शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीगढी यु द्ध सं ग्राहलय राख्न यु द्ध सा मा ग्री खोजिदै

मंगलवार , भाद्र ३०, २०७७

योद्धा बंशुधर थापा मगरका सन्तान तथा सिन्धुलीको साविक भद्रकाली गाविसका पूर्व अध्यक्ष हरिबहादुर थापा मगर ले सिन्धुलीगढी युद्धमा प्रयोग भएको खु डा यु द्ध स ङग्राहलयमा राख्न हस्तान्तरण गर्नु भएको भाले खुडा ।

सिन्धुली,३० भदौ – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्माणाधिन यु द्ध संग्राहलयमा राख्न यु द्धसामग्री खोजी गर्न सुरु गरिएको छ ।

नेपाली सेनाले नागरिक सहयोग अभियान अन्तर्गत सिन्धुलीगढीमा निर्माण गरिरहेको यु द्ध संग्राहलय राख्न बि.सं. १८२४ मा तत्कालिन गोर्खाली सेना र किनलोक नेतृत्व अंग्रेज सेना बीच सिन्धुलीगढी य ुद्धमा प्रयोग भएका घरेलु ह ति या र, तत्कालिन पुरातात्विक तथा ऐतिहासिक सामग्रीको खोजी सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार गत माघ महिनादेखि नेपाली सेनाले बनाउन सुरु गरेको उक्त युद्ध संग्राहलयको निर्माण कार्य सकिदै जान थालेपछि युद्ध सामग्रीको खोजी थालिएको हो । यु द्ध सामग्री खोजीका क्रममा उक्त यु द्धमा गोर्खाली सेनाले प्रयोग गरेको खु डा, त र बा र र टोपी फेला परेको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिन्धुलीगढीमा यु द्ध संग्राहलय धमाधम बनि रहेको छ, केही महिनापछि निर्माण पुरा हुदै छ । उक्त सं ग्राहलयमा राख्न सिन्धुलीगढी युद्धमा प्रयोग भएका हातहतियार अहिले तीब्रताका साथ खोजी गरि रहेका छौं ।”

यसै क्रममा साविक भद्रकाली गाविसका पूर्व अध्यक्ष तथा योद्धा बंशुधर थापा मगरका सन्तान हरिबहादुर थापा मगरले भाले खुँ डा कमलामाई नगरपालिकाका मेयर खत्री र बर्दबहादुर गणका गणपति विजय थापालाई आफ्नै घरमा हस्तान्तरण गर्नु भएको छ । उहाँले तत्कालिन य ुद्धमा प्रयोग भएको भा ले खुँ डा संग्राहलयमा राख्नका लागि हस्तान्तरण गर्नु भएको कमलामाई नगरपालिकाका मेयर खत्रीले जानकारी दिनुभयो ।

नगरपालिकाले तत्कालिन यु द्धमा सहभागि भएका स्थानीयहरुको घर घरमा युद्धकालिन सामग्रीको खोजी गर्न थालेको नगरपालिकाका सूचना अधिकारी तथा बरिष्ठ सामाजिक विकास अधिकृत सागर कुमार ढकालले बताउनुभयो । उहाँका अनुसार रतनचुराको खनियाँखर्कका स्थानीयहरुले पगरी, गैंडे ढा ल, पोथि त र बा र दिने भएका छन । नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरु भएमा संग्राहलयलाई उपलब्ध गराउन अनुरोध समेत गरेको छ । ऐतिहासिक सामग्री उपलब्ध गराउनेलाई नगरपालिकाले उचित सम्मान गर्ने भएको समेत सूचना अधिकारी ढकालले सुनाउनुभयो ।

सिन्धुलीगढीमा यु द्ध संग्राहलय निर्माण गर्न गत कात्तिक २४ गते उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले एक बिशेष सहारोह बीच शिलान्यास गर्नु भएको थियो । उक्त संग्राहलय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको छ । अहिले उक्त संग्राहलय निर्माणको काम ७० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ ।

नेपाली सेनाको पूर्व–पश्चिम एकिकरण पदमार्ग विकास गर्ने र उक्त पदमार्गमा परेका गढी तथा किल्लाको संरक्षण गर्ने अभियान अन्तर्गत सिन्धुलीगढीमा य ुद्ध संग्राहलय निर्माण सुरु गरिएको बद्र्धबहादुर गणले जनाएको छ । गणका अनुसार चार करोड १७ लाख रुपियाँ लागतमा युद्ध संग्राहलय निर्माण सुरु गरिएको हो । सुरुमा निर्माण सुरु गरेको मितिले नौ महिनाभित्र सक्ने भनिए पनि लकडाउनका कारण निर्माण कार्य प्रभावित भएको छ ।

उक्त गणका गणपति बिजय थापाले विभिन्न कारणले तोकिएको समयमा निर्माण पुरा गर्न नसकिएकाले छ महिना म्याद थप भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले छ महिना म्याद थप गरि दिएको छ । अब त्यही समयभित्र निर्माण पुरा गर्दछौं ।” उहाँले पनि कमलामाई नगरपालिका र बद्र्धबहादुर गण मिलेले सिन्धुलीगढी युद्धमा प्रयोग भएका यु द्ध सामग्री खोज्ने क्रम सुरु भएको सुनाउनुभयो ।

संग्राहलय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिएको उक्त गणले जनाएको छ । गणका अनुसार पुरानो र नयाँ मिश्रित मोडलमा संग्राहलय निर्माण भई रहेको छ । संग्राहलय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशन लगायत संग्रहित गरि राखिने छ ।

करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा ंछ कोठे एक तल्ले संग्राहलय बन्न लागेको हो । उक्त लागत स्ट्रक्चर निर्माणको मात्र हो । संग्राहलयको आन्तरिक सजावट कमलामाई नगरपालिकाको बजेटबाट गरिने उक्त गणले जनाएको छ ।

कमलामाई नगरपालिकाका अनुसार नेपाल सरकारले गत बर्ष घोषणा गरेको नयाँ पर्यटक गन्तव्य मध्येको एक ऐतिहासिक सिन्धुलीगढीको मुख्य दरबार (ठुलो गढी ) प्रदेश नं ३ सरकारले बनाउने भएको छ । प्रदेश सरकारले बहुबर्षे योजनामा समेटेर सिन्धुलीगढीको मुख्य दरबार बनाउने भएको हो । महाभारत क्षेत्रको करिव पाँच देखि छ हजार फिटको उचाईमा सिन्धुलीगढी रहेको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीवाट करिव १६ किलोमिटर उत्तरतर्फ र राजधानीबाट १४० किलोमिटर पूर्वमा सिन्धुलीगढी रहेको जनाईएको छ ।

बरिष्ठ सामाजिक विकास अधिकृत ढकालले भन्नुभयो, “नेपाल एकिकरणका बेला बिं. सं. १८२४ मा काठमाण्डौ कब्जा गर्न किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई युद्धमा हराएर गोर्खाली सेनाले बिरासत कमाएको ठाँउ सिन्धुलीगढी हो ।”

य ुद्ध संग्राहलय निर्माणसँगै चियाबारीदेखि सिन्धुलीगढीसम्म पाँच किलोमिटर लामो किनलोक पदमार्ग निर्माण गर्न सुरु गरिएको छ । सामरिक दृष्टिकोणले महत्वपुर्ण स्थानमा अवस्थित सिन्धुलीका दुई प्रमुख ऐतिहासिक सम्पदाहरु सिन्धुलीगढी र हरिहरपुरगढी जोड्न एकिकरण पदमार्ग गत बर्षदेखि निर्माण सुरु भई सकेको छ ।

नेपाल एकिकरणका दौरानमा पृथ्विनारायण शाह र उहाँको फौजले प्रयोग गरेको मार्गलाई जोडेर पदमार्गको रुपमा बिकास गर्न हरिहरपुरगढी देखी सिन्धुलीगढी ७२ किलोमिटर लामो पदमार्ग निर्माण सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

 

प्रतिक्रिया