शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको एपोलो अ स्पताल कोरोनाका बि रामीले भ रियो

सोमवार , भाद्र ८, २०७७

सिन्धुली – कमलामाई नगरपालिका–६ राममाडीस्थित एपोलो अस्प ताल कोरोना सं क्रमण पु ष्टि भएका बि रामीले भरिएको छ ।

रातमाटास्थित बस्नेत होटलमा एक सातासम्म बसेका गोलञ्जोर गाउँपालिका– १ का २८ बर्षिय एक पुरुषमा शनिबार कोरोना पो जेटिभ देखिएको र ती बि रामीलाई उ पचार गर्न उक्त अस्पतालमा भर्ना गरिएपछि भरिएको हो । २० वटा आ ईसोलेन बेड क्षमताको एपोलो अस्पतालमा यस अघि १९ जना कोरोना सं क्रमीत बि रामीलाई भ र्ना गरी उपचार गरिदै आएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयदेखि ब न्द अवस्थामा रहेको एपोलो अस्पतालमा कोरोनाका बि रामीलाई उपचार गर्न साउन ३१ गते २० वटा आ ईसोलेसन बेड स्थापना गरी त्यस्ता बि रामीलाई भर्ना गरी उपचार सुरु गरिएको थियो ।”

“अब एपोलोमा एक जना बि रामीलाई पनि भर्ना गर्ने ठाँउ छैन,” उहाँले थप्नुभयो, “अब सिन्धुली अस्पतालमा रहेको आठ वटा मध्ये सात वटा आ ईसोलसन बेड खाली छ । सिन्धुली अस्पतालको आईसोलेसन बेडमा कोरोना सं क्रमित एक जना स्टाफ महिलाको उपचार भई रहेको छ ।”

उहाँका अनुसार एपोलो अस्पतालमा आ ईसोलेसन बेड तयार भएपछि साउन ३० गते कोरोना सं क्रमण पुष्टि भएका ११ जना र सिन्धुली अस्पतालको आ ईसोलेसनमा उपचार गरि रहेको १५ जना बि रामीलाई एकै पटकमा भर्ना गरिएको थियो । त्यसपछि नेपाल बंगलादेश बैक जनकपुरमा कार्यरत कमलामाई नगरपालिका–६ निवासी २१ बर्षिय एक पुरुषमा कोरोना सं क्रमण पुष्टि भएपछि भदौ ३ गते सिन्धुली ल्याइ उक्त अस्पतालमा भ र्ना गरिएको छ ।

भदौ ५ गते फेला परेका नौँ जना कोरोना सं क्रमित मध्ये तीन जनालाई र शनिबार बस्नेत होटलमा बस्दै आएका एक जना को रोना सं क्रमित बि रामीलाई भर्ना गरिएपछि एपोलो अस्पताल भरिएको व्यवस्थापक श्रेष्ठको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार पिसिआर परिक्षणको लागि स्वाब दिएर सर्लाहीबाट सिन्धुलीमाढी आई बस्नेत होटलमा बसेका एक पुरुषमा कोरोना पो जेटिभ देखिएपछि उक्त होटल १४ दिनलाई शिल गरिएको छ ।

एकै चौटी पाँच जना कर्मचारीमा कोरोना सं क्रमण पुष्टि भएपछि जिल्ला आयुर्वेद अस्पताल पनि १४ दिनलाइ सिल गरि सबै सेवा ब न्द गरिएको उहाँले जानकारी दिनुभयो ।

सिन्धुली अस्पतालका व्यवस्थापक श्रेष्ठका अनुसार अहिले सिन्धुली जिल्लामा कोरोना सं क्रमण पुटि भएका बि रामीको सं ख्या ४४ पुगेको छ । ती मध्ये २० जनाको एपोलो अस्पतालमा, एक जनाको सिन्धुली अस्पतालमा, पाँच जना माझीटारस्थित गढीदरबार होटलको होम आईसोलेसनमा, एक जना कनपा ६ रातमाटास्थित आफ्नै निवासको होम आ ईसोलेसनमा र बाँकी पाँच जनाको सिन्धुली जिल्ला बाहिरको अस्पतालमा उपचार भई रहेको छ । १२ जना उपचार पछि कोरोनालाई जि तेर घर गएका छन् ।

पछिल्लो समयमा सिन्धुली जिल्लामा कोरोना सं क्रमित बि रामीको संख्या ब ढ्दै गएपछि आईसोलेसन बेडको अ भाव हुन थालेको छ । कनपा–६ शिवनगरमा तीन करोड ३६ लाख रुपिया लागतमा ५० बेड क्षमताको आईसोलेसन भवन निर्माण सुरु गरिएपनि अझै केही हप्ता लाग्ने बताईएको छ ।

सिन्धुली जिल्लामा अझै १७७ जनाको स्वाबको पिसिआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । उहाँले रोग ला ग्न दिन भन्दा सचेत भएर रोग लाग्नुबाट नै बँच्नु सबै भन्दा उत्तम उपाए भएको बताउदै भन्नुभयो, “अ नावश्यक हिड्नु भएन, हिडदा खेरी पनि सामाजिक दुरी कायम गरी माक्स लगाएर हिडौं ।”

प्रतिक्रिया