बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

इन्जिनियर अ योग्य ठहर गरि फिर्ता प्रकरण

मंगलवार , श्रावण ६, २०७७

सिन्धुली,६ साउन–लोकसेवा आयोगबाट शिफारिस भइ स्थानीयतहमा कार्यरत इन्जिनियरलाइ फिर्ता पठाएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चे तावनी सहित सिन्धुलीको फिक्कल गाउँपालिकालाइ कामकाजमा लगाउन आदेश गरेको छ ।

फिक्कल गाउँपालिकाले इन्जिनियर विष्णुप्रसाद कडेललाइ अ योग्य ठहर गर्दै साताअघि मन्त्रालयमा फिर्ता पठाएको थियो ।

मन्त्रालयले मन्त्रीस्तरको निर्णय भन्दै गाउँपालिकालाइ लेखेको पत्रमा लोकसेवा आयोगबाट शिफारिस भइ स्थायी रहेका कर्मचारीलाइ यस मन्त्रालयमा कुन कानून अन्तर्गत फिर्ता पठाएको हो भनि सोधिएको छ । मन्त्रालयले फिक्कल गाउँपालिकालाइ पठाउने गरेको वित्तिय समानिकरण अनुदान रोक्का गर्न समेत शिफारिस भएको पत्रमा उल्लेख छ । मन्त्रालयले मन्त्रीस्तरको निर्णयमा आगामी दिनमा कर्मचारी फिर्ता पठाउने र कानून हातमा लिइ उलंघन हुने घटना नदोहोर्‍याउन चेतावनी दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षकको कार्यालयलाइ बोधार्थ दिएर मन्त्रालयले फिक्कल गाउँपालिकालाइ लेखेको पत्रमा कर्मचारीलाइ अ योग्य ठहर गरि फिर्ता पठाउने जस्तो नि कृष्ट कार्य नजिकबाट नियालीरहेको जनाएको छ । नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४ तथा अन्य प्रचलित कानूनले निर्दिष्ट गरेको सहकारीता, समन्वय र सह–अस्तित्वको सिद्धान्त विपरितको कार्य नगर्न मन्त्रालयले गाउँपालिकालाइ चेतावनी दिएको छ ।

मन्त्रालयको ग म्भिर ध्यानाकर्षण भएको भन्दै गाउँपालिकालाइ लेखिएका पत्रमा स्थानीय सेवाको पदमा लोकसेवा आयोगबाट शिफारिस भइ नियूक्ती लिएर हाजिर भइ कामकाज गरिरहेको कर्मचारीलाइ अ योग्य ठहर गरि प्राकृतिक न्यायको सिद्धान्त विपरितको कार्य गाउँपालिकाबाट भएको उल्लेख गरिएको छ । अ योग्य ठहर गर्दै फिर्ता पठाउने समेत कार्य गर्न गाउँपालिकालाइ कुन कानूनले दियो, पत्रमा प्रश्न गरिएको छ ।

फिक्कल गाउँपालिकाले कार्यरत इन्जिनियर विष्णुप्रसाद कडेलले सन्तोषजनक काम नगरेको तथा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरुलाइ फरक किसिमको व्यवहार गरेको भन्दै अयोग्य ठहर गरि मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको थियो । असार ३१ गतेको गाउँ कार्यपालिकाको निर्णय भन्दै इन्जिनियर कडेललाइ अयोग्य ठहर गर्दै साउन १ गतेदेखि कामकाजमा नलगाइ मन्त्रालयमा फिर्ता पठाएको थियो ।

गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीद्धारा हस्ताक्षरित पत्रमा गाउँपालिकामा रहेर पुर्‍याउनुपर्ने सहयोग तथा काममा सन्तोषजनक नदेखिएको, उपभोक्ता र जनप्रतिनिधिमा फरक प्रकृतिको व्यवहार गरेकाले गाउँपालिकामा सोही पदमा रही कामकाज गर्न अयोग्य भएको ठहर गर्दै हाजिर नगराउने र मन्त्रालयमा फिर्ता पठाउने भनिएको छ । इन्जिनिरयर क“डेललाइ हाजिर नगराउन र तलव भुक्तानी नगर्न प्रशासकिय अधिकृत र लेखा शाखालाइ समेत गाउ“ कार्यपालिकाले निर्णय गरेको छ ।

अध्यक्ष कार्कीका अनुसार विकास निर्माणका काममा उपभोक्ता दुःख दिने, पटक–पटक सुझाव दिंदा समेत कार्यान्वयन नगर्ने र कामकाजमा ध्यान नदिएकाले इन्जिनियर कडेललाइ फिर्ता पठाउनु परेको हो । उहाँले भन्नु भयो, “ कोरोना कहरको समयमा उपभोक्तस“ग मिलेर जनताललाइ सहयोग पुग्नेगरि काम गर्नुपर्नेमा इन्जिनियर कडेलले दुःख दिनेमात्र नियत राखेकाले बाध्य भएर फिर्ता गर्नुपरेको हो ।”

प्रतिक्रिया