शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

एक हजार घु स लिएको आ रो पमा मु द्दा लगाइएका खरिदारले आ त्म ह त्या पछि सफाइ पाए

शनिवार , भाद्र २७, २०७७

काठमाडौँ २७ भदौ – विशेष अदालतले एक हजार रुपैयाँ घु स लिएको अ भि योगमा भ्र ष्टा चा र मु द्दा लागेका कलंकी मालपोत कार्यालयका खरिदार रामहरि सुवेदीलाई आ रो पबाट सफाइ दिएको छ ।

तर सुवेदीले अभियोग प्रमाणित हुन नसकी आफूले स फा इ पाएको फै सला सुन्न भने पाएनन् । मु द्दा चलेर ध रौटीमा छुटेको एक सातापछि उनले घरमै झु न्डि एर आ त्म ह त्या गरेका थिए ।

अ ख्तियारले गत वर्षदेखि घुस बुझाउनेले सूचना नदिए पनि आफैंले नि गरानी गर्ने र घु स लिए/दिएको देखिए भ्र ष्टा चा र मु द्दा चलाउने अभियान थालेको थियो ।

त्यसै क्रममा गत साउनमा कलंकी मालपोतबाट केही दिनको सीसीटीभी फुटेजको रेकर्ड उठाएर ल्याएको थियो । त्यस क्रममा सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार रुपैयाँ लिएको दृश्य देखिएको भन्दै अ ख्तियारले उनलाई झिकायो ।

बयानकै क्रममा अ ख्तियारले साउन २२ गते उनलाई हि रा स तमा राख्यो । ४० रात हि रा स तमा राखेपछि ४१औं दिनमा मु द्दा चलायो । मु द्दा दा यर भएको रातसमेत अ ख्तियारमै बि ताएर उनी भदौ ३१ गते ध रौटीमा रिहा भए । मु द्दा चलाइएका घिमिरे पनि त्यही दिन ध रौ टीमा छुटे ।

छुटेको एक सातापछि सुवेदीले २०७६ असोज ६ गते भक्तपुरस्थित आफ्नै घरमा आ त्म ह त्या गरे । पुस र फागुनमा दुईपटक सुनुवाइ गरेपछि विशेष अदालतले गत असार ३० गते घिमिरेलाई सफाइ दियो ।

फैसलाको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन । विशेष अदालतका सदस्यहरू चन्द्रबहादुर सारु र रवि शर्मा अर्यालको इजलासले आरोप पुष्टि हुन नसक्ने भन्दै सफाइ दिएको हो ।

स ना ख तसमेत नभएको सीसीटीभी फुटेजका भरमा निम्नस्तरको कर्मचारी र सेवाग्राहीलाई मु द्दा चलाएको अ ख्तियारले पूर्वमन्त्री गोकुल बास्कोटा जोडिएको त्यस्तै ‘अडियो टेप’ प्रकरणमा भने मु द्दा चलाउन सकेन । बरु प्रमुख आयुक्त नवीन घिमिरेले फाइल नै ता मेलीमा राख्ने प्रयास गरेका थिए । तर साना मु द्दामा भने उनको रुचि नि रन्तर देखिन्थ्यो ।

अख्तियारले त्यही दिन कलंकी मालपोतबाट ६ जनामाथि मुद्दा चलाएको थियो । एक कर्मचारीमाथि त एक हजार र अर्कोले दुई हजार लिएको आ रोपमा दुई फरक मु द्दा चलाइएको थियो । अर्को एउटा मु द्दा एक हजार रुपैयाँ बि गोको थियो ।

प्रतिक्रिया