सिन्धुली,२४ भदौ – गत बुधबारदेखि सो’ह्र श्रा’द्ध तीथि शुरु भएको छ । क’र्मकाण्डी पेशा पनि आयआर्जनको राम्रो स्रोत हुने कुरा धेरैलाई विश्वास न’लाग्ला ! तर सिन्धुली जिल्लामा भने अहिले क’र्म का’ण्डी पेशाका पुरेहितलाई भ्या’ई न’भ्याई परेको छ ।
जिल्लामा रोजगारी खोज्दै भौतारीने युवाका लागि संस्कृत विद्या सिकेर कर्मकाण्डी पेसातिर लागेका व्यक्तिहरु उदाहरणिय नै बनेर देखा परेका छन् । सो’ह्र श्रा’द्ध (पितृपक्ष) मा आफ्ना दि’वङ्गत आफन्तको विशेष विधिबाट श्रा’द्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन पाँच/सात ठाउँमा श्राद्ध गराउन पर्ने भएपछि पुरोहितको व्य’स्तता निकै बढेको स्थानीयको भनाई छ ।
“हेर्नोस् न एकातर्फ को’रोनाको क’हरले त्रा’स फैलाएको छ, यहीबेला पितृपक्षमा सबै जजमानकोमा पुग्नुपर्ने परम्परागत बा’ध्य’ता” कमलामाई नगरपालिका–५ निवासी क’र्मकाण्डी पेशाका पुरोहित रामप्रसाद दाहाल भन्नुहुन्छ, “गर्दै आएको संस्कार हो, सबै जजमानको चित्त त बुझाउनै पर्यो । दौडादौडले आफ्नै घर परिवारका सदस्यसँग पनि घरव्यवहारका कुरामा सल्लाह गर्न समय छैन ।” पितृपक्षका बितेका आठ दिन (भदौ १७ गतेदेखि २४ सम्म) मा दैनिकजसो पाँच/सात घरमा त’र्पण र श्रा’द्ध गराउनु परेको र बाँकी दिनका लागि पनि दिनदिनै चार/पाँच ठाउँबाट बोलाई रहेको उहाँको भनाइ छ ।
कोभिड–१९ सं ’क्रमणको स’न्त्रास फैलि रहेको बेला अहिले ठीक/ठीक समयमा जजमानकहाँ पुग्न पनि समस्या छ । यद्यपि जजमानको बोलाहट अ’टेरभने नगरिने पुरोहित बताउँछन् । “अब समय नै अ’प्ठ्या’रो छ, बाहिरी हु’ल मा’ल, भी’ड’भा’डबाट बच्नुपर्छ” पुरोहित दाहाल भन्नुहुन्छ, “श्रा’द्ध गराई रहँदा पनि आफ्नो, जजमानको र उनका परिवारजन बीच भौतिक दूरी निर्वाहको भने कडाइका साथ पालना गरिन्छ ।” आपूmले सबैजसो जजमानलाई श्राद्धमा भोजभतेर गर्न, आफन्त बोलाउन र घरमै पनि झु’ण्डमा बस्न नहुने पहिले नै सुझाउने गरेको उहाँको भनाइ छ । उहाँले आफ्नो परिवारको झण्डै एक हजार घर जजमानी रहेको जानकारी दिदै भन्नुभयो, “परिबारमा बुबा र दुई दाजुभाई गरि तीन जनाले जजमानी गर्छौ । भ्या’ई न’भ्याई नै छ । सबैभन्दा धेरै च’टारौ सोह्रश्राद्धको तीथिमा हुन्छ ।”
पुरोहित दाहालले जजमानी गर्दा प्राप्त हुने दानदक्षिणाले नै उहाँको घर राम्रोसँग चलेको छ । “दान स्वरुप प्राप्त हुने चामल खाई नसकेर बेच्छौं पनि”, उहाँले अगाडि भन्नुभयो, “झन् आफ्नो जमीनमा उब्जिएको खाद्यान्न त सबै बिक्री गर्दछौं ।”
पुरोहितका अनुसार असोज कृष्ण प्रतिपदादेखि औँशीसम्मका १५ तिथि र पूर्णिमा तिथि रहेका पितृको पार्वण श्राद्ध पनि औँशीमै गर्नुपर्ने हुँदा यसपक्षमा १६ तिथिका श्राद्ध गरिन्छन् । हिन्दू धर्मावलम्बीकोे मुख्य चाड मानिने दशैँ, तिहार र छठअघिको सोह्रश्राद्धमा दिवंगत पितृ मत्र्यलोक (पृथ्वी) मा बिचरण गर्न आउने र यसबेला आफ्ना सन्तानले दिएको तर्पण (कर्मकाण्डी विधिले पितृलाई पानी अर्पण गर्ने कार्य) तथा पिण्ड (गाईको दूधमा पकाइएको खिरलाई डल्लो बनाई पितृलाई अर्पण गरिने वस्तु) तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । यस अवधिमा पितृको स्मरणले देवीदेवता प्रशन्न हुने मान्यताले गर्दा दशैँ, तिहार र छठअघिको असोज कृष्णपक्षलाई पितृपक्ष मानेर श्राद्ध गर्ने परम्परा चलेको बताईएको छ ।
सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम विषयमा दख्खल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेशा अँगाल्ने ब्राह्मण पातलिदै गएका छन् । अझैसम्म लोकलाई देखाउनै भए पनि कतिपयले श्राद्ध र अन्य वैदिक कार्यको आयोजन गर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किल पर्ने छाँट देखिन लागेको पूर्वीय वैदिक परम्पराका अनुयायी चिन्ता व्यक्त गर्छन् । “अब त पुरोहित ब्राह्मण भेट्नै मुस्किल भइसक्यो बाबु” दुधौली नगरपालिका–१ निवासी ७५ बर्षिय पुरोहित बिष्णुप्रसाद दुलाल भन्नुहुन्छ, “नयाँ पुस्ताका सबै अर्कै पेशा र क्षेत्रमा लागेका देखिन्छन्, पुराना पुस्ताका पुरोहितको शेषपछि खै के थामिएला हाम्रो चलन ?”
धर्मप्रति आस्था घटे झैं लागे पनि मानिसहरुले पूजाआजा, जप, श्राद्ध, पुराण, ब्रत बस्नेजस्ता सामाजिक परम्परा यथावत राखेकाले पुरोहितको पेशा राम्रोसँग चलेको उहाँ बताउनु हुन्छ । पहिलेपहिले सबैले लघु कौमदी, व्याकरण र कर्मकाण्ड नै पढ्थे । अहिले भने त्यस्तो शिक्षा प्रायः लोपजस्तै भएको छ । “उ बेलामा अहिलेका जस्ता स्कुल, क्याम्पस पनि थिएनन् । रुखको फेदमा, पाटीपौवामा पण्डितहरुले चण्डिपाठ गर्न सिकाउथे । जेनतेन संस्कृत पढियो र कर्मकाण्ड सिकियो, अहिले त मूल पेशा नै जजमानी बनेको छ ।” उहाँले थप्नुभयो ।
“सानैदेखि अँगालेको पेशा छोड्न पनि मन लागेन । अरुको घरमा गएर श्राद्ध, जाप, पूजा गर्दा नै दिन बित्छ । एकदुई व्यक्तिले आफ्नो सामाजिक संस्कार भुले पनि अधिकांसले भुलेका छैनन् । एकातिर जजमानी गरेर आफ्नो संस्कृति जोगाईएको छ भने अर्कातिर आयआर्जन पनि राम्रै हुने गरेको छ ”पुरोहित दुलालले भन्नुभयो ।
पुरोहितप्रति पुरानो पुस्ताका व्यक्ति र नयाँ पुस्ताका व्यक्तिले गर्ने व्यवहार र दृष्टिकोणमा भने भिन्नता आएको उनिहरुको भनाई छ । पहिलेका व्यक्तिहरु पुरोहितलाई हृदयदेखि नै सम्मान गर्थे भने अहिलेका व्यक्ति अर्कैका लागि पुरोहित मानिदिएको झैं व्यवहार गर्ने गरेको गु’नासो पनि पुरोहितमा छ । कसैकसैले ‘टपरे बाउन’ भनेर नाम राखेको सुन्दा भने दि क्क लाग्ने गरेको पुरोहितहरुको गुनासो पाईन्छ ।
ब्राह्मण भएकाले धार्मिक शास्त्र पढ्नु र कर्मकाण्ड चलाउनु स्वाभाविक भएको पुरोहितहरुको भनाई छ ।