शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

तीन ट्याक्टर काठ ब रामद

शुक्रवार , भाद्र १२, २०७७

सिन्धुली,१२ –अ बैधरुपमा ल्याउदै गरेको तीन ट्याक्टर काठ वन सु रक्षा ग स्ती टोलीले शुक्रबार बिहान बरामद गरेको छ ।

सिन्धुलीको कमलामाइ नगरपालिका ११ रानुचुरीबाट वडा नं ७ रामपुरमा रहेको काठ मीलमा ल्याउदै गरेको तीन ट्याक्टर काठ सुराकीको आधारमा वनगस्ती टोलीले ब रामद गरेको हो ।

काठ लोड गरेको ज १ त ८५११ नं ट्याक्टर र कनपा ७ वर्देउटार घर भएका २२ वर्षीय चालक सुमन परियारलाइ नि यन्त्रणमा लिएर आवश्यक कार्वाही अगाडि बडाएको सिन्धुली वन डिभिजन प्रमुख नारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पुरानो घरको काठ अबैध ल्यादै गरेको भन्ने सूचना आधारमा ग स्ती टोली पुगे लगत्तै दुइवटा ट्याक्टर काठ झारेर भा गेका थिए ।

ट्याक्टरमा लोड गरि ल्याएका कडि, पटाहा, खावा, दलीन, बीम, कोरा, वत्ती गरि करिब तीनसय क्यूफिट काठ बरामद गरि कार्वाहीका लागि अनुसन्धान शुरु गरिएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया