शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको क्वा रेन्टिनमा बसेकाले १८ लाख रुपैयाभन्दा माथिको खाना, खाजा र पा नी खा ए

शनिवार , भाद्र ६, २०७७

सिन्धुली,६ भदौ – सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगरस्थित भू–संरक्षण कार्यालयको क्वा रेन्टिनमा बसेका व्यक्तिले साउन अन्तिमसम्म १८ लाख रुपैयाभन्दा माथिको खाना, खाजा र पानी खा एको पाईएको छ ।

विश्वमा म हामा रीको रुपमा देखा परेको को भिड–१९ को सं क्रमण बढेसँगै त्यसलाई रो कथाम तथा न्यु निकरण गर्न उक्त क्वा रेन्टिनमा भारत तथा तेस्रो मूलकबाट आएर बसेको व्यक्तिले १८ लाख रुपैयाभन्दा माथिको खाना, खाजा र पानी खाएका हुन् । ल कडाउन घोषणासँगै उक्त कार्यालयमा ३९ बेड क्ष मताको चैत १२ गते क्वा रेन्टिन बनाईएको थियो ।

भारत, तेस्रो मुलुक र स्वदेसकै विभिन्न सहरबाट आई उक्त क्वा रेन्टिमा बसेका व्यक्तिले साउन अन्तिमसम्म खाना, खाजा र पानी खाएको खर्च १८ लाख रुपैयाभन्दा माथि नै उठेको सो व्यवस्थापनको जि म्मेवारी लिएको सिताराम पार्टी प्यालेस एण्ड रिसोर्ट प्रालीले जनाएको छ ।

उक्त प्रालिका सञ्चालक सिताराम पहाडीले क्वा रेन्टिनमा बसेका व्यक्तिलाई दैनिक पाँच सय रुपैया बराबरको बिहान पाउरोटी, दुध, अन्डा, बिहान बेलुकाको खाना र दिउसो खाजा गरी चार छाक खुवाउदै आएको जानकारी दिनुभयो । “खाना खुवाउने जिम्मेवारी आएकोले सुरुदेखि अहिलेसम्म खुवाउदै आएको छु,” उहाँले भन्नुभयो, “उक्त क्वा रेन्टिनमा बसेकालाई खाना, खाजा र पानी खाएको खर्च १८ लाख माथि नै बिल पुगेको छ । तर अहिलेसम्म एक रुपैया पनि भुक्तानी पाएको छैन ।”

“सुरुमा कस्ले तीर्ने भन्ने टुं गो थिएन,” उहाँले थप्नुभयो, “केहि दिनअघि जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहका प्रमुख सहित बसेको सर्बदलिय बैठकले क्वारेन्टिनमा जुन पालिकाको व्यक्ति बसेको छ, उस्ले खाएको खर्च पनि त्यही पालिकाले व्यहोर्ने निर्णय गरेकाले पालिका अनुसार छु ट्याएर बिल मिलाउदै छु ।” क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या बढेसँगै खर्च पनि ब ढ्दै गएको उहाँले बताउनुभयो ।

साउनसम्मको कुल खर्च मध्ये असार मसान्तसम्मको खर्च नौ लाख ९४ हजार ५८० रुपैया रहेको उहाँले जानकारी दिनुभयो । एपोलो अस्पतालमा भर्ना भएका कोराना सं क्रमित बि रामीलाई समेत खाना खुवाउने जिम्मेवारी आएको र त्यसको दररेट टुंगो लागि नसकेको पार्टी प्यालेस सञ्चालक पहाडीले सुनाउनुभयो ।

असार मसान्तसम्मको खर्चको बिल कमलामाई नगरपालिकामा पुगेपछि खै लाबै ला म च्चिएर माग गरिएको रकम भुक्तानी गर्न नसकिने भन्दै नगर कार्यपालिका सदस्यहरुले जुन पालिकाका नागरिकहरु छन्, उनीहरुको खर्चको रकम सोही पालिकाले तिर्नुपर्छ भन्दै भुक्तानी न गर्न नगर प्रमुख खड्गवहादुर खत्री माथि द बाब दिएको बताईएको छ ।

कमलामाई नगरपालिका स्वास्थ्य शाखाका ज नस्वा स्थ्य निरिक्षक केम थापाले असार मसान्तसम्म उक्त क्वारेन्टिनमा ३७८ जनाले खाएको बिल आएको जानकारी दिनुभयो ।

असारसम्म कमलामाई नगरपालिकाका १४९ जना, दुधौली नगरपालिकाका ८३ जना, मरिण गाँउपालिकाका २९ जना, हरिहरपुरगढी गाँउपालकाका २१ जना, तीनपाटन गाँउपालिकाका २९ जना, घ्याङलेख गाँउपालिकाका १३ जना, सुनकोसी गाँउपालिकाका छ जना, गोलन्जोर गाँउपालिकाका सात जना, फिक्कल गाँउपालिकाका पाँच जना र अन्य जिल्लाका ३६ जनाले क्वा रेन्टिनमा बसेर खाएको देखिएको उहाँले बताउनुभयो ।

पार्टी प्यालेसबाट प्राप्त विवरण अनुसार कमलामाई नगरपालिकाको मात्रै असार महिना सम्मको पाँच लाख ४३ हजार, दुधौली नगरपालिकाको ४५ हजार, मरिण गाउँपालिकाको २० हजार पाँच सय रुपैया, हरिहरपुरगढी गाउँपालिकाको ३७ हजार पाँच सय रुपैया, तीनपाटन गाउँपालिकाको ८० हजार, घ्याङलेख गाउँपालिकाको १३ हजार पाँच सय रुपैया, गोलञ्जोर गाउँपालिकाको एक लाख ६० हजार, सुनकोशी गाउँपालिकाको १६ हजार पाँच सय, फिक्कल गाउँपालिकाको सात हजार पाँच सय खर्च रहेको छ । अन्य जिल्लाका नागरिकहरु लाई एक लाख ३० हजार रुपैयाको खाजा र खाना खाएका छन् ।

कमलामाई नगरपालिकामा सबै क्षेत्रका मानिसहरु आउने र उनीहरुको पि सिआर जाँचपछि क्वा रेन्टिनमा राख्नै पर्ने बाध्य ताका कारणले अन्य स्थानीय निकाय भन्दा बढी रकम देखिएको जन स्वास्थ्य शाखा निरिक्षक थापाको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा साउन ३२ गते बसेको सर्वदलीय बैठकले क्वा रेन्टिनमा जुन पालिकाका मानिस बसेर खाएका छन्, उनीहरुको खर्च पनि त्यही पालिकाले व्यहोर्ने निर्णय भएको कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

भू–संरक्षण कार्यालयको क्वारेन्टि होल्डिङ सेन्टर जस्तै पनि भएकाले खर्चको चा प बढेको हुन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट आएका व्यक्ति एक/दुई दिन त्यहाँ आएर बस्छन, अनि सम्बन्धित पालिकाले आएर लैजान्छ । क्वारेन्टिन मात्र नभई हो ल्डिङ सेन्टर जस्तो पनि देखिएको छ ।”

सिन्धुली जिल्लामा बैशाख १ गतेदेखि साउन अ न्तिमसम्म भारतबाट ४३८ जना र तेस्रो मूलकबाट १६० जना आएको जानकारी दिदै उहाँले उनीहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर पि सिआर परिक्षण गरी नि गेटिभ न तिजा आएपछि घर पठाउने गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया