शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा थप पाँच जनामा सं क्रमण पुष्टि

बिहिवार , भाद्र ११, २०७७

सिन्धुली,११ भदौ –जिल्लामा थप पाँच जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर–१,३,४, का चार जना र दुधौली नगरपालिका–१० का एक जना सं क्रमित भएका हुन् ।

सुनकोसीका कोरोना सं क्रमित चार जना  मध्ये सुनकोशी गाउँपालिका वडा नम्बर–१ दुम्जाका २५ बर्षिय पुरुष,सुनकोशी गाउँपालिका वडा नम्बर ३ का ६१ बर्षिय महिला,४का २५ बर्षिय महिला  र २९ बर्षका युवा सं क्रमित भएका गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ओम झाले जानकारी दिनुभयो । उहाँका अनुसार ६१ बर्षकी महिला र २५ बर्षका युवा केही दिनअघि विराटनगर गएर आएका थिए । २५ बर्षिया महिला केहीअघि बनेपाबाट आएर होमक्वारेन्टिनमा बस्नुभएको थियो । २९ बर्षिय युवामा कहाँ र कसरी सं क्रमण भयो खुलेको छैन ।

कोरोना सं क्रमित एक जना युवालाई सिन्धुलीमाढी स्थित एपोलो अस्पताल र दुई जना महिलालाई सिन्धुली अस्पताल राखिएको अस्पतालले जनाएको छ । उहाँहरुको स्वाव पिसिआर जाँचकोे लागी केही दिनअघि धुलिखेल पठाइएको थियो । २९ बर्षिय पुरुषलाई कोरोना सं क्रमण भएको जानकारी गराउन सम्पर्क गरिरहेको तर फोन नउठेको स्वास्थ्य कार्यालय सिन्धुलीका जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले बताउनुभयो ।

पिसिआर जाँचबाट विहिबार उहाँहरुमा कोरोना सं क्रमण देखिएको हो । यस्तै बुधबार दुधौली नगरपालिका–१० का ४२ बर्षिय पुरुषमा कोरोना सं क्रमण पुष्टि भयो । उहाँ अहिले सिन्धुलीमाढी स्थित आ इसोलेसनमा उपचारत हुनुहन्छ । उहाँ जनकपुर स्थित एक संस्थामा काम गर्नुहुन्थ्यो । केही दिनअघि मात्र घर आउनुभएको उहाँलाई एक्कासी ज्व रो आएपछि पिसिआर जाँच गर्न हेटौंडा स्वाव पठाइएको थियो ।

प्रतिक्रिया