शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

जिल्ला आयुर्वेद अस्पताल सिन्धुलीमा सबै सेवा ठ प्प

शनिवार , भाद्र ६, २०७७

सिन्धुली, ६ भदौ – कार्यरत कर्मचारीमा कोरोना भा ईरस सं क्रमण पु ष्टि भएसँगै सदरमुकाममा रहेको जिल्ला आयुर्वेद अस्पताल शनिबारदेखि १४ दिनका लागि सि ल गरि सबै सेवा ठ प्प पारिएको छ ।

सिन्धुली जिल्लामा शुक्रबार कोरोना भा ईरस सं क्रमण पुटि भएका नौ जना बिरामी मध्ये पाँच जना उक्त अस्पतालका रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले उक्त अस्पतालबाट प्रवाह हुने सबै सेवा बन्द गरी १४ दिनका लागि सिल गरिएको जानकारी दिनुभयो ।

कर्मचारीमा कोरोना सं क्रमण पुटि भएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरि स्वाब संकलनका लागि प्रकृया अघि बढाएको उहाँले बताउनुभयो ।

कोरोना संक्रक्रमण पुष्टि भएका नौ जना बिरामी मध्ये जिल्ला आयुर्वेद अस्पतालमा कार्यरत पाँच जना, भू–संरक्षण कार्यालयको क्वारेन्टिनमा बसेका दुई जना र बद्र्धबहादुर गणमा कार्यरत एक जना नेपाली सेना र सुनकोसी गाँउपालिका–३ निवासी ६२ बर्षिय एक बृद्ध रहेका सिन्धुली अस्पतालले जनाएको छ ।

अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार यि बि रामी मध्ये उपचारका लागि आयुर्वेद स्वास्थ्य केन्द्रका पाचै जना कर्मचारी माझिटारस्थित गढीदरबार होटलमा होम आईसोलेसनमा, कमलामाई नगरपालिका–६ का ५६ बर्षिय पुरुष आफ्नै घरमा होम आ ईसोलेसनमा बसेका छन् । बाँकी तीन जनालाई भने राममाढीस्थित एपोल अस्पतालमा भ र्ना गरी उ पचार सुरु गरिएको छ ।

यि बिरामी सहित सिन्धुली जिल्लामा कोरोना सं क्रमित बिरामीको संख्या ४३ पुगेको उहाँले जानकारी दिनुभयो । सिन्धुली जिल्लामा अहिले २६ जना कोरोना सं क्रमित बिरामी अस्पतालमा भर्ना भएर र होम आ ईसोलेसनमा बसेर उपचार गरि रहेको उहाँले बताउनुभयो ।

राम्माडीस्थित एपोलो अस्पतालमा १९ जना बिरामी र सिन्धुली अस्पतालमा एक जना कोराना सं क्रमित बिरामीलाई भर्ना गरी उपचार भई रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको व्यवस्थापक श्रेष्ठले सुनाउनुभयो । बाँकी बिरामी मध्ये पाँच जनाको सिन्धुली जिल्ला बाहिरको अस्पतालमा उपचार भई रहेको र १२ जना उपचार पछि सन्चो भएर घर गएको सिन्धुली अस्पतालले जनाएको छ ।

प्रतिक्रिया