बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

सिन्धुलीमा नेकपाका तीन दर्जन बढी कार्यकर्ता काँग्रेसमा प्रबेश

आइतवार , भाद्र २८, २०७७

सिन्धुली,२७ भदौ – कमलामाई नगरपालिका–२ भद्रकालीका तीन दर्जन नेकपाका कार्यकर्ता शनिबार एक समारोह बीच नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

नेपाली काँग्रेस कमलामाई नगरपालिका–२ वडा कमिटीले ढुंग्रेभञ्ज्याङमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् । पछिल्लो समयमा नेकपाका नेतामा देखिएको बिलासीपन, खानपिन, मोजमस्ति, नाताबाद र कृपावाद देखेर असन्तुष्ट बनेको नेकपाका कार्यकर्ता बिनाशर्त नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

कमलामाई –२ भद्रकाली मन्दिर व्यवस्थापन समितिका सचिब चेतबहादुर थापामगर, युवा अगुवा राजु थापामगरको नेतृत्वमा नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् ।

नेपाली काँग्रेसका युवा नेता असिमजंग थापाले नेकपाले जनताको मर्म भावना अनुसार काम गर्न नसकेको र नाताबाद कृपाबादमा लागेको भन्दै असन्तुष्ट जनाएर नेकपाका ती कार्यकर्ता काँग्रेसमा प्रबेश गरेको जानकारी दिनुभयो ।

काँग्रेस जिल्ला सभापति उज्ज्वलप्रसाद बरालले नब प्रबेशीलाई अबिरको टिका र खादा लगाई स्वागत गर्नुहुदै पार्टीको सदस्यको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । सिन्धुलीमा पछिल्लो समय नेकपा छाडेर नेपाली काँग्रेसमा प्रबेश गर्नेको लहरनै चल्न थालेको छ । नेकपाका नेताले सत्तामा बसेर कमाउ धन्दा गर्न थालेपछि कार्यकर्ता रुष्ट हुदै पार्टी छाड्न थालेका बताईएको छ ।

नेपाली काँग्रेसमा नब प्रवेशी राजु थापामगरले नेकपाको सरकार भएपनि नेताहरु जनताको पक्षमा भन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफुले पार्टी छाडेको बताउनुभयो । नब प्रवेशीहरुले आफुले विश्वास गरेको पार्टीले जनताको नेतृत्व गर्न नसकेकाले आफुहरुको भरोसा ती पार्टीबाट टुटेको र अब नेपाली काँग्रेसप्रति विश्वास बढेकाले प्रवेश गरेको बताएका छन् ।

उक्त अवसरमा काँग्रेस जिल्ला सभापति बरालले अहिलेको सरकार महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको बताउनुभयो । उहाँले जनताको जीवनस्तर उकास्ने र शुद्धीकरण कार्यमा सरकारको कुनै भुमिका नरहेकोले नेकपा कार्यकर्तामा नैरस्यता बढ्दै गएको बताउनुभयो ।

नेपाली काँग्रेसको बिचार र सिद्धान्तलाई विश्वास गरेर प्रवेश गरेका नेता कार्यकर्तालाई सधै सम्मान गर्ने र आएका अवसरहरुलाई समान रुपमा वितरण गर्ने उहाँको भनाई थियो ।

नेपाली काँग्रेसका वडा सभापति मानबहादुर गोलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा संघिय निर्बाचनमा काँग्रेस उमेद्वार नरेन्द्रजंग थापा, नेतृ शुशिला थिङ र स्थानीय युवा नेता सन्तोषकाजी थापाले पनि आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी नेता कृष्णप्रसाद गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया