ ।
उक्त आयोजना अन्तर्गत सुनकोशी गाँउपालिका–६ खाल्टेमा सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी १३ दशमलब एक किलोमिटर लामो सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेटडबाट पानी झारेर २८ दशमलब ६२ मेगावाट विद्युत उत्पादन गरिने । उत्पादित विद्युत ३७ दशमलब दुई डबल स र्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत ढल्केबरमा सबस्टेशनमा जोडिने आयोजनाले जनाएको छ ।
उक्त सु रुङ मार्ग दुई बर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य रहेको जानकारी दिदै आयोजना प्रमुख आचार्यले भन्नुभयो, “सबै काम साँढे तीन बर्षभित्र सक्ने लक्ष्य छ । आयोजना अन्तर्गत सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन् ।” आयोजनाको कुल लागत अहिलेको बजार मूल्य अनुसार ४६ अर्ब रुपिया रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको मुख्य संरचनाले सिन्धुलीको सुनकोसी गाँउपालिका–६, रामेछापको खाँडादेवी गाँउपालिका–४ र मन्थली नगरपालिका–६ क्षेत्रभित्र समुन्द्री सतहदेखि ४७६ मिटर समतल र ३१२ हेक्टर ओगट्ने जलासय रहने आयोजनाले जनाएको छ । आयोजना निर्माणका क्रममा बीपी राजमार्ग नौ सय मिटर, खुर्कोट मन्थली सडक ३० मिटर, एक हजार ५८८ मिटर ग्रामीण सडक, एक दशमलब २७ किलोमिटर विद्युत प्रशारण लाईन र दुई वटा झोलुङगेपुल डु बानमा पर्ने जनाईएको छ ।
आयोजना निर्माणका लागि दैनिक सातदेखि नौ सय जना दक्ष र अद्र्धदक्ष श्रमिक आवश्यक पर्ने र ती सकेसम्म स्थानीयस्तरबाट पूर्ति गरिने बताईएको छ । आयोजनाका अनुसार उक्त आयोजना निर्माण सुरु गर्न कमलामाई नगरपालिका–२ कुसुमटारका ५० जना व्यक्तिको जग्गा अधिग्रहण कार्य सम्पन्न भई सकेको छ ।
सुनकोसी नदीमा बाधिने १२ मिटर उचाईको बाँधबाट रामेछाप र सिन्धुलीको ३१२ हेक्टर जमिन डु बानमा पर्नेछ । बाँधबाट निर्माण हुने जलाशयमा माछापालन गर्ने योजना समेत रहेको छ । डु बान क्षेत्रमा ९० प्रतिशत माझी जाति र ५३२ घरधुरी प्र भा वित हुने देखिएको आयोजनाले जनाएको छ ।