शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा आ ईसोलेसन भवन निर्माण गर्न सहयोग गर्ने दाता बढदै

बिहिवार , भाद्र ११, २०७७

सिन्धुली,११ भदौ – – सिन्धुली जिल्लामा कोरोना सं क्रमित बि रामी बढ्दै गएपछि निर्माण सुरु गरिएको आ ईसोलेसन भवन निर्माणका लागि सहयोग गर्ने दाताहरु बढ्दै गएका छन् ।

कुनै स्रोत सुनिश्चित नभई कमलामाई नगरपालिका–६ शिबनगरमा एक साता अघि निर्माण सुरु गरिएको ५० बेड क्षमताको आ ईसोलेसन भवन निर्माणका लागि मनकारी दाताहरु बढ्दै गएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

निर्माण उपभोक्ता समितिका संयोजक एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति असोक श्रेष्ठले आ ईसियु र भे न्टिलेटर सुविधा सहितको उक्त भवन निर्माणका लागि सहयोग गर्ने मनकारी दाताहरु बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार निर्माण सुरु गरेका २५ दिनभित्र सक्ने लक्ष्य सहित उक्त भवन निर्माण सुरु गरिएको छ ।

दुई करोड ५४ लाख रुपैयाको लागतमा चार वटा भवन निर्माणको गुरु योजना बने पनि तत्काल उक्त स्रोत जुट्न मु स्किल भएपछि अहिले एक करोड ४० लाख रुपैयाको लागतमा दुई वटा भवन मात्रै निर्माण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । स्रोत जुटेपछि बाँकी दुई वटा भवन पछि निर्माण गरिने भएको छ ।

निर्माण उपभोक्ता समितिका संयोजक श्रेष्ठले भन्नुभयो, “दुई वटा भवनको उक्त लागत मध्ये अहिलेसम्म बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले ९७ लाख रुपैया दिने भनेको छ, रकम आ ई सकेको छैन । बाँकी ४३ लाख रुपैया स्थानीयस्तरमा स्रोत जुटाउनु पर्ने छ । स्थानीयस्तरमा संकलन गर्नु पर्ने रकममध्ये दाताहरुबाट मंगलबार सम्म तीन लाख ७३ हजार ३८१ रुपैया सहयोग प्राप्त भएको छ ।”

अहिलेसम्म सहयोग गर्ने दाताहरुमा कमलामाई नगरपालिकाले तीन लाख रुपैया, बैँकासुरेन्स क्लब सिन्धुलीले २५ हजार ५५५ रुपैया, रेडक्रस भिमान उपशाखाले १० हजार पाँच रुपैया, भिमान पोलिक्लिनिकले पाँच हजार १५५, रेडक्रश भिमान उपशाखाका सभापति यादब सुवेदीले व्यक्तिगत रुपमा पाँच हजार ५५५ रुपैया र जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका कर्मचारीले स्वच्छिक रुपमा २७ हजार १११ रुपैया नगद सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

निर्माण समितिका संयोजक श्रेष्ठका अनुसार सुनकोसी गाँउपालिकाले २० टिफर बालुवा र नौ टिफर गिटी सहयोग गरेको छ । दुधौली नगरपालिकाले चार टिफर बालुवा सहयोग गरेको छ । कमलामाई नगरपालिका ७ निवासी रामबहादुर रानाले २५ ट्याकटर ढुंगा सहयोग गर्नु भएको छ ।

स्थानीयस्तरमा उठेको सबै रकम जिल्ला अस्पतालमार्फत खर्च गर्ने गरी व्यवस्था मिलाईएको र जिल्लाका स्थानीय तहले पनि एक/दुई दिनमै सहयोग रकम संकलन गर्ने बताएको उहाँले स्पष्ट पार्नुभयो । सिन्धुली अस्पतालले जिल्लाका स्थानीय तहका प्रमुख सबैलाई बोलाई बैठक राखेर आ ईसोलेसन भबन बनाउनका लागि सहयोग गर्न आह्वान गरि सकेको निर्माण समितिका संयोजक श्रेष्ठको भनाई छ ।

आ ईसोलेसन भवन निर्माणका लागि सहयोग गर्ने दाताहरु मध्ये जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कोरोना सं क्रमित कर्मचारी समेत रहेका छन् । उनीहरुले स्वच्छिक रुपमा २७ हजार १११ रुपैया संकलन गरी सहयोग गरेको निर्माण उपभोक्ता समितिले जनाएको छ । आयुर्वेद स्वास्थ्य संस्थाका आठ जना कर्मचारी मध्ये पाँच जनामा भदौ ५ गते कोरोना भा ईरस सं क्रमण पुष्टि भई अहिले उनीहरु उपचारका लागि होम आ ईसोलेसनमा रहेको छन् ।

आफुहरु अहिले कोरोना सं क्रमित भई होम आ ईसोलेसनमा बसेर उपचार गरि रहेको र पछिका दिनमा कोरोना सं क्रमित बि रामीले आ ईसोलेसन बेडको अभावमा उपचार नपाएर ज्या न गु माउनु नपरोस भन्ने उद्देश्यले उक्त सहयोग गरेको उक्त कार्यालयका सं क्रमित एक कर्मचारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समयमा सिन्धुली जिल्लामा कोरोना सं क्रमित थपिदै गएका र उपचार गर्न आ ईसोलेसन बेडको अ भाव देखिएको छ । त्यसैले निर्माणाधिन आ इसोलेसन भवन निर्माण गर्नका लागि व्यक्तिगत रुपमा सकेको सहयोग गरेका हौ ।”

निर्माणाधिन दुई वटा भवन मध्ये एउटाको डिपिसि ढलान भई सकेको र अर्कोको बुधबार टाईपिङ ढलान सकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । उक्त भवन ट्रष्ट राखेर ईटाको गाह्रो जोडेर बनाईने र विश्व स्वास्थ्य संगठनको माप दण्ड बमोजिमको हुने र तीन वटा आ ईसियु बेड हुने जनाईएको छ ।

पछिल्लो समयमा सिन्धुली जिल्लामा कोरोना सं क्रमणका बि रामी थपिदै गएपछि उक्त भवन निर्माण गर्न सबैले चासो दिएका हुन् । सिन्धुली जिल्लामा अहिले २७ जना कोरोना सङक्रमित बि रामीको उपचार भई रहेको छ । जिल्लामा देखा परेको सं क्रमित ४४ बि रामी मध्ये पाँच जनाको जिल्ला बाहिर र १२ जना उपचार पछि निको भएर घर गएका छन् ।

सिन्धुली जिल्लामा हाल जिल्ला अस्पतालमा आठ वटा र एपोलो अस्पतालमा २० जना कोरोना स क्रमित बि रामीलाई उपचार गर्ने आ इसोलेसन बनाईएको छ । कोरोनाको बढ्दो सं क्रमणसँगै आ ईसेलेसन बेडको अ भावमा उपचार नपाएर कोही मर्नु नपरोस भनी शिबनगरमा उक्त भवन बनाउन सुरु गरिएको जनाईएको छ ।

प्रतिक्रिया