शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

घररजग्गा रजिष्ट्रेसन मूल्य निर्धारणकासमन्वय गर्दै सिन्धुली मालपोत

शुक्रवार , जेठ ३०, २०७७

सिन्धुली,३० जेठ –मालपोत कार्यालय सिन्धुली ले घररजग्गा रजिष्ट्रेसन पास पारितका लागि आ.व.०७७/७८ मा २०७७ साउन– १ देखि लागुहुने जग्गाको न्यूनतम मूल्य निर्धारण गर्ने कार्यलाई सकेसम्म बस्तुनिष्ठ बनाऊन जिल्लाका सबै स्थानिय तह र नागरिकसँग समन्वय गर्दै तयारी शुरू गरेको छ ।

सोहि सन्दर्भमा बुधवार फिक्कल,गोलन्जोर,सुनकोशी गाउँपालिका. र बिहिवार मरिण र हरिहरपुरगढी गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष,वडाअध्यक्ष,प्रशासकिय अधिकृत लगायत सरोकारवाला सँग अन्तरक्रिया सम्पन्न गरिएको मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पुरूषोत्तम दाहाल ले बताउनु भयो ।

“जनताले आफ्नो जग्गाको मूल्य आफैं निर्धारण गर्ने र खुशीले सो बमोजिम लाग्ने रजिष्ट्रेसन दस्तुर तिर्ने वातावरण निर्माण गर्न यो बर्ष हामीले यस्तो अभियान चलाएका हौं ”सूचना अधिकारी दाहाल ले भन्नु भयो । यो पूर्व तयारीले सकरात्मक सन्देश जाने दाहालको भनाई छ ।

मालपोत कार्यालय सिन्धुलीले जिल्लाका सबै तहलाई पत्राचार गरेर न्यूनतम मूल्यांकन को लागि सूझाब मागेको हो । हामी स्थानीय तहलाई यस बिषयमा जागरूक गराऊन नै प्रत्येक पालिकामा पुगेका हौ(कार्यालय प्रमुख निलराज पौडेल ले बताउनु भयो ।

पालिकाले यस बिषयमा छिट्टै नै कार्यपालिका बैठकमा छलफल गराई सुझाब पठाउने प्रतिबद्दता जनाएको पौडेलले बताउनु भयो ।

पालिकाहरूबाट सुझाब संकलन भएपछि जग्गाको मूल्यांकन निर्धारण समितिको बैठक राख्ने तयारी गरिरहेको सूचना अधिकारी दाहाल ले जानकारी दिनु भयो ।

प्रतिक्रिया