शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका दुई गाँउपालिकाद्वारा लिदीका प हिरो पी डितलाई सहयोग

शनिवार , भाद्र ६, २०७७

सिन्धुली,६ भदौ – सिन्धुलीको मरिण गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकाले सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२ लिदीका प हिरो पी डितलाई आर्थिक स हयोग गरेको छ ।

जुगल गाँउपालिकाको वि पद व्यवस्थापन कोषमा संकलन हुने गरी बिहिबार दुई लाख ८५ हजार रुपैया सहयोग गरेको मरिण गाँउपालिकाले जनाएको छ । व्यक्तिगत रुपमा खर्च व्यहोरेर हेलिकोप्टर चढेर जुगल गाँउपालिका पुगी त्यहाको गाँउपालिका उपाध्यक्ष सिर्जना तमाङलाई उक्त रकम हस्तान्तरण गरेको मरिण गाँउपालिकाका प्रमुख पानीराज बम्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहयोग गरेको रकम मध्ये मरिण गाँउपालिकाको तर्फबाट एक लाख ५० हजार रुपैया, हरिहरपुरगढी गाँउपालिकाको तर्फबाट एक लाख ५० हजार रुपैया, हरिहरपुरगढी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र सापकोटाले व्यक्तिगत रुपमा १५ हजार रुपैया, उद्योग बाणिज्य संघ मरिण शाखाका कोषाध्यक्ष नरेन्द्र कर्मचार्यले व्यक्तिगत रुपमा ५० हजार रुपैया, वर्गर हाउसका सुनिल लामाले व्यक्तिगत रुपमा २० हजार रुपैया रहेको छ ।

त्यसैगरी बर्गर हाउसकै सुनिल लामाको टिमले दुई दिनअघि दुई लाख ६२ हजार रुपैया पहिरो पीडितलाई सहयोगका लागि काठमाडाँैमा जुगल गाँउपालिका उपाध्यक्ष तमाङलाई हस्तान्तरण गरेको गाँउपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।

प्रतिक्रिया