सिन्धुली,२६ भदौ – सिन्धुली जिल्लामा सहरी विकास तथा भवन डिभिजन कार्यालयले भु क म्प पछिको पुनःनिर्माण अन्र्तगत पाँच वटा सरकारी भवन निर्माण गरेको छ ।
उक्त कार्यालयका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा प्रमुख जिल्ला अधिकारी निवास, जिल्ला भू–संरक्षण कार्यालय, डिभिजन वन कार्यालय, डिभिजन सिंचाई कार्यालय र एकिकृत सरकारी कार्यालय भवन निर्माण सम्पन्न भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी निवास दुई करोड १६ लाख ९९ हजार ९६० रुपैंया, जिल्ला भू–संरक्षण कार्यालय दुई करोड ५४ लाख ८९ हजार ७७८ रुपैंया,वन तथा सिंचाई डिभिजन कार्यालय ८ करोड २३ लाख २२ हजार २०५ रुपैंया र एकिकृत सरकारी कार्यालय भवन एक करोड ४७ लाख ८० हजार ९८६ रुपैंयाको लागतमा सम्पन्न भएको कार्यालयले जनाएको छ ।
यस्तै चार वटा सरकारी भवन निर्माणाधिन अवस्थामा रहेको कार्यालयका प्राविधिक बिदुर खतीवडाले जानकारी दिनुभयो । उहाँका अनुसार भिमस्थान स्वास्थ्य चौकी र झागाझोली स्वास्थ्य चौकी एक करोड ५४ लाख ३८ हजार ४१४ रुपैंयामा निर्माण हुदै छ । यसैगरी आम्बोटे स्वास्थ्य चौकी र शान्तेश्वरी स्वास्थ्य चौकी एक करोड ८२ लाख ३४ हजार ८६५ रुपैंया लागतमा निर्माणधिन अवस्थामा रहेको छ ।