सिन्धुली,४ साउन – सत्तारुढ दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति संघर्ष चलिरहेका बेला यसको प्रभाव कार्यकर्ता स्तरमा पनि देखिन थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीका युवा, विद्यार्थीहरुको कार्यक्रम हेर्दा वि वाद देखिएको छ ।
पार्टी एकताका लागि भन्दै द वाव दिन जिल्लामा आयोजना गरिएका कार्यक्रममा समेत छुट्टाछुट्टै भएको पाइएको छ । शुक्रबार यहाँ पूर्वएमाले तर्फका युवाहरूले मोटरसाइकल ¥याली गरे । प्रधानमन्त्री केपी ओलीलाई हटाउन नपाइने भन्दै खबरदारी गर्न उक्त र्याली गरिएको बताइयो । शनिवार फेरि सिन्धुलीमाढीमा पूर्वमाओवादी तर्फका युवाहरूबाट ठूलो संख्या मोटरसाइकल ¥याली गरियो ।
पार्टी फुटाउन नहुने, नेताहरु मिलेर जानुपर्ने सन्देश दिन र्याली गरिएको उनीहरुको भनाइ थियो । उनीहरुले जिल्लास्थित कम्युनिस्ट पार्टी कार्यालयमा खबरदारी गर्न भन्दै ज्ञापनपत्र समेत बुझाए । यसरी ज्ञापनपत्र बुझाउनेमा पूर्वमाओवादीनिकट अनेरास्ववियु र रास्ट्रिय युवा संघका युवा नेताहरु थिए ।
उक्त ज्ञापनपत्रमा पार्टी भित्रको अन्तर संघर्षलाई गलत ढंगले नलिने, पार्टी एकताको लागि जुनसुकै त्याग गर्न तयार रहेको उल्लेख छ ।
ज्ञापनपत्रमा “पार्टी भित्रको अन्तरसंघर्षको हदलाई अनियन्त्रित नबनाइ नेकपाको विधि र विधान भित्र रहेर हामीलाई मार्ग दर्शन गर्नुहुनेछ भन्ने कुरामा आशावादी रहेको” उल्लेख छ । “आमनेपाली जनभावना र कार्यकर्ताको मनोकांक्षा पूरा गरी पार्टी एक ढिक्का रहेको र अनन्त कालसम्म रहिरहने सन्देश शीघ्र आउनेछ भन्ने कामनाको साथ ज्ञापनपत्र बुझाइएको” लेखिएको छ ।
उक्त ज्ञापनपत्रमा रास्ट्रिय युवा संघ सिन्धुलीका संयोजक भुलबहादुर राना (अविरल) र अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीका सहसंयोजक भानुभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन । तर उनीहरुले ज्ञापनपत्र बुझाएको केहीबेरमा फेरि विद्यार्थी नेता गोकर्ण भुजेल र अनेरास्ववियु जिल्ला अध्यक्ष र रास्ट्रिय युवा संघका सहसंयोजक देबराज वाइबाले जनताको अभिमतको कदर गरी स्थायी सरकार आवश्यक रहेको भन्दै बिज्ञप्ति नै निकालेका छन ।
उनीहरुको विज्ञप्तिमा पार्टीको झन्डा र ब्यानर दुरुपयोग हुने गरेर कुनै पनि संस्थागत सरसल्लाह र निर्णय नगरी ज्ञापनपत्र बुझाइएको आरोप लगाइएको छ । बिज्ञप्तिमा ‘एकपक्षीय रूपमा गरिएको ज्ञापनपत्र बुझाउने कार्यक्रमले अराजकता निम्त्याउने’ उल्लेख गर्दै ‘पार्टी फुटलाई मलजल गर्ने’ दाबी गरिएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रमले घोर आपत्ति जनाइएको बिज्ञप्तिमा यी यस्ता गतिविधिले पार्टी एकताको मर्म र भावनालाई एकता बनाउनेभन्दा पनि फुट सिर्जना गर्ने निश्चित छ भन्ने लेखिएको छ ।
ज्ञापनपत्र बुझाउनेलाई कारबाहीको माग गर्दै बिज्ञप्तिमा नेतृत्वलाई आग्रह गरिएको छ । यस्तै ज्ञापनपत्र बुझाउने कार्यक्रम संगठनको आधिकारिक निर्णयबिना भएको दाबी गर्दै संगठनको कुनै पनि संग्लग्नता नभएको जिकिर गरिएको छ ।