सिन्धुली,९ भदौ – – सिन्धुली जिल्लामा कोरोना भा ईरस सं क्रमणको जो खिम बढ्दै गएपछि कमलामाई नगरपालिकाले लगाउदै आएको ल कडाउनलाई बढाउदै बुधबारदेखि केही लचिलो बनाएको छ ।
नगर प्रमुख खड्गबहादुर खत्रीको संयोजकत्वमा मंगलबार बसेको सर्बपक्षिय बैठकले साउन २७ गतेदेखि क डा रु पमा लगाउदै आएको ल कडाउनलाई भदौ १० गतेदेखि केही ल चिलो बनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
उक्त बैठकको निर्णय अनुसार उक्त ब न्दाब न्दिलाई भदौ १५ गते राती १२ बजेसम्मका लागि नि रन्तरता दिएको कमलामाई नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । अब औषधि पसल बाहेक डेरी पसल प्रत्येक दिन विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म मात्र खुल्ला रहने छ ।

बाँकी व्यवसायको हकमा बिहान ६ बजेदेखि १० बजेसम्म र अरु समय ब न्द रहने नगर प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । मोटरसाईकल सहित अन्य हलुका सबारी साधनको आ वागमनलाई पूर्ण रुपमा नि षेध गरिएको पनि उहाँले सुनाउनुभयो । ब न्दाबन्दीलाई पूर्णरुपमा पालना गर्न पनि उहाँको आग्रह छ ।
सिन्धुली जिल्लामा साउन २५ गते एकै पटक ६ जनामा कोरोना सं क्रमण पु ष्टी भएसँगै नगरपालिकाले नगर क्षेत्रमा ल कडाउन घोषणा गरेको जनाएको छ । सुरुमा कमलामाई नगरपालिकामा दुध र औषधि पसल बा हेक मानिसको आवागमनमा कडाई गर्नुका साथै बजारहरु, तरकारी तथा खाद्यान्न पसल, कलकारखाना, सार्बजनिक तथा नीजि यातायातका साधन, सामाजिक संघ संस्था, बित्तिय संस्थाहरु ब न्द गर्ने निर्णय गरेको थियो ।
बीपी राजमार्गमा एक जिल्लाबाट अर्को जिल्ला जाने सबारी साधन सञ्चालन हुने तर कमलामाई नगरपालिकाभित्र अत्याबश्यक भन्दा बाहेक मोटरसाईकल, अटो टेम्फु लगायतका सबारी साधन सञ्चालनमा समेत रो क लगाईएको नगरपालिकाले जनाएको छ । अहिलेसम्म सिन्धुली जिल्लामा कोरोना संक्रमितको संख्या ४४ पुगेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।