शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका चार वटा गाँउपालिका खरको छानाबाट मु क्त हुदै

बुधवार , भाद्र ३१, २०७७

सिन्धुली,३१ भदौ – बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुलीका चार वटा गाउँपालिका खरको छानोमु क्त हुने भएका छन् ।

मरिण गाँउपालिका, घ्याङलेख गाँउपालिका, फिक्कल गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकालाई बागमती प्रदेश सरकाले खरको छानोमुक्त बनाउन लागेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन मापदण्ड २०७७ अनुसार यो अभियान संचालन गरिएको मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । घरको छानो हटाउन बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रति गाँउपालिका २५ लाख रुपियाका दरले बजेट दिने भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बर्षातको समयमा खरको छानो चु हिने, आ ग ला गी, हा वा हु री र वि प द बाट जनतालाई सु रक्षित राख्न बागमती प्रदेश सरकारले उक्त अभियान चलाएको हो । “गाँउपालिका भित्र घरबाट खरको छानो हटाउन चाँडै नै स्थलगत रुपमा तथ्यांक संकलन गर्दै छौं,” गाँउपालिका अध्यक्ष बम्जनले भन्नुभयो, “खरको छानो हटाउन आवश्यक जस्तापाता निःशुल्क दिन्छौं, जस्तापाता लगाउदा लाग्ने श्रम भने सम्बन्धित घर धनी आफैले व्यहोर्नु पर्ने हुन्छ ।”

प्रदेश भरीका गाँउपालिका मध्ये मानव विकास सूचकांकमा सबैभन्दा कम अंक भएका सिन्धुलीका ४ गाउँपालिका सहित १२ गाँउपालिकालाई खरको छानामुक्त गराएर टिनको छानामा रुपान्तरण गर्ने बागमती प्रदेस सरकारले जनाएको छ ।

प्रतिक्रिया