शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

फेरि बढ्यो पेट्रोल र डिजलको मूल्य

आइतवार , श्रावण ३२, २०७७

काठमाडौं ३२ साउन- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ। आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एकरएक रुपैयाँ बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

प्रतिक्रिया