बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

प्रधानमन्त्री ओलीको पक्षमा सिन्धुलीमा प्र दर्शन

शुक्रवार , श्रावण २, २०७७

सिन्धुली,२ साउन – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार सिन्धुलीमाढीमा मोटर साइकल ¥याली सहित प्रर्दशन भएको छ ।

प्रधानमन्त्री ओलीको सर्मथनमा पूर्व नेकपा एमाले निकट युवाको सहभागितामा प्रर्दशन गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको इसारामा हटाउन लागिएको भन्दै सिन्धुलीमाढीमा प्रधानमन्त्रीको समर्थनमा प्रर्दशन भएको बताईएको छ ।

¥यालीमा सहभागिहरुले देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर, लिपुलेक लिम्पियाधुरा हाम्रो हो, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, स्थिर सरकार कायम गर, पार्टी एकता जिन्दाबाद, सरकार फेर्न खोज्ने भारतीय मतियार विरुद्ध जनता जाग्दैछन् लगायतका नारा लगाएका थिए ।

 

धुराबजार सिन्धुलीमाढीबाट सुरु भएको सर्मथन ¥यालीले माढीबजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

देशभर स्वतःस्फूर्त रूपमा प्रम ओलीको समर्थनमा भइरहेको समर्थनले सिन्धुलीका नेकपा नेता कार्यकर्ता अभिप्रेरित भई सडकमा प्रदर्शन शुरु गरेको ¥र्यालीमा सहभागी स्ववियु सह सचिव एवं अनेरास्वविय गौमती इकाई सचिव किरन कार्कीले बताउनुभयो ।

प्रतिक्रिया