शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

न्या य माग्दा उल्टै मु द्धा

आइतवार , भाद्र १४, २०७७

सिन्धुली,१४ भदौ – सिन्धुलीको मरिण गाँउपालिका–३ मथौलीमा गै रका नूनी ढं गले बितरण गरेको काठ रो क्न माग गर्दै उ जुरी गरेका स्थानीय एक उपभोक्ता उल्टै थु नामा परेका छन् ।

वडा अध्यक्ष बिमर्श मुक्तानको नेतृत्वमा मथौलीमा भदौ ९ गते उपभोक्तालाई गै रका नूनी ढं गले बितरण गरिएको गो लाई काठ रोक्न माग गर्दै डिभिजन वन कार्यालय मरिणका प्रमुखलाई फोन गरेर सूचना दिने स्थानीय जितबहादुर मुक्तान प्रहरीको थु नामा पर्नु भएको हो ।

पीडित पक्षले शनिबार सदरमुकाम सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरी न्या य मा ग्दा उल्टै थुनामा पर्नु परेको गुनासो गरेका छन् । स्थानीय छेत्रबहादुर बम्जनका अनुसार दुई बर्षअघि बुद्ध सामुदायिक वन समिति मातहतको कुशेश्वर मावि नककली जाने बाटोको दायाबाँयाँका करिब ४० वटा रुख हा वाहुरी चलेको बेला विद्यालय आएका बालबालिकालाई गा ह्रो हुन्छ भनेर वडा अध्यक्ष मुक्तान कै रोहबरमा ढा लिएको थियो ।

ती रुख ढालेर घाटगद्धी गरी राखेको ठाँउबाटै वडा अध्यक्ष मुक्तानकै नेतृत्वमा बाड्न सुरु गरिएपछि त्यसलाई रोक्न खोज्दा स्थानीय एक महिलालाई अ भद्र व्यवहार गरेको मु द्धा हाल्न लगाई जितबहादुरलाई पक्राउ गरी थु नामा राखिएको उहाँले जानकारी दिनुभयो ।

अर्का स्थानीय बासिन्दा एवं वन समितिका पूर्व अध्यक्ष कर्मासिंङ थिङले भन्नुभयो, “काठ बाँडेको रोक्न मरिण डिभिजन कार्यालयबाट कर्मचारीलाई पनि र गतको खोलो ब ग्छ भनेर रोकियो । त्यसपछि ईलका प्रहरी कार्यालय कपिलाकोटबाट गएको प्रहरीको टोली पनि त्यत्तिकै फर्कियो ।”

जितबहादुरलाई प क्राउ गरेपछि सुरुमा ठ गी मु द्धा हाल्न खोजेको त्यो नमिल्ने भएपछि अ भद्र व्यवहारको मु द्धा हालेर फ साईएको उहाँले सुनउनुभयो । “जुन मान्छेले फोन गरेर गलत काम रोक्न डिभिजन वन कार्यालयमा सूचना दियो, त्यही मान्छेलाई झुटा मु द्धा लगाएर उल्टै फसाईयो,” उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालय मरिणका प्रमुख पुष्पराज बर्तौलाले काठ बितरण गै र कानूनी भएको र त्यो बिषयमा अ नुसन्धान अधिकृत तोकेर अ नुसन्धान कार्य भई रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जितबहादुरलाई अर्के अभियोगमा प क्राउ गरेको हुन सक्छ । मलाई त्यो थाहा भएन । जुन काठको बिषयको कुरा छ, त्यो अ नुसंधान गरेका छौं । दो षिलाई का रबाही गर्छौ ।”

वडा अध्यक्ष बिर्मश मुक्तानले भने जितबहादुरले बाहिर काठ बि क्री गर्न खोज्दा उपभोक्ताले क ब्जा गरेको बताउनुभयो । “उपभोक्ताले तीन बर्षदेखि काठ नपाएको र भु कम्प पी डितले पनि घर बनाउन पाई रहेका थिएनन्,” उहाँले भन्नुभयो, “म काठ का ट्दा पनि संलग्न छैन, बाँ ड्दा पनि संलग्न छैन ।” जितबहादुर वनको अध्यक्ष हुदादेखि नै अहिलेसम्म कुनै ब रबुझारथ नगरेको र आर्थिक हि नामिना गरेको उहाँको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामबहादुर क्षेत्रीले स्थानीय एक महिलाले अ भद्र व्य हार गरेको उ जुरी गरेकाले ईलाका प्रहरी कार्यालय कपिलाकोटले जितबहादुरलाई नि यन्त्रणमा लिएर जिल्लालाई बुझाएको बताउनुभयो । जितबहादुरलाई अ भद्र व्य वहार अभियोगमा मु द्धा चलाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया