सिन्धुली,२४ भदौ – कमला नदीमा आएको बाढीले सिंचाई कुलोको बाँध ब गाएपछि कमलामाई नगरपालिका–९ बथानचौडीमा करिब तीन सय बिघा जमिनमा गरिएको धान खेतीमा सु ख्खा लाग्दै गएको छ ।
साउन महिनाको पहिलो साता कमला नदीमा आएको बा ढीले सुके सिंचाई आयोजनाको बाँध ब गाएपछि उक्त खेतमा लगाएको धानबालीमा सिंचाई अ सुविधा भएको स्थानीय किसानले जनाएका छन् ।
सुके सिंचाई आयोजनाका अध्यक्ष खोजराज बुढाथोकीका अनुसार सिंचाई कुलोको बाँध ब गाएसँगै करिब एक सय किसानले गरेको धानबाली प्र भावित भएको छ । २०७३ सालमा सिंचाई डिभिजन कार्यालय सिन्धुलीको दुई करोड ७७ लाख आर्थिक सहयोगमा पाँच किलोमिटर अ ण्डरग्राउण्ड गरेर सिंचाई कुलो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
खहरेखोलाले ६० मिटर कुलो बगाउँदा १२ लाख रूपिया बराबरको क्ष ति भएको उहाँको भनाई छ । भत्किएको कुुलो र क्ष तिको कमलामाई नगरपालिका प्रमुख खड्ग खत्री र वडा अध्यक्ष देवराज पौडेलले निरीक्षण गरे पनि अहिलेसम्म पुनःनिर्माण सुरु नभएको स्थानीय किसानको गुनासो छ ।
कुलो निर्माणमा लामो समय लाग्ने तर पसाउन लागेको धानमा पानी लगाउन तत्कालका लागि अस्थायी कुलो निर्माण गर्नुपर्ने किसानको भनाई छ । अस्थायी कुलो निर्माणका लागि कबिर १५० थान ता रजाली र जे सिभि मेशिन आवश्यक पर्ने किसानले जनाएका छन् । जा ली भर्नका लागि नगरपालिकाले रो क्का गरेको बालुवा गिट्टि उ त्खनन फु कुवा गर्नुपर्ने माग किसानको छ ।
स्थानीय किसान चेतप्रसाद दाहालले पानीको अभावमा डेढ बिघाहा खेतमा लगाइएको धानबाली सुक्दै गएको गुनासो गर्नुभयो । धानबालीमा बेरुवा, ग बारा समेत लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानीको अभावमा धान खेत प ट प ट फुट्न थालेको छ भने धान बालीसमेत सुकेर पहिलो हुदै गएको छ ।”
उक्त वडाका अध्यक्ष देबराज पौडेलले क्षे तिग्रस्त कुलोको सिंचाई डिभिजन कार्यालयका ईन्जिनियरको टोली आई स्थालगत रुपमा निरिक्षण गरी अस्थायी रुपमा कुलोमा पानी चलाउन २० थान तारजाली दिएर गएको जानकारी दिनुभयो ।
कुलोको पुनःनिर्माण सुरु गर्न बर्षादको मौसम रहेकाले सिमेन्टीको काम हुन न सक्ने भएपछि प्रा विधिकले स्टि मेट गरेर गएका र हि उद मौसम सुरु भएपछि पुनःनिर्माण गरिने उहाँले बताउनुभयो ।