सिन्धुली,८ भदौ – भिमान प्रहरी चेकपोष्टमा एकसय रुपैया फालेर आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाइ सोमबार सिन्धुली प्रहरीले पाचसय रुपैंया ज रिवाना गरेको छ ।
प्रहरीका अनुसार तीनवटा लैनो भैंसि लिएर सर्लाहीबाट काभ्रेको पनौती जा“दै गरेको बा २१ च ३९९८ नं को बोलेरोले भिमान चेकपोष्टमा चेकजा“च गराउनुको स ट्टा चेकिङमा रहेका प्रहरी दीपक भण्डारीलाई ल क्षित गरेर एकसय रुपैंया“ फा लेका थिए ।
तत्कालै प्रहरी जवान भण्डारीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि ट्राफिक पोष्टमा रोकेर पा“चसय ज रिवाना गरिएको प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनु भयो । चालक र भैंसि साहुलाइ आइन्दा प्रहरीलाइ आर्थिक प्रलोभनमा नपार्ने सर्तमा छाडिएको नायब उपरिक्षक केसीको भनाइ छ ।