सिन्धुली ,९ भदौ – सिन्धुलीको घ्याङलेख गाँउपालिकाका स्वा स्थ्य संस्थामा कर्मचारीको अ भावले सेवा प्र वाह गर्न क ठिन भएको छ ।
गाँउपालिकाका ५ वटै वटामा पाँच वटा स्वा स्थ्य चौकी र तीन वटा सामुदायिक स्वा स्थ्य ईकाई गरी आठ वटा स्वा स्थ्य संस्थामा ३९ जना कर्मचारीको दरबन्दी मध्ये ११ वटा खा ली अ वस्थमा रहेको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिका स्वास्थ्य शाखाका अनुसार ५ वटै वडामा एक/एक वटा स्वास्थ्य चौकी र वडा नं. २, ४ र ५ मा एक/एक वटा सामुदायिक स्वा स्थ्य ईकाई रहेका छन् । स्वास्थ्य चौकीमा एक जना कार्यालय सहयोगी सहित छ जनाको र सामुदायिक स्वास्थ्य ईकाईमा कार्यालय सहयोगि सहित तीन जनाको दरबन्दी रहेको छ ।
दरबन्दी अनुसार कर्मचारी न हुदा स्वास्थ्य संस्थाले दिने से वा प्र वाह गर्न क ठिन भएको उक्त शाखाका संयोजक महेन्द्र यादबले जा नकारी दिनुभयो । कोरोना भा ईरसको सं क्रमण बढी रहेको बेला स्वा स्थ्य संस्थामा कर्मचारी भरिभराउ चाहिएको अवस्थामा कतै हेल्थ असिस्टेन्ट छैनन् त कतै अनमी नभएको उहाँले गुनासो गर्नु भयो । ल कडाउनका कारणले कर्मचारी भर्ना गर्न नपाएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “सामुदायिक स्वास्थ्य ईकाईमा एक जना अहेव, एक जना अनमी, एक जना कार्यालय सहयोगी गरी तीन जना कर्मचारीको दरबन्दि रहेको छ । वडा नं. ४ र ५ को उक्त ईकाईमा अहेवको दरबन्दी खाली रहेको छ ।”
उहाँका अनुसार स्वास्थ्य चौकी तर्फ पनि वडा नं. १ को अमले र वडा नं. २ को बस्तिपुरमा हेल्थ असिस्टेन्ट (हेअ) छैटौं तह खाली छ । वडा नं. ३ को तामाजोरमा एक जना अनिमी र एक जना हेअको दरबन्दि खाली छ । त्यस्तै वडा नं. ४ को नेत्रकालीमा दुई जना अनमी मध्ये एक जनाको दरबन्दी खाली रहेको छ ।
त्यस्तै वडा नं. ५ शान्तेश्वरीमा पनि एक जना हेअ र एक जना अ नमी नभएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा बि रामीको चाप बढी रहेको बेला कर्मचारी नहुदा सेवा प्रवाह गर्न कठिन भएको उहाँको गुनासो छ ।