सिन्धुली,२१ भदौ – सिन्धुली जिल्लामा स्थानीय तहले झण्डै तीन सातादेखि लगाउदै आएको लकडाउन खुकुलो बनाउदै गएका छन् ।
कोभिड–१९ को सं क्रमण रोक्न लकडाउन मात्रै बिकल्प नभएको भन्दै स्थानीय तहले लकडाउनलाई खुकुलो बनाउदै गएको जनाएका छन् । मरिण गाउँपालिकाले भदौ ११ गतेदेखि गाउँपालिकाभित्र आवतजावतमा लगाएको प्रतिबन्ध शनिबार राती १२ बजेपछि देखि खुकुलो बनाएको जनाएको छ ।
गाँउपालिका अध्यक्ष पानीराज बम्जनले शुक्रबार दिउँसो बसेको वि पद व्यवस्थापन समितिले गाउँपालिकामा आवतजावत, यातायात तथा ढुवानीमा लगाउँदै आएको प्रतिबन्धमा केही खुकुलो पार्ने निर्णय गरेको बताउनुभयो । उहाँले भदौ २० गते राती १२ बजेसम्म गाउँपालिका प्रवेश गर्ने सम्पूर्ण नाकाहरूमा आवत जावत वन्द गर्ने निर्णयहरूलाई पुनरावलोकन गर्दै स्वास्थ्य सु रक्षा मापदण्डसहित सीमानाकामा हुने आवत जावत लचिलो बनाउने निर्णय गरेको सुनाउनुभयो ।
स्वास्थ्य सु रक्षा मापदण्डसम्बन्धी सचेतनाका लागि प्रचार कार्यक्रमहरू जारी राख्ने, गाउँपालिकाभित्र प्रवेश गर्ने अन्यत्रका व्यक्तिहरूलाई वडास्तरीय कोरोना नियन्त्रण समन्वय समिति, छरछिमेक र सरोकारवाला व्यक्ति तथा निकायहरूले उच्च निगरानी गर्ने, गाउँपालिका भित्र प्रवेश गर्ने दुवानीका साधनहरूका चालक एंवम सहयोगीहरूलाई सम्बन्धित पसल तथा व्यावसायीहरूसँगको सम्पर्क नहुने गरि दुरी कायम राखि उच्च सतर्कता अपनाउन आग्रह गर्ने, तराईका जिल्लाहरूबाट ल्याइने चौपाया पशुको आयात प्रतिबन्द कायम राख्ने निर्णय गरिएको गाँउपालिकाले जनाएको छ ।
वैकल्पिक शिकाई केन्द्र मार्फत हुने विद्यार्थीहरूको पठन पाठन भदौ ११ गतेदेखि स्थगित भएकोमा पुनः सञ्चालन गर्ने निर्णय गरिएको उक्त गाँउपालिकाले जनाएको छ ।
यस्तै कमलामाई नगरपालिकाले कोरोना भाईरसको सं क्रमण न्युनिकरण तथा जो खिम कम गर्न नगर क्षेत्रमा लगाउदै आएको लकडाउन भदौ १६ गतेदेखि नै हटाएको जनाएको छ । कोरोना भाईरस नियन्त्रणका लागि लकडाउन मात्रै बिकल्प नभएको ठहर गर्दै अनुशासित भई सामाजिक दुरी कायम गर्न आग्रह गर्दै लकडाउन हटाएको नगरपालिकाले जनाएको छ ।
बन्दाबन्दिले नगरक्षेत्रको आर्थिक कृयाकलापमा नकारात्मक असर पार्नुका साथै सामाजिक मिलन, चाडपर्वहरुको खुसियाली, शैक्षिक गतिविधि प्रभावित बन्न पुगेकोले बन्दाबन्दिलाई सहज बनाउदै लैजानु पर्ने आवश्यकता महसुस गरी हटाईएको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिका जिल्लाकै प्रशासनिक र आर्थिक केन्दको रुपमा रहेको र सडक सञ्जालको पनि केन्द्र भएकोले यहाँ अन्यत्र धेरै स्थानबाट मानिस आउने जम्मा हुने भएकालेले कोरोना भाईरसको संक्रमण र प्रसारको डर कायमै रहेको उहाँको भनाई छ ।
उता फिक्कल गाँउपालिकाले पनि भदौ २२ गतेराती १२ बजेसम्म लगाएको लकडाउनलाई खुकुलो बनाएको जनाएको छ । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीका अनुसार अत्यावश्यक काम बाहेक सबै किसिमका गतिविधि र सरकारी कार्यालय समेत बन्द गरिएकोमा भदौ १४ गते बसेको कार्यपालिकाको बैठकले केही खुकुलो बनाएको छ ।
अब हप्ताको तीन दिन वडा कार्यालय र बित्तिय संस्था खुल्ने निर्णय गरिएको उहाँको भनाई छ ।
दुधौली नगरपालिकाले पनि साउनको अन्तिमदेखि नै प्रत्येक दिन बिहान १० बजेपछि बजार बन्द गरी मानिसको आवागमनमा कडाई गर्दै आएको छ । मेयर घनश्याम राउतका अनुसार कार्यपालिकाको बैठकबाट निर्णय गराई बजार बन्द गरिएको हो । उहाँले भन्नुभयो, ‘मानिसको अनावश्यक प्रवेशमा रोक लगाउन दुधौली प्रवेस गर्ने खोक्सा नाकामा शसस्त्र प्रहरी, झुँगा र सिम्राही नाकामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरेका छौं ।’
उहाँले थप्नुभयो, ‘नगर भित्रका औषधी पसललाई चौविसै घण्टा खुल्ला राख्न र खाद्यान्न, तरकारी, फलफुल, दुधडेरी पसललाई हरेक दिन बिहान ५ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न र अन्य सम्पूर्ण व्यवसाय बन्द गरिएको छ ।’
भदौ महिनाको सुरुदेखि नै नौ वटै स्थानीय तहले अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरेर लकडाउनको घोषणा गरेका थिए । गोलन्जोर, सुनकोसी, तीनपाटन, घ्याङलेख र हरिहरपुरगढी गाँउपालिकाले पनि कोरोना भाईरसको सङक्रमण तीब्र भएसँगै घोषणा गरिएको लकडाउनलाई क्रमसः खुकुलो बनाउदै जाने स्थानीय तहले जनाएका छन् ।