बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

फिक्कल गाउँपालिकामा लकडाउन हटाईयो

मंगलवार , भाद्र २३, २०७७

सिन्धुली,२३ भदौ – सिन्धुलीको फिक्कल गाउँपालिकाले कोरोना सं क्रमणको जो खिमलाई नि यन्त्रण तथा न्युनिकरण गर्न तीन साताभन्दा बढी समयदेखि गाँउपालिका भित्र लगाएको ब न्दाबन्दी हटाइएको छ ।

गाँउपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले साउन ३१ गते राती १२ बजेदेखि लगाएको ब न्दाबन्दि भदौ २२ गते राती १२ बजेपछिदेखि हटाउने निर्णय गरेको हो ।

बन्दाबन्दि हटेसँगै फिक्कल गाँउपालिकाभित्र मंगलबारदेखि सबै सेवा नियमित सुचारु हुने गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

फिक्कल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेद्धारा हस्ताक्षरित सूचनामा बन्दाबन्दिका कारण असंगठित श्रमिक तथा वि पन्न परिवारमा आर्थिक समस्या सिर्जना भई खाद्यन्न संकट हुन गएकाले बन्दाबन्दि हटाइएको बताईएको छ । सूचनमा गाउँपालिका क्षेत्रमा हालसम्म कोरोना संक्रमित नभएकोको समेत जनाइएको छ ।

पालिकावासीको जनजीवनलाई अ सहज बनाएको निष्कर्ष निकाल्दै तत्कालको अवस्थामा बन्दाबन्दिलाई हटाईएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो । उहाँले नेपाल सरकारको मापदण्ड बमोजिम स्वास्थ्य सतर्कता भने अनिवार्य अपनाउन आग्रह समेत गर्नुभयो ।

गाउँपालिकाले सामाजिक तथा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा पटकपटक साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न अनिवार्य भनेको छ । कसैलाई कोरोनाको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यदि कसैले नियम पालना नगरे कारवाही समेत गरिने सूचनामा बताईएको छ । योसँगै हाल बन्द रहेका सम्पूर्ण प्रकारका कार्यालय, व्यापार, व्यवसाय, आवागमनमा प्रयोग हुने यातायातका साधनहरु खुला गर्ने निर्णय भएको फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुुप्रसाद न्यौपानेले बताउनुभयो ।

गाँउपालिकाभित्र प्रवेश गर्ने नयाँ व्यक्तिलाई स्वास्थ्य परिक्षण अनिबार्य गरिएको गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया